Badapatra Online

सिन्धुलीमा एनप्याब्सनको स्पोर्ट मिट सम्पन्न

Advertisement

टंकध्वज थापा
दुधौली । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपालको सिन्धुली च्याप्टर अन्तर्गतको स्पोर्ट मिट कार्यक्रम  दुधौली नगर पालिकाको रङ्गशालामा पुरस्कार वितरण गरी सम्पन्न भएको छ ।
एनप्याब्सन सिन्धुलीको नियमित वार्षिक कार्यक्रम अन्तर्गत गत माघ १५ गतेदेखि सञ्चालन भएको उक्त कार्यक्रम  एनप्याब्सन केन्द्रिय उपाध्यक्ष कृष्णकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पदक तथा पुरस्कार वितरण गरी समापन गरिएको हो ।

विद्यार्थीहरू शारीरिक,मानसिक र वौद्धिक तीनै पक्षमा प्रखर हुनुपर्ने र खेलकुदले उनीहरूको यो सबै पक्षमा निखार ल्याई स्वस्थ प्रतिस्पर्धा, अनुशासन र मिहिनेतमा विश्वास गर्ने बनाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा प्रमुख अतिथि उप्रेतीले आफ्नो मन्तव्यका क्रममा बताउनुभयो ।

भलिबल, म्याराथन, सटपुट, रिले दौडलगायतका विभिन्न खेलमा प्रतिस्पर्धा गराइएको स्पोर्ट मिटमा एनप्याब्सन आवद्ध २४ निजी विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । यस अघिका तीन संस्करण सदरमुकाम सिन्धुलीमाडीमा आयोजना गरिएको र यस पटक दुधौली नगर पालिकामा आयोजना गरिएको चौथो संस्करणमा पनि विभिन्न विद्यालयहरूको उत्साहजन सहभागिता रहेको स्कलर्स एकेडेमीका प्रिन्सिपल रविन पौडेलले जानकारी दिए ।

जिल्लाका फरक फरक क्षेत्रमा कार्यक्रमहरू राखिँदा विद्यार्थीहरूले आफ्नो जिल्लाको भौगोलिक,आर्थिक एवम् सामाजिक अवस्थाको बारेमा बुझ्न र फरक खेल मैदानमा खेल्न पाउँदा खेलप्रतिको अभिरुची बढ्ने एवम् सचेतना अभिवृद्धि हुनेभएकोले यस पटक दुधौली रङ्गशाला छानिएको हिमालयन इङ्गलिस स्कुलका प्रिन्सिपल मणि काफ्लेले बताए ।

तीन दिनसम्म चलेको स्पोर्ट मिटको समापन कार्यक्रम एनप्याब्सनका जिल्ला अध्यक्ष सोनाम बज्यूको अध्यक्षतामा विभिन्न विद्यालयहरूको सांस्कृतिक नृत्य प्रस्तुतिसहित भएको थियो भने कायक्रम सञ्चालन सचिव निराजन श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...