Badapatra Online

कमलामाई नगरपालिका ५ वडालाई बालमैत्री वडा घोषणा गरिँदै

Advertisement

सिन्धुली  । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी थालिएको छ ।
आगामी २०८४ भित्र वडालाई बालमैत्री घोषणा गर्ने लक्ष्यसहित आवश्यक सूचकहरु पुरगार्ने गरी वडामा तिव्र तयारी गरिएको छ ।
कमलामाई नगरपालिका, वडा नम्बर ५ को कार्यालय, प्लान नेपाल संगको साझेदारीमा ह्याण्ड्स नेपाल लगायतका संघ संस्थाहरुसंगको सहकार्यमा वडालाई बालमैत्री वडा घोषणका लागि पहल भईरहेको हो ।
बुधबार वडा अध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षमा बसेको वडा स्तरीय बाल अधिकार समितिको बैठकमा वडालाई बालमैत्री वडा घोषणका लागि आवश्यक विभिन्न ५१ वटा सूचकहरु पुरा गर्दै आगामी आर्थिक वर्ष २०८३÷०८४ भित्र वडालाई बालमैत्री वडा घोषणा गर्नेगरी निर्णय भएको हो ।

यसका साथै वडा स्तरीय बाल अधिकार समितिको काम, कर्तव्य र अधिकारका विषयमा जानकारी, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अन्तरगत गठित बालमैत्री स्थानीय शासन वडा समितिको सक्रियता, वडामा बाल क्लव, विभिन्न विद्यालयहरुमा बालक्लव तथा संजालहरुको गठन लगायतका विषयमा छलफल भएको छ । यस्तै बालमैत्री सूचक प्राप्तीका लागि नगरपालिका, वडा कार्यालय, प्लान नेपाल, ह्याण्ड्स नेपालका साथै राष्ट्रिय बाल अधिकार परिषद तथा भ्वाइस अफ चिल्ड्रेन संयुक्त आयोजनामा बाल विबाह विरुद्ध १ सय दिने अभियान संचालन गर्नका लागि समेत सहकार्य गर्ने निर्णय भएको छ ।

वडालाई चालु आर्थिक वर्ष भित्रै बालमैत्री वडा घोषणा गर्ने गरी तिब्र रुपमा काम अघि बढाइएको भएपनि गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका कारण वडा कार्यालयको संरचना सहित देशै भरी परक पस्थित आएका कारण लामो समयसम्म उक्त अभियानका कामहरु हुन नसकेको वडा अध्यक्ष पूर्ण बहादुर खड्काको भनाई छ ।
‘जेनजी आन्दोलनका कारण अबरुद्ध नियमित अभियानहरु ढिला गरी सुरु गर्नु पर्ने बाध्यताका कारण घोषणा कार्यक्रम पनि पछि धकेलीएको छ । तर, हामीले योजना अनुसार कार्य सफलता गर्दे आगामी आर्थिक वर्ष २०८३÷०८४ भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने निर्णय गरिएको छ,’ उहाँले भन्नुभयो ।
उहाँले यस अभियानलाई वडाका सबै नागरीकबाट साथ, सहयोग र सहकार्यको लागि आह्वान समेत गर्नुभयो ।

बैठकमा बाल अधिकार ऐन तथा राष्ट्रिय बालमैत्री स्थानीय शासनका मापदण्डअनुसार वडालाई बालमैत्री बनाउने विषयमा गहन छलफल भएको थियो ह्याण्ड्स नेपालकी प्रतिनिधि सरीता घिमिरेले बताउँनु भयो ।
बालमैत्री वडा घोषणा गर्न आवश्यक सूचकहरू, वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे सरोकारवालाहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो भने उक्त विषयमा कमलामाई नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाकी इन्दिरा थापा र सावित्रा रेग्मीले सहजीकरण गर्नुभएको थियो ।

हेन्डस् नेपाल सिन्धुलीको आयोजना तथा तथा वडा नम्बर ५ को समन्वयमा बुधवार सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष पूर्ण बहादुर खड्का, कार्यपालिका सदस्य जमुना श्रेष्ठ, वडा सदस्य कान्छीमायाँ सार्की, कमलामाई नगरपालिका सिन्धुलीका सूचना प्रविधि अधिकृत रमा देबकोटा, महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाकी इन्दिरा थापा र सावित्रा रेग्मी, पत्रकार राजन गाउँले, जनज्योति मावि फोस्रेटारका प्रअ योगेन्द्र प्रसाद अधिकारी, वडा बालसंजाल अध्यक्ष आयुष्मा श्रेष्ठ, प्रहरी हवल्दार उमा तामाङ, बालमैत्री अभियानकर्मी, विस्मता खतिवडा, मनकामना प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश राना, सिलामे स्वास्थ्य केन्द्र प्रमुख चिना लामा, उक्त स्वास्थ्य संस्थाका व्यवस्थापन समिति अध्यक्ष भक्तनारायण श्रेष्ठ, महिला स्वयंसेवीका लक्ष्मी तामाङ, टोल सुधार समितिका अध्यक्ष गणेश श्रेष्ठ, ह्याण्ड्स नेपाल सिन्धुलीका फिल्ड संयोजक सरीता घिमिरे लगायतको सहभागिता रहेको कमलामाई नगरपालिका ५ का वडा सचिव उज्जल विक्रम थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...