Badapatra Online

सिन्धुलीमा बोलेरो र मोटरसाइकल ठोक्किदा दुई गम्भिर घाइते

Advertisement

सिन्धुली  । मदनभण्डारी राजमार्ग अन्तगत सिन्धुलीको कमलामाई नगरपालिका–९कोरुङखोलामा दुई सवारी एक आपसमा ठोक्कीएर दुर्घना हुँदा दुई जना गम्भिर घाइते भएका छन् ।
आइतबार बर्दिबासबाट कटारीतर्फ जाँदै गरेको ज १२ प ७२६६ नम्बरको मोटरसाइकल कटारीबाट भिमानतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ७६६५ नम्बरको पिकअप बोलेरो एकआफसमा ठक्करखादा मोटरसाइकलमा सवार दुइजना गम्भिर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार मोटरसाइकलमा सवार मोटरसाइकलका चालक बर्दिबास नगरपालिका–१ बस्ने अन्दाजी ४० का मंगल मोक्तान र मोटरसाइकलको पछाडि सवार बर्दिबास नगरपालिका–१ बस्ने अन्दाजी ३० वर्षका सन्दिप घिसिङ गम्भीर घाइते भएका छन् ।
दुर्घटनापछि स्थानीयको सहयोगमा घाइते दुवै जनालाई तत्काल उपचारका लागि जनसेवा अस्पताल बर्दिबासतर्फ पठाइएको थियो । प्रारम्भिक उपचारपछि उनीहरूको अवस्था गम्भीर रहेको जनाउँदै थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल ग्वार्कोमा रिफर गरिएको सुवेदीको भनाई छ ।
दुर्घटनमा पिकअप बोलेरो चालक इलाम जिल्लाको देउमाई नगरपालिका–७ बस्ने अन्दाजी ३१ वर्षका विनोद कुमार तामाङ र बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...