Badapatra Online

जनयुद्ध दिवसको अवसरमा सिन्धुलीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

Advertisement

सिन्धुली । ३० औंं जनयुद्ध दिवसको अवसरमा सिन्धुलीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।
नेकपामा माओबादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटि र अखिल (क्रान्तिकारी) जिल्ला कमिटिबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।
दुबै कमिटिको संयुक्त आयोजनामा सिन्धुलीमाढी स्थित खम्बेचौरमा प्रतियोगिताको आयोजना गरिएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बुद्धिमान माझी (बसन्त)ले रेफ्रिलाई बल हस्तान्तरण गरेपछि सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा वाइसिएल नेपाल सिन्धुलीले जित हात पारेको छ ।
वाइसिएल नेपालले अखिल क्रान्तिकारीलाई तीन गोल अन्तरले पराजित गरेको हो । वाइसिएल नेपालका लागि दर्शन भण्डारीले दुई गोले गरेका थिए भने राजकुमार श्रेष्ठ (उत्साह) ले थप १ गोल गरेका थिए ।
प्रतियोगितामा अखिल क्रान्तिकारीले गोल गर्न सकेन । प्रतियोगितामा सहभागि खेलाडीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजक अखिल क्रान्तिकारीका अध्यक्ष सुमन रानाले जानकारी दिए ।
प्रतियोगितामा माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरू, युवा, विद्यार्थी र दर्शकहरूको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...