टंकध्वज थापा
सिन्धुली । गणित शिक्षा परिषद् नेपाल, सिन्धुली जिल्ला शाखाको चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । परिषद्का केन्द्रिय अध्यक्ष डा।रमेशप्रसाद अवस्थीको प्रमुख आतिथ्यता एवम् जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा जिल्लाभरिका गणित विषयक शिक्षकहरूको भेलाले कविन्द्र गौैतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
सिन्धुली जिल्लामा गणित शिक्षा परिषद्को यो सक्रियताप्रति आफू कृतज्ञ रहेको बताउँदै प्रमुख अतिथि अवस्थीले उद्घाटन सत्रमा आफ्नो शुभकामना मन्तव्यका साथ गणित निरस विषय नभएको तर हामीले सबै विषयका शिक्षकहरूसँग पनि हातेमालो गरेर विद्यार्थीहरूलाई सिकाइ सहजीकरण गर्नुपर्ने बदलिँदो परिवेश र पाठ्यसंरचनाको माग रहेको बताउनु भयो । कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा बर्दिवास मेडिकल कलेज पूर्वाधार विकास आयोजना प्रमुख निर्मलकुमार घिमिरे, कमलामाई नगर शिक्षा प्रमुख नवराज बराल,विभिन्न विद्यालयका प्रअ तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनका अवसरमा जिल्ला शाखाले दुई दिन अगाडिदेखि गणित विषयक विभिन्न विद्यालयका २३ वटा टोलीहरूबिच छनौट चरणको प्रतियोगिता गरी अन्तिम चरणमा प्रवेश गरेका ६ वटा टोली बिच हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा गौमती माविका निराकार सिग्देल र आयुषा खड्का प्रथम, भगवती अङ्ग्रेजी माविका सरद् पाण्डे र सोनिका गौतम द्वितीय र गौमती माविकै उत्सव भुजेल र विजय चौधरी तृतीय भएका थिए । यसै अवसरमा गणित शिक्षकहरूलाई प्रशिक्षण जस्ता प्रभावी कार्यक्रमहरूसमेत् सञ्चालन गरेको थियो ।
अधिवेशनको उद्घाटन सत्रमा प्रतियोगीताका विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुका साथै सामुदायिक तथा संस्थागत विद्यालयका गणित शिक्षकहरू छुट्टाछुट्टै मूल्याङ्कन गरी कदरपत्र प्रदान गरिएको थियो भने गणित विषयका दिग्गज निवृत्र् शिक्षकहरू शम्भु कुमार बस्नेत, रामचन्द्र दास, निर्मल खनाल, शारदामणि खड्का (मरणोपरान्त) लाई प्रमाणपत्रका साथ सम्मान गरिएको थियो । त्यसैगरी जिल्लाका उत्कृष्ट गणित शिक्षकका रूपमा बलराम खड्कालाई सम्मान गरिएको थियो ।

कृष्ण गोसाईँको संयोजकत्वमा गठित पुरुषोत्तम पहाडी, बलराम खड्काको निर्वाचन समितिले
अध्यक्ष कविन्द्र गौतम, उपाध्यक्ष हरी अधिकारी,सचिव रामजी कार्की,कोषाध्यक्ष पुष्पलता बराल, सहसचिव पर्शुराम श्रेष्ठ र सदस्यहरु राम थापा, नबराज थापा,श्याम अधिकारी, शिव यादव, नारायण काफ्ले र दुई सदस्य पछि मनोनित गर्ने गरी परिषद्को नयाँ कार्यसमिति टुङ्गो लगाएको समिति सदस्य बलराम खड्काले जानकारी गराए । त्यस्तै भेलाले केन्द्रिय÷प्रदेस प्रतिनिधिका रूपमा बलराम खड्का,योगेन्द्रप्रसाद अधिकारी, सञ्जय तिवारी र किशोर न्यौपाने तथा अनुसन्धान विभाग केन्द्रिय समिति प्रतिनिधिका रूपमा यमप्रसाद पाण्डेलाई छनौट गरेको जानकारी खड्काले दिएका छन् ।
जिल्लाको गणपति होटलको सभाहलमा भएको सो कार्यक्रमका सञ्चालक परिषद्का जिल्ला सचिव शंकरप्रसाद ढकाल रहेका थिए ।


