सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ लाख १५ हजार १९ मतदाता रहेको सिन्धुली जिल्लामा ५३ दशमलव ५८ प्रतिशत अर्थात कुल १ लाख १५ हजार २ सय ४१ मत खसेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा ५६ हजार ४ सय ३२ महिला र ५८ हजार ७ सय ८२ पुरूषले मतदान गरेका छन । जिल्लाको दुबै निर्वाचन क्षेत्रमा गरी कुल १ सय ५१ मतदान स्थल अन्तरगत २ सय ६८ मतदान केन्द्र रहेका थिए । ति सबै मतदान केन्द्रमा शान्तपूर्ण मतदान सम्पन्न भएको मुख्य निर्वाचन…
सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष्ट्रिय मगर दिवसको अवसरमा २०८२ फागुन १५ गते शुक्रबार गाउँपालिका तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्था, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिइएको हो । गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) का अनुसार मगर समुदायको विशेष महत्वको दिन राष्ट्रिय मगर दिवस मनाउनका लागि गाउँपालिकाले फागुन १५ गते शुक्रबार एक दिन सार्वजनिक विदा दिएको हो । जिल्लाको मरिण गाउँपालिकामा मगर समुदायको उल्लेख्य बसोबास रहेको छ ।
सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । सोलुबाट काठमाण्डौतर्फ जादै गरेको ना. १ ज ४६२३ नम्बरको सुमोले ठक्कर दिँदा गोलन्जोर २ बस्ने ठाकुर बयलकोटीको छोरा बर्ष ८ को अषिक बयलकोटीको मृत्यु हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार पैदलयात्री बयलकोटीलाई सुमोले ठक्कर सदिएको थियो । सोमोको ठक्करबाट बालकको टाँउकोमा गम्भिर चोट लागेको थियो । उनको स्थानिय गोलन्जोर आधारभुत अस्पतालमा उपचारको क्रममा आइतबार साँढे तिनबजे मृत्यु भएको हो । बालकको मृत्यु भएसंगै स्थानीयले गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा मध्य पहाडी लोकमार्ग अबरुद्ध गरेका छन्…
सिन्धुली । सिन्धुली आइपुग्नु भएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता कार्यकर्तालाई एकताबद्ध हुन अपिल गर्नुभ एको छ । पार्टीभित्रको असन्तुष्ट पक्ष, विशेष गरी हरिबोलव् गजुरेल, महेश्वर दाहाल प्रति लक्षित गर्दै संयोजक प्रचण्डले एकताको अन्तिम अपिल गर्नुभएको हो । शनिवार सिन्धुली आइपुग्नु भएका संयोजक प्रचण्डले भन्नुभयो, ‘गल्ती हुनु मानव स्वभाव हो, तर गल्तीमा अड्किनु राजनीति होइन । आफ्नो गल्तीले आफैंलाई हानि पु¥याउने, खेती आफ्नै हातले नष्ट गर्ने जस्तो काम नगरौँ ।’ उहाँको यो भनाइलाई धेरैले हरिबोल गजुरेलतर्फ संकेतका रूपमा व्याख्या गरेका छन् । सिन्धुलीलाई ‘लालकिला’ बनाउने सपना नाराबाट होइन, एकताबाट मात्र सम्भव भएको बताउँदै संयोजक प्रचण्डले पार्टी नेतृत्वले…
सिन्धुली । पार्टीका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिन सिन्धुली आइपुगेका नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले शनिबार राजन दाहाल सिन्धुलीका मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नेता भएको भन्दै प्रसंशा गर्नुभएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर दुईबाट नेपाली कम्यूनिष्ठ पार्टीका उम्मेदवार रहेका लेखनाथ दाहाल (राजन) को चर्चा गर्नु हुँदै संयोजक प्रचण्डले भन्नुभयो, ‘राजन दाहाल अव सिन्धुलीको मात्र हैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नेता भइसक्नुभयो । उहाँले संसद हुँदा सदनमा उठाएका विषय, जिल्लामा आम नागरीकका विचमा गरेका सेवा र समृद्ध सिन्धुलीका निर्माणको लागी गर्नुभएको पहल कदमीले जिल्लामा मात्र हैन राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै…
सिन्धुली । सिन्धुलीमा अनुदानप्राप्त कृषिमल कालोबजारी गर्ने तिनजना पक्राउ परेका छन् । सिन्धुलीको दुधौली नगरपालिका ९ स्थित दुधौली बजारमा नेपाल सरकारबाट अनुदान प्राप्त कृषि मल कालोबजारी गर्दै विक्री गर्ने तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरुमा दुधौली नगरपालिका ९ बस्ने विशेश्वर महतोको छोरा बर्ष ४३ को पशुपति महतो, सिराहाको मिर्चैया नगरपालिका २ बस्ने शम्भु पण्डितको छोरा वर्ष २५ को रामकृष्ण पण्डित र उदयपुर कटारी नगरपालिका ३ बस्ने पदम लाल बास्तोलाको छोरा बर्ष ४९ को लाल प्रसाद बास्तोला रहेका छन् । उनिहरुलाई स १ ख…
सिन्धुली । मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा संचालन भएको छैठौं मरिण गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ वडा नम्बर ३ र महिलातर्फ वडा नम्बर ४ ले हात पारेको छ । मरिण गाउँपालिका ७ स्थित रंगशालामा सम्पन्न पुरुषतर्फको फाइनल प्रतियोगितामा वडा नम्बर ३ ले घरेलु टिम वडा नम्बर ७ लाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । यस्तै महिला तर्फको फुटबल उपाधि साविक विजेता वडा नम्बर ४ ले जितेको छ । फाइनलमा वडा नम्बर ३ र ४ दुबै टिम गोल रहित बराबर भएपछि पेनाल्टी सुटअउटमा २–१ ले वडा नम्बर ४ विजयी…
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी थालिएको छ । आगामी २०८४ भित्र वडालाई बालमैत्री घोषणा गर्ने लक्ष्यसहित आवश्यक सूचकहरु पुरगार्ने गरी वडामा तिव्र तयारी गरिएको छ । कमलामाई नगरपालिका, वडा नम्बर ५ को कार्यालय, प्लान नेपाल संगको साझेदारीमा ह्याण्ड्स नेपाल लगायतका संघ संस्थाहरुसंगको सहकार्यमा वडालाई बालमैत्री वडा घोषणका लागि पहल भईरहेको हो । बुधबार वडा अध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षमा बसेको वडा स्तरीय बाल अधिकार समितिको बैठकमा वडालाई बालमैत्री वडा घोषणका लागि आवश्यक विभिन्न ५१ वटा सूचकहरु पुरा गर्दै आगामी आर्थिक वर्ष २०८३÷०८४ भित्र वडालाई बालमैत्री वडा घोषणा गर्नेगरी निर्णय भएको हो…
सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुलीका दुईवटा निर्वाचन क्षेत्रबाट २७ जनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि मंगलबार भएको उमेदवारी दर्ता अनुसार क्षेत्र नम्बर १ मा १२ जनाको र क्षेत्र नम्बर २ मा १६ जनाको उम्मेदवारी परेको हो । जसमा १ जना महिला र ६ जनाको स्वतन्त्र उमेदवारी परेको छ । २८ जना नेपाली कांग्रेसबाट सिन्धुली क्षेत्र नम्बर दुईमा उमेदवारी दिएकी सुशिला थिङ एक्ली महिला उम्मेदवार हुन् । मुख्य निर्वाचन अधिकृत कमलराज विष्टका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा स्वतन्त्र सहित १२ जनाको उम्मेदवारी परेको हो । जसअनुसार नेपाली कांग्रेसबाट उज्ज्वल प्रसाद बराल, नेकपा…
सिन्धुली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुलीको दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा निर्वाचनका लागि नेकपाका तर्फबाट सिन्धुली प्रतिनिधि सभा १ मा डेकेन्द्र प्रसाद सुबेदी र सिन्धुली प्रतिनिधि सभा २ मा भने निबर्तमान प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ ले आफ्नो उमेदवारी दर्ता गराएका हुन् । पार्टीका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुको बाक्लो उपस्थितीका विच मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सुवेदी र दाहालले आफ्नो उमेदवारी दर्ता गराएका हुन् । सुवेदी पार्टी एकिकरणका क्रममा माधव कुमार नेपालसंगै एकिकृत समाजबादीबाट आएका हुन् । उनि कानुन व्यवसायी हुन् । दाहाल २०७९ को प्रतिनिधी सभा सदस्यमा नेकपा…