सिन्धुली । सिन्धुलीमा अनुदानप्राप्त कृषिमल कालोबजारी गर्ने तिनजना पक्राउ परेका छन् । सिन्धुलीको दुधौली नगरपालिका ९ स्थित दुधौली बजारमा नेपाल सरकारबाट अनुदान प्राप्त कृषि मल कालोबजारी गर्दै विक्री गर्ने तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरुमा दुधौली नगरपालिका ९ बस्ने विशेश्वर महतोको छोरा बर्ष ४३ को पशुपति महतो, सिराहाको मिर्चैया नगरपालिका २ बस्ने शम्भु पण्डितको छोरा वर्ष २५ को रामकृष्ण पण्डित र उदयपुर कटारी नगरपालिका ३ बस्ने पदम लाल बास्तोलाको छोरा बर्ष ४९ को लाल प्रसाद बास्तोला रहेका छन् । उनिहरुलाई स १ ख…
सिन्धुली । कमलामाई नगरपालिका र सिन्धुली उद्योग वाणिंज्य संघ सिन्धुलीको आयोजनामा सिन्धुलीमा स्थानीय उत्पादन, धार्मीक तथा पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबारबाट सातौं सिन्धुली महोत्सवको आयोजना गरिने भएको छ । माघ ९ गते शुक्रबारबाट १९ गतेसम्म आयोजना गर्न लागिएको महोत्सवमा जुनार लगायतका स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगका सामग्री, हस्तकला, जडीबुटी, स्थानीय खाद्य परिकार, अल्लो तथा ढाकाका उत्पादनका साथै युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले नवप्रवर्तन र स्टार्टअपसम्बन्धी सामग्रीसमेत प्रदर्शनीमा राखिने छ । महोत्सवमा स्थानीय उत्पादन प्रवद्र्धनका लागि ३ सय १५ वटा स्टल राखिने छ । महोत्सवमा लोपउन्मुख खैंजडीबाजा, स्थानीय लोक गायन तथा नृत्य प्रतिस्पर्धा समेत गराईने सिन्धुली…
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका २ हायुटार बस्तिपुरमा मंगलबार राति एस बि आइ बैंक शाखा लुटपाट भएको छ । हतियार सहित आएको समुहले बैंकबाट ३ करोड १० लाख बढी लुटेर लगेको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । मंगलबार राति करिव ८ ः४० मा बैंकमा हतियार सहित प्रवेश गरेको समुहले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर ३ करोड १० लाख ५९ हजार ३ सय ८३ रुपैयाँ लुटी फरार भएका थिए । प्रहरी प्रमुख (एसपी) सुवेदीका अनुसार घटना लगत्तै प्रहरीको टोली परिचालन गरि खोजतालास गर्ने क्रममा १ करोड ८९ लाख १० हजार ५ सय रुपैयाँ जंगलमा फेलापारी बरामद गरिएको…
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका २ हायुटार बस्तिपुरमा मंगलबार राति एस बि आइ बैंक शाखा लुटपाट भएको छ । हतियार सहित आएको समुहले बैंकबाट ३ करोड १० लाख बढी लुटेर लगेको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । मंगलबार राति करिव ८ ः४० मा बैंकमा हतियार सहित प्रवेश गरेको समुहले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर ३ करोड १० लाख ५९ हजार ३ सय ८३ रुपैयाँ लुटी फरार भएका थिए । प्रहरी प्रमुख (एसपी) सुवेदीका अनुसार घटना लगत्तै प्रहरीको टोली परिचालन गरि खोजतालास गर्ने क्रममा १ करोड ८९ लाख १० हजार ५ सय रुपैयाँ जंगलमा फेलापारी बरामद गरिएको…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले अनाथ बालबालिकाहरुलाई न्यानो पोशाक वितरण गरेको छ । मरिण गाउँपालिका ४ स्थित श्री मावि मरिण खयरसालमा अध्ययनरत २७ जना अनाथ तथा विपन्न बालबालिकाहरुलाई न्यानो पोशाक वितरण गरिएको हो । शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष विमर्श मोक्ता (प्रख्यात)ले विद्यालयमा अध्ययनरत १७ जना अनाथ बालबालिका र १० जना विपन्न बालबालिका गरि २७ जनालाई न्यानो पोशाक (ट्याकशुट) वितरण गरेका हुन् । केही दिनदेखि अत्याधिक चिसोबढेसंगै बालबालिकाहरु विरामी पर्न थालेपछि गाउँपालिकाका अध्यक्ष मोक्तानको सक्रियतामा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको उक्त विद्यालयका प्रधानध्यापक मानध्वज बम्जनले बताए । बालबालिकाहरुलाई एक÷एक सेट ट्रयाकसुट वितरण गरिएको छ । विद्यालयमा १७ जना अविभावक…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा बुधबारबाट पाँचौं मरिण महोत्सव सुरु भएको छ । मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा सिन्धुली उद्योग वाणिंज्य संघ मरिण शाखाको आयोजनामा महोत्सव सुरु भएको हो । कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला सहितको पाँचौँ मरिण महोत्सव २०८२ को उद्घाटन मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले भव्य कार्यक्रमका विच गरेका हुन् । महोत्सव उद्घाटन गर्दै अध्यक्ष मोक्तानले महोत्सवमा एउटा उत्सव मात्र नभएर हाम्रो पहिचान, परम्परा, स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटन सम्भावनाको उत्सव भएको बताए । उनले भने, महोत्सवले मरिणको स्थानीय उत्पादन, कृषि तथा पर्यटनको प्रचुर प्रचार प्रसारमा सहयोग गर्ने छ । यसले स्थानीय सांस्कृतिक…
सिन्धुली । पौष ९ गते बुधबारबाट सुरु हुन गईरहेको पाँचौं मरिण महोत्सवमा मरिण गाउँपालिकाले स्थानीय विदा दिने निर्णय गरेको छ । कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला सहितको पाँचौँ मरिण महोत्सव २०८२ को उद्घाटनका दिन बुधबार गाउँपालिका अन्तरगत रहेका कार्यालयहरु, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुलाई उपस्थितीका लागि स्थानीय विदा दिने निर्णय गरिएको हो । मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजनामा हुने महोत्सवमा गाउँपालिकाले अत्यावश्यक र आकस्मिक काम बाहेकको सम्पूर्ण सेवा बन्द गरिने जनाएको हो । महोत्सवलाई भव्य, सभ्य तथा मर्यादित बनाउने र सहभागिता बढाउन स्थानीय कर्मचारी, शिक्षक, विद्यार्थीहरुको समेत सहभागिता रहोस भन्ने…
सिन्धुली : ‘गोलन्जोरको सान, जुनार हाम्रो पहिचान, गोलन्जोरको जुनार समृद्धिको आधार’ भन्ने मुल नाराका साथ गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ । गोलन्जोर गाउँपालिका ४ तिनकन्या स्थित माझकुभिण्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ लगायतले मेलाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त अवसरमा मन्त्री पौडेलले सिन्धुलीको जुनारलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन जुनार खेतिको आधुनीकिकरण, व्यावसायीकरण र बजारीकरणमा सहयोग पु¥याउने प्रतिबद्धता जनाए । उनले भने, ‘सिन्धुलीको जुनार यहाँका नागरिकको जीवनसंगमात्र नभएर संस्कृति र सभ्यतासंग समेत जोडिएकाले यसको बृद्धि विकासमा प्रदेश सरकार संधै सकारात्मक छ । हामी जुनार…
सिन्धुली । लायन्स क्लब अफ कमलामाई सिन्धुलीले अनाथ बालबालिकाहरुलाई न्यानो पोसाक सहयोग गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका ५, सिलामेमा रहेको श्री कमला जनज्योती माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना आवासीय अनाथ बालबालिकाहरुलाई न्यानो कपडाका साथै विद्यालय पोसाक वितरण गरेको हो । न्यानो कपडाको अभावमा जाडोको मौसममा अनाथ विद्यार्थीहरू कठ्याङ्ग्रिन थालेपछि लायन्स क्लब अफ कमलामाई सहयोग गरेको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद फुयाँलले जानकारी दिनुभयो । उक्त विद्यालयमा ३३ जना अनाथ बालबालिकाहरुलाई आवासिय सुविधा सहित अध्ययन गराँईदै आएको छ । ‘न्यानो पोषकले विद्यार्थीहरूमा राहत र उत्साह प्रदान गरेको छ,’ प्रअ फुयाँलले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क्लबका कोषाध्यक्ष लायन तुल…
सिन्धुली । सिन्धुलीमा पहिलो पटक आयोजना गर्न लागिएको जुनार प्रवद्र्धन मेलाको पहिलो दिन सर्वजनिक विदा दिइने भएको छ । गोलन्जोर गाउँपालिकाले मेलाको पहिलो दिन मंसिर २३ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । जुनारको राजधानी भनेर चिनिने सिन्धुली जिल्लामा जुनार पकेट क्षेत्र रहेको गोलञ्जोर गाउँपालिकाले मंसिर २३ देखि २५ गतेसम्म जिल्लामै पहिलो पटक जुनार प्रवद्र्धन मेलाको आयोजना गर्न लागेको छ । गाउँ कार्यपालिकाको मंसिर २१ गते बसेको बैठकले मंसिर २३ गते मंगलवार गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा वित्तीय संस्थाहरूमा स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जानकारी दिए । गाउँपालिकाले…