Badapatra Online

सिन्धुली आएर प्रचण्डले भने, राजन दाहाल सिन्धुलीको मात्र हैन राष्ट्रिय नेता हुन

Advertisement

सिन्धुली  । पार्टीका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिन सिन्धुली आइपुगेका नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले शनिबार राजन दाहाल सिन्धुलीका मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नेता भएको भन्दै प्रसंशा गर्नुभएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर दुईबाट नेपाली कम्यूनिष्ठ पार्टीका उम्मेदवार रहेका लेखनाथ दाहाल (राजन) को चर्चा गर्नु हुँदै संयोजक प्रचण्डले भन्नुभयो, ‘राजन दाहाल अव सिन्धुलीको मात्र हैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नेता भइसक्नुभयो । उहाँले संसद हुँदा सदनमा उठाएका विषय, जिल्लामा आम नागरीकका विचमा गरेका सेवा र समृद्ध सिन्धुलीका निर्माणको लागी गर्नुभएको पहल कदमीले जिल्लामा मात्र हैन राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै चर्चा भएको छ ।’

राजन दाहाल सिन्धुलीको विकास, समृद्धि, सुशासनका साथै आम नागरीकको हितमा काम गर्ने नेता भएकाले आगामी निर्वाचनमा ‘तार’ चुनाव चिन्हमा मतदान गरेर विजयी गराउँन समेत प्रचण्डले जिल्लाबासीमा आग्रह गर्नुभयो ।
उहाँले थप्नुभयो,‘ सिन्धुलीमा पार्टीमा केही समस्या आएको भन्ने बाहिर देखिन्छ तर, भित्र सबै एक ढिक्का छन् । सिन्धुली कम्युनिष्ट आन्दोलनले बनाएको लालकिल्ला हो । यस पटक पनि जिल्लाका दुबै क्षेत्रमा नेकपाका आधिकारीक उमेदवारलाई विजयी गराएर पठाउनुहोस ।’
अहिलेको निर्वाचन पहिलाको भन्दा निक्कै फरक र विशिष्ठ परिस्थीमा हुन गएको बताउँनु हुँदै संयोजक प्रचण्डले पार्टी भित्र केही कमिकमजोरी हुन सक्छन त्यसलाई विर्षेर यस महान अवस्थामा सबै नेता कार्यकर्ता एकढिक्का भएर पार्टी र आफ्नो उमेदवारलाई विजयी गराउन लाग्नु पर्नेमा आग्रह गर्नुभयो ।

पार्टीका उमेद्वारहरुको केही आचरण र स्वभावमा कमीकमजोरी भए उमेद्वार स्वयम, पार्टीका नेता कार्यकर्ता र हामी नेतृत्वले समेत आत्मआलोचना सहित सुधार गर्नु पर्ने बताउँदै संयोजक प्रचण्डले निर्वाचनमा भने कुनैपनि बहानामा पार्टीको उमेद्वारलाई असहयोग गर्नु भनेको लोकतन्त्र हार्ने अवस्था आउँने बताउँनु भयो ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ मा नेकपाको तर्फबाट डेकेन्द्र प्रसाद सुवेदी उमेद्वार छन् । उक्त कार्यक्रममा नेकपाका सह–संयोजक माधव कुमार नेपालले समेत जिल्लाका दुबै क्षेत्रका उमेद्वारलाई अत्याधिक मत दिएर विजयी गराउँन सबै नेता कार्यकर्ता तथा शुचिन्तकहरुमा आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...