कास्की : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रावि लामिछाने रिहा भएका छन्। जिल्ला अदालत कास्कीको आदेशपछि बिहीबार साँझ उनी ६५ लाख धरौटी बुझाएर रिहा भएका हुन्। थुनछेक बहसपछि न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग धरौटी माग गरेको थियो। गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि रिहा भएका हुन्। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ। काठमाडौं महानगरपालिका१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएको प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो। प्रहरी स्रोतका अनुसार लामिछाने काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित…
सिन्धुली । नेकपा (माओवादी केन्द्र) गोलन्जोर गाउँपालिकाको दोस्रो पालिका सम्मेलन शनिवार हुने भएको छ । शनिवार प्रतिनिधिसभा क्षेत्र नम्बर दुईका सांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा दोस्रो गाउँ अधिवेशन हुन लागेको नेकपा माओवादी केन्द्र गोलन्जोर गाउँकमिटिका सचिव अम्बरदिप थापाले बताउँनु भयो । कार्यक्रम गोलन्जोर गाउँपालिका ३ स्थित ग्वाल्टारमा आयोजना गरिने छ । सम्मेलनमा प्रतिनिधि, पर्यवेक्षक, नेता तथा कार्यकर्ताहरु गरि करिव चार सयबढीको सहभागिता हुने बताइएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । पार्टीका गाउँपालिका अध्यक्ष रोशन श्रेष्ठले पिकनिकि (बनभोज) सहितको अधिवेशनमा सहभागि हुन सबै नेता तथा गाउँपालिकाका सुभेच्छुकहरुलाई आग्रह गर्नु…