Badapatra Online

तिनपाटनमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

Advertisement

सिन्धुली : ‘हामी सबैको प्रतिबद्धता ः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारबाट सुरु भएको छ ।
जिल्लाको तिनपाटन गाउँपालिकाको आयोजनामा गाउँपालिकाको वडा नम्बर ७ को तोस्रामखोलाबाट एक कार्यक्रमका विच उक्त अभियानको सुरुवात गरिएको हो ।
उक्त वडाका वडा अध्यक्ष युवराज पहाडीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष धनबहादुर पुलामी ‘अशोक’ को प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका विच अभियानको सुरुवात गरिएको हो ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिएको छ ।

गाउँपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख मान बहादुर समालका अनुसार गाउँपालिका गाउँ कार्यपालिका सदस्य युवमायाँ मास्रांगी, न्यायिक समिति सदस्य गिता बोगटी, गाउँपालिका स्तिरीय महिला संजाल समितिकी अध्यक्ष जानुका तिमल्सीना, प्रहरी चौकी बाहुन्तिल्पुङ्गका इन्चार्ज दल बहादुर माझी, विभिन्न महिला समुह, महिला संजाल, शिक्षक, प्रहरी विद्यार्थी लगायतको उपस्थितीमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले हिंसा प्रभावित महिलाको न्यायमा पहुँच पु¥याउँन घर, समाज तथा समुदाय स्तरबाटै सबैको सक्रिय भुमिका हुनुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष पुलामीले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा कमी आउन नसकेको प्रति चिन्ता व्यक्त गर्दै नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेसमेत बताउँनु भयो ।
यस्तै, कार्यक्रममा लिंगका आधारमा हुने सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि समुदायस्तरबाट राष्ट्रिय स्तरसम्म अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

गाउँपालिकाले महिला हिंसा विरुद्धका घटना नियन्त्रण गर्नका लागि सम्बन्धित पक्षलाई आग्रह गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले बताउँनु भयो । ‘तिनपाटनमा हुने महिला हिंसाका घटनालाई नियन्त्रण गर्न गाउँपालिकाले महिला संजाल, प्रहरी, शिक्षक, विद्यार्थी, जनप्रतिनिधिहरुको सहभागितामा यो अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाएका छौं । ७ नम्बर वडाबाट सुरु भएको अभियान पालिकाका ११ वटै वडाहरुमा संचालन गरिनेछ,’ उहाँले भन्नुभयो ।
जिल्लामा मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गर्ने गरेका कारण महिला हिंसाका घटना घट्ने गरेको छ ।

सरकारले हरेक वर्ष यस्ता अभियान संचालन गर्ने गरिएको भएपनि महिलामाथी हुने हिंसामा कमी आउन सकेको छैन् । यस्ता हिंसा अन्त गर्न सबैले आ–आफ्नोतर्फबाट साझा प्रतिबद्धता तथा ऐक्यबद्धता जनाउँदै विभिन्न रचनात्मक एवम् सन्देशमूलक कार्यक्रमहरु संचालन गर्ने, लैंगिक हिंसा सम्बन्धि कुनै घटना भएमा समयमा कानुनी उपचारका लागी प्रहरीमा खबर गर्न प्रमुख प्रशासकीय अधिकृत नेगीको सूझाव छ ।

सोमबारबाट सूरु भएको अभियान बुधबार गाउँपालिकाको वडा नम्बर ४ को दर्केमा विभिन्न कार्यक्रमगरी संचालन गरिने तय भएको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख मान बहादुर समालको भनाई छ । अभियानको अन्तिम दिन वडा नम्बर ११ को लाम्पानटारमा कार्यक्रमको आयोजना गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...