Badapatra Online

Day: २०८१ मंसिर ११, मंगलवार

तिनपाटनमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

तिनपाटनमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

सिन्धुली : ‘हामी सबैको प्रतिबद्धता ः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारबाट सुरु भएको छ । जिल्लाको तिनपाटन गाउँपालिकाको आयोजनामा गाउँपालिकाको वडा नम्बर ७ को तोस्रामखोलाबाट एक कार्यक्रमका विच उक्त अभियानको सुरुवात गरिएको हो । उक्त वडाका वडा अध्यक्ष युवराज पहाडीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष धनबहादुर पुलामी ‘अशोक’ को प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका विच अभियानको सुरुवात गरिएको हो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिएको छ । गाउँपालिकाका महिला बालबालिका…
Read More
हरिहरपुरगढीमा मल कारखाना स्थापना गर्न अध्ययन थालियो

हरिहरपुरगढीमा मल कारखाना स्थापना गर्न अध्ययन थालियो

सिन्धुली : सिन्धुलीमा रसायनिक मल कारखाना स्थापनाका लागि स्थलगत अध्ययन थालिएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको पहलमा काठमाडौं विश्वविद्यालय (केयू) को प्राविधिकटोलिले वार्षिक दुई लाख टन क्षमताको रसायनिक मल कारखाना स्थापनाका लागि अध्ययन थालेको हो । गाउँपालिका र केयुविच गत भदौमा भएको सम्झौंता अनुसार केयुले सामेबारबाट फिल्डमै आएर पूर्वसम्भाव्यता अध्ययन थालेको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिए । गाउँपालिकामा रासायनिक मल कारखाना स्थापनाका लागि अति आवश्यक पर्ने कच्चा पदार्थहरू (हाइड्रोजन, नाइट्रोजन र कार्बन डाइअक्साइड) को उपलब्धताका विषयमा केयूले अध्ययन थालेको हो । केयुका ग्रीन हाईड्रोजन ल्यावका टिम लिडर प्रो.डा. विराज सिङ्ग थापा, डा. राम लामा, ई. लक्ष्मण लामा, ई. मानस…
Read More