सिन्धुली । सिन्धुली आइपुग्नु भएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता कार्यकर्तालाई एकताबद्ध हुन अपिल गर्नुभ एको छ ।
पार्टीभित्रको असन्तुष्ट पक्ष, विशेष गरी हरिबोलव् गजुरेल, महेश्वर दाहाल प्रति लक्षित गर्दै संयोजक प्रचण्डले एकताको अन्तिम अपिल गर्नुभएको हो ।
शनिवार सिन्धुली आइपुग्नु भएका संयोजक प्रचण्डले भन्नुभयो, ‘गल्ती हुनु मानव स्वभाव हो, तर गल्तीमा अड्किनु राजनीति होइन । आफ्नो गल्तीले आफैंलाई हानि पु¥याउने, खेती आफ्नै हातले नष्ट गर्ने जस्तो काम नगरौँ ।’
उहाँको यो भनाइलाई धेरैले हरिबोल गजुरेलतर्फ संकेतका रूपमा व्याख्या गरेका छन् ।
सिन्धुलीलाई ‘लालकिला’ बनाउने सपना नाराबाट होइन, एकताबाट मात्र सम्भव भएको बताउँदै संयोजक प्रचण्डले पार्टी नेतृत्वले सहमति खोज्न थुप्रै प्रयास गरिसकेको, धेरै कमरेडसँग छलफल भईरहेको स्पष्ट पार्नुभयो ।
‘हामीले पार्टीलाई एकता बद्ध गर्न र कमिकमजोरीलाई सच्चाउँदै पार्टीलाई विजयी गराउन असन्तुष्ट पक्षसंग पनि पहल गरिरहेका छौं । तर पूर्ण रूपमा उहाँहरुले स्वीकार गर्नु भएको छैन् । यद्यपि, नेतृत्वको विश्वास अझै टुटेको छैन,’ उहाँले भन्नुभयो ।
‘यदि हामी सबै एउटै दिशामा, एउटै रेसमा, सुनियोजित अभियानसहित अघि बढ्यौँ भने आज नबुझेका कुरा भोलि आफैं बुझिनेछन, उहाँले थप्नुभयो । र यदि त्यो पनि भएन भने, अन्ततः जनताले नै सही–गलत छुट्याइदिनेछन् ।
प्रचण्डले स्पष्ट पार्दै अगाडि भने —आफ्नै कार्यकर्ताविरुद्ध उभिनुपर्ने कुनै कारण छैन । अब आन्तरिक विवादमा समय खेर फाल्ने होइन, जनतासँग संवाद गर्ने समय आएको उहाँको जोड हो।
सिन्धुलीका अधिकांश पालिकामा जनताको मनोस्थिति सन्तुलनतर्फ फर्किँदै गएको प्रचण्डले उल्लेख गर्नुभयो । सुरुमा केही निराशा रहेको भए पनि, विकल्प खोज्ने आशा अझै बाँकी रहेको उहाँको भनाई छ ।
उता प्रतिनिधि सभाका उमेद्वार राजन दाहालको विषयमा पनि प्रचण्डले सकारात्मक संकेत दिएका छन् । ‘कमजोरी स्वीकार्ने र सुधारका लागि तयार हुने संस्कारलाई नेतृत्वले सधैं मूल्यांकन गरेको छ । लेनिनको भनाइलाई उद्धृत गर्दै प्रचण्डले दोर्होयाए—“गल्ती नगर्ने पार्टी वा मानिस कहिल्यै हुँदैन । राजन जीका पनि कार्यगत शैलिमा कमजोरी छन भन्ने गुनासो छ त्यसलाई पनि सच्चाउनु पर्छ । सच्चिनेलाई जनाता र पार्टीले माफी पनि दिन्छन्, आफु सच्चिनु नै महानता हो,’ उहाँले भन्नुभयो ।
संयोजक प्रचण्डाले आगामी निर्वाचनमा सिन्धुलीका दुबै क्षेत्रमा पार्टीका उमेदवारलाई जिताउँन आग्रह गर्नु हुँदै यो चुनाव भाषणले होइन, मेहनत र एकताले जित्ने समय आएको भन्दै सबै एकजुट हुन पुनः आग्रह गर्नुभयो ।


