सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुलीका दुईवटा निर्वाचन क्षेत्रबाट २७ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचनका लागि मंगलबार भएको उमेदवारी दर्ता अनुसार क्षेत्र नम्बर १ मा १२ जनाको र क्षेत्र नम्बर २ मा १६ जनाको उम्मेदवारी परेको हो ।
जसमा १ जना महिला र ६ जनाको स्वतन्त्र उमेदवारी परेको छ । २८ जना नेपाली कांग्रेसबाट सिन्धुली क्षेत्र नम्बर दुईमा उमेदवारी दिएकी सुशिला थिङ एक्ली महिला उम्मेदवार हुन् ।
मुख्य निर्वाचन अधिकृत कमलराज विष्टका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा स्वतन्त्र सहित १२ जनाको उम्मेदवारी परेको हो । जसअनुसार नेपाली कांग्रेसबाट उज्ज्वल प्रसाद बराल, नेकपा एमालेबाट प्रदिप कुमार कटुवाल क्षेत्री, नेपाली कम्युनिष्ट पार्टीबाट डेकेन्द्र प्रसाद सुबेदी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनेन्द्र कार्कीले उम्मेदवारी दिएका छन् ।

यस्तै उज्यालो नेपाल पार्टीबाट मोतीलला तामाङ, नेपाल मजदुर किसान पार्टीबाट राजेन्द्र बखुन्छे, मंगोल नेश्नल अर्गनाइजेसनबाट सोमबहादुर घलान, श्रम संस्कृति पार्टीबाट निम बहादुर मोक्तान, राष्ट्रिय परिवर्तन पार्टीबाट सन्तोष कुमार सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राम नारायण अधिकारी, नेकपा माओवादीबाट शुसिल हमाल र अमृत बहादुर विकले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सिन्धुली क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसकी सुशिला थिङ, नेकपा एमालेका मनोज जंग थापा, नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल, मंगोल नेश्नल अर्गनाइजेसनका शान्तविर लामा, नेपाल मजदुर किसान पार्टीका रामेश्वरी कोजु, राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल, श्रम संस्कृति पार्टीका इन्द्र बहादुर विक, मितेरी नेपालका राजन आछामी, राप्रपाका मुकुन्द प्रसाद गजुरेल, प्रगतिशिल लोकतान्त्रीक पार्टीका निर्मल कुमार स्याङ्तान र नेकपा माओवादीबाट बर्तय बहादुर राईले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पाँच जनाको स्वतन्त्र उमेदवारी परेको छ । स्वतन्त्र उमेदवारी दिनेहरुमा नरहरी पौडेल, महेश्वर दाहाल, खड्ग बहादुर वाइवा, माधव प्रसाद न्यौपाने र सरोज विक रहेका छन् । स्वतन्त्र उमेदवारी दिने मध्ये महेश्वर दाहाल नेपाली कम्युनिष्ट पार्टी, खड्गबहादुर वाइवा नेपाली कांग्रेस र सरोज विक नेकपा एमालेका नेताहुन् ।

सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित दुईवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालयले विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समयावधि तोकेको थियो । सो समयमा ठुला राजनीतिक दलहरुले ¥यालि सहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।



