Badapatra Online

नेकपा माओवादी केन्द्र गोलन्जोरको दोस्रो सम्मेलन शनिवार हुँदै

Advertisement

सिन्धुली । नेकपा (माओवादी केन्द्र) गोलन्जोर गाउँपालिकाको दोस्रो पालिका सम्मेलन शनिवार हुने भएको छ ।

शनिवार प्रतिनिधिसभा क्षेत्र नम्बर दुईका सांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा दोस्रो गाउँ अधिवेशन हुन लागेको नेकपा माओवादी केन्द्र गोलन्जोर गाउँकमिटिका सचिव अम्बरदिप थापाले बताउँनु भयो ।

कार्यक्रम गोलन्जोर गाउँपालिका ३ स्थित ग्वाल्टारमा आयोजना गरिने छ । सम्मेलनमा प्रतिनिधि, पर्यवेक्षक, नेता तथा कार्यकर्ताहरु गरि करिव चार सयबढीको सहभागिता हुने बताइएको छ ।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । पार्टीका गाउँपालिका अध्यक्ष रोशन श्रेष्ठले पिकनिकि (बनभोज) सहितको अधिवेशनमा सहभागि हुन सबै नेता तथा गाउँपालिकाका सुभेच्छुकहरुलाई आग्रह गर्नु भएको छ ।

‘अधिवेशनमा पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताका साथै समकक्षी राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता हुने कार्यक्रम तय भएको छ,’ अध्यक्ष श्रेष्ठले भने ।

यसैविच नेकपा माओवादी केन्द्र फिक्कल गाउँपालिकाको पनि शनिवारनै अधिवेशन आयोजना गरिएको छ । पार्टीको मरिण, हरिहरपुरगढी र सुनकोसी गाउँपालिकामा भने अधिवेश सम्पन्न भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...