Badapatra Online

सिन्धुलीबाट अनुदानप्राप्त कृषिमल कालोबजारी गर्ने तिनजना पक्राउ

Advertisement

सिन्धुली  । सिन्धुलीमा अनुदानप्राप्त कृषिमल कालोबजारी गर्ने तिनजना पक्राउ परेका छन् ।
सिन्धुलीको दुधौली नगरपालिका ९ स्थित दुधौली बजारमा नेपाल सरकारबाट अनुदान प्राप्त कृषि मल कालोबजारी गर्दै विक्री गर्ने तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरुमा दुधौली नगरपालिका ९ बस्ने विशेश्वर महतोको छोरा बर्ष ४३ को पशुपति महतो, सिराहाको मिर्चैया नगरपालिका २ बस्ने शम्भु पण्डितको छोरा वर्ष २५ को रामकृष्ण पण्डित र उदयपुर कटारी नगरपालिका ३ बस्ने पदम लाल बास्तोलाको छोरा बर्ष ४९ को लाल प्रसाद बास्तोला रहेका छन् ।
उनिहरुलाई स १ ख ८०० नम्बरको ट्रक र २ सय १६ बोरा मलखाद सहित नियन्त्रणमा लिइएको हो ।
‘मिर्चैया स्थित साल्ट ट्रेडिङ कर्पोरेसन बाट मिति माघ १५ गते उदयपुरको दुर्गा भवानी कृषि सहकारी सस्था लि. कटारीको नाममा २सय १६ बोरा मलखाद स १ ख ८०० नम्बरको ट्रकमा लोड गरी पठाएकोमा उक्त ट्रकबाट बीचमा नै अनलोड गरी सिन्धुलीको दुधौली बजारमा ल्याइए अबैध विक्री गर्दै गरिएको खबरका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो,’ सुवेदीले भने ।

दुधौली नगरपालिका ९ बस्ने पशुपति महतोको गोदाममा समेत छपामार्दा उक्त अनुदानको मल फेला पारिएपछि त्यहा लुकाइ राखिएको सहित ५० किलो वजन भएको ३ सय १८ बोरा मलखादहरु बरामद गरी इलाका प्रहरी कार्यालय डकाहा सिन्धुलीमा ल्याई अनुसन्धान पश्चात उक्त मल सिन्धुलीमाढीमा रहेको कृषि सामाग्री कम्पनीमा भण्डारण गरिएको प्रहरीको भनाई छ ।
उक्त घटनामा अनुसन्धान भईरहेको र उक्त गैरकानूनी कृयाकलापमा संलग्न मानिसहरुलाई समेत हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट कालो बजारी मुद्दा शिर्षकमा दिन (१) को म्याद थप भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...