सिन्धुली । सिन्धुलीमा अनुदानप्राप्त कृषिमल कालोबजारी गर्ने तिनजना पक्राउ परेका छन् । सिन्धुलीको दुधौली नगरपालिका ९ स्थित दुधौली बजारमा नेपाल सरकारबाट अनुदान प्राप्त कृषि मल कालोबजारी गर्दै विक्री गर्ने तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरुमा दुधौली नगरपालिका ९ बस्ने विशेश्वर महतोको छोरा बर्ष ४३ को पशुपति महतो, सिराहाको मिर्चैया नगरपालिका २ बस्ने शम्भु पण्डितको छोरा वर्ष २५ को रामकृष्ण पण्डित र उदयपुर कटारी नगरपालिका ३ बस्ने पदम लाल बास्तोलाको छोरा बर्ष ४९ को लाल प्रसाद बास्तोला रहेका छन् । उनिहरुलाई स १ ख…
सिन्धुली । मदनभण्डारी राजमार्ग अन्तगत सिन्धुलीको कमलामाई नगरपालिका–९कोरुङखोलामा दुई सवारी एक आपसमा ठोक्कीएर दुर्घना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । आइतबार बर्दिबासबाट कटारीतर्फ जाँदै गरेको ज १२ प ७२६६ नम्बरको मोटरसाइकल कटारीबाट भिमानतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ७६६५ नम्बरको पिकअप बोलेरो एकआफसमा ठक्करखादा मोटरसाइकलमा सवार दुइजना गम्भिर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार मोटरसाइकलमा सवार मोटरसाइकलका चालक बर्दिबास नगरपालिका–१ बस्ने अन्दाजी ४० का मंगल मोक्तान र मोटरसाइकलको पछाडि सवार बर्दिबास नगरपालिका–१ बस्ने अन्दाजी ३० वर्षका सन्दिप घिसिङ गम्भीर घाइते भएका छन् । दुर्घटनापछि स्थानीयको सहयोगमा घाइते दुवै जनालाई तत्काल उपचारका लागि…
टंकध्वज थापा दुधौली । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपालको सिन्धुली च्याप्टर अन्तर्गतको स्पोर्ट मिट कार्यक्रम दुधौली नगर पालिकाको रङ्गशालामा पुरस्कार वितरण गरी सम्पन्न भएको छ । एनप्याब्सन सिन्धुलीको नियमित वार्षिक कार्यक्रम अन्तर्गत गत माघ १५ गतेदेखि सञ्चालन भएको उक्त कार्यक्रम एनप्याब्सन केन्द्रिय उपाध्यक्ष कृष्णकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पदक तथा पुरस्कार वितरण गरी समापन गरिएको हो । विद्यार्थीहरू शारीरिक,मानसिक र वौद्धिक तीनै पक्षमा प्रखर हुनुपर्ने र खेलकुदले उनीहरूको यो सबै पक्षमा निखार ल्याई स्वस्थ प्रतिस्पर्धा, अनुशासन र मिहिनेतमा विश्वास गर्ने बनाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा प्रमुख अतिथि उप्रेतीले आफ्नो मन्तव्यका क्रममा बताउनुभयो । भलिबल, म्याराथन,…