काठमाडौं : शुक्रबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज हिउँदे मौसमको विशेष बुलेटिन २ जारी गर्दै देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने जानकारी दिएको हो। पश्चिमी न्यून चापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। सो प्रणालीको प्रभावका कारण भोलि अपरान्हदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै…
पोखरा : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरू भएको छ। लामिछानेको बयान जारी रहेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। सहकारी ठगीका प्रतिवादी लिला पछाईको बयान सकिएलगत्तै लामिछानेको बयान सुरू भएको हो। हालसम्म पूर्वडीआईजी छविलाल जोशी र पछाईको बयान सकिसकेको छ। लामिछानेको बयान सकिएपछि अन्य प्रतिवादीहरूको बयान हुनेछ। बयानका लागि आज बिहान लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,रामबहादुर खनाल,पछाई,कृष्ण गुरूङलगायतलाई अदालत उपस्थित गराइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको तर्फबाट जिल्ला अदालत कास्कीले दायर गरेको अभियोग पत्रअनुसार सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको बयान कार्य सोमबारदेखि सुरु भएको हो। सरकारी वकिलको…
काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीविरुद्ध दायर गरेको रिट खारेज गरिदिएको छ। बिहीबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र टेकप्रसाद ढुंगानाको इजलासले सेयर खरिदबिक्रीविरुद्ध परेको रिट खारेज गरिदिएको हो। रिट खारेज गर्ने आदेशसँगै इजलासले निर्देशनात्मक आदेश समेत दिएको छ। प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार अमरेश सिंहले २०८० मंसिर २० गते एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको थियो। एनसेल कम्पनीको सेयरबिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख…
सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिका ७ तोस्राम खोलामा वडाको प्रशासकीय भवन र स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ । बिहिबार एक कार्यक्रमका विच दुबै भवनको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाको प्रमुख आतिथ्यातामा आयोजित एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । वडा अध्यक्ष युवाराज पाहाडीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अशोक पुलामी, वडा अध्यक्षहरु, गाउँकार्यपालिका सादस्य, वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, कर्मचारी तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वडा कार्यालय भवन गाउँपालिकाकै लगानी र स्वास्थ्य चौकी भवनको बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको हो ।
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको छ । बिहिबार मरिण गाउँपालिका ६ स्थित मावि कपिलाकोटमा एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य राजन दाहालले शारिरिक रुपमा स्वस्थ हुनेहरुनै मानसिक रुपमा स्वस्त हुने बताउँदै प्रतियोगिताले बालबालिकाहरुमा खेलको माध्यमबाट राष्ट्रप्रति समर्पीत हुन उत्प्रेरणा गर्ने बताए । उनले भने, ‘जो शारिरिक रुपमा स्वस्थ हुन्छ उ नै मानसिक रुपमा स्वास्थ हुने भएकालेले यस्ता खेलका माध्यमबाट बालबालिकाहरुको चौतर्फी विकासमा मद्धत पुग्दछ । यस्ता प्रतिभाहरु जिल्ला र राष्ट्रकै लागि उपयोग गर्नेगरी शिक्षामा जोड दिनुपर्दछ ।’ यस्तै मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)…