Badapatra Online

एनसेलको सेयर खरिद–बिक्रीविरुद्धको रिट सर्वोच्चद्धारा खारेज

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीविरुद्ध दायर गरेको रिट खारेज गरिदिएको छ। बिहीबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र टेकप्रसाद ढुंगानाको इजलासले सेयर खरिदबिक्रीविरुद्ध परेको रिट खारेज गरिदिएको हो। रिट खारेज गर्ने आदेशसँगै इजलासले निर्देशनात्मक आदेश समेत दिएको छ।

प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार अमरेश सिंहले २०८० मंसिर २० गते एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको थियो।

एनसेल कम्पनीको सेयरबिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख गर्दै रिटमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको जिकिर गरिएको थियो। मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको सार्वनजिक भएपछि विवाद सुरू भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...