Badapatra Online

Day: २०८१ फाल्गुन १, बिहीबार

जनयुद्ध दिवस : जनयुद्धको उद्गमस्थल अमलेका १२ सहिदको सालिकमा माल्यार्पण

जनयुद्ध दिवस : जनयुद्धको उद्गमस्थल अमलेका १२ सहिदको सालिकमा माल्यार्पण

सिन्धुली । फागुन १ गते तत्कालिन नेकपा माओवादीले हतियारको बलमा राज्यसत्ता कब्जा गर्ने उद्घोषका साथ सशस्त्र जनयुद्धको उद्घोष गरेको दिन अर्थात जनयुद्ध दिवस ! नेकपा माओवादी केन्द्रले देशैभर विभिन्न कार्यक्रम गर्दै आज ३० औं जनयुद्ध दिवस मनाएको छ । यसै सन्दर्भमा बिहिबार ३० औं जनयुद्ध दिवसको दिन सिन्धुलीको घ्याङ्लेख गाउँपालिका १ अमलेमा महान जनयुद्धका सहिदहरुको सालिकामा माल्यार्पण गरिएको छ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका सचिवालय सदस्य तथा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक पानीराज बम्जनको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा सहिदहरुप्रति श्रद्धाभाव सहित माल्यार्पण गरिएको हो । नेकपा माओवादी केन्द्र घ्याङ्लेख गाउँकमिटिका अध्यक्ष चक्र पाख्रिनको अध्यक्षतामा भएको…
Read More
जनयुद्ध दिवसको अवसरमा हरिहरपुरगढीमा विशेष अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

जनयुद्ध दिवसको अवसरमा हरिहरपुरगढीमा विशेष अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

सिन्धुली । ३० औंं जनयुद्ध दिवसको अवसरमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा विशेष अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँकमिटिको आयोजना तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यता अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँकमिटिका अध्यक्ष अजित मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका नेता तथा हरिहरपरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राजन दाहालले अहिलेको संविधान भनेको माओवादी र जनता बलियो भएर आएको बताउँनु भयो । उहाँले भन्नुभयो,…
Read More
३० औंं जनयुद्ध दिवसको अवसरमा मरिणमा विशेष अन्तरक्रिया

३० औंं जनयुद्ध दिवसको अवसरमा मरिणमा विशेष अन्तरक्रिया

सिन्धुली । ३० औंं जनयुद्ध दिवसको अवसरमा सिन्धुलीमा मरिण गाउँपालिकामा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिको आयोजना तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बुद्धिमान माझी (बसन्त) को प्रमुख आतिथ्यता अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिका अध्यक्ष काजिमान थिङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटि इनचार्ज पदम अस्थानी (शरण) लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा महान जनयुद्धका सहिदहरुको तस्विर माल्यार्पण गर्दै जनयुद्धको महत्व, त्यसको उपलब्धी र पार्टीको आगमी कार्यभारका लगायतका विषयमा वक्तहरुले आफ्ना विचार राख्नुभएको नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिका अध्यक्ष काजिमान…
Read More
जनयुद्ध दिवसको अवसरमा सुनकोसी गाउँपालिकामा रक्तदान

जनयुद्ध दिवसको अवसरमा सुनकोसी गाउँपालिकामा रक्तदान

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा रक्तदान गरिएको छ । ३० औंं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र सुनकोसी गाउँ कमिटिद्धारा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाईटी सिन्धुली, रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग र सुनकोशी र पुरानो झाँगाझोली उपशाखाको सहयोगमा माओवादी केन्द्र सुनकोशी गाउँकमिटिले ३० औं जनयुद्ध दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको उक्त गाउँकमिटिका अध्यक्ष नेत्र रानाले जानकारी दिए । रक्तदान कार्यक्रममा झन्डै ३७ जना नेता कार्यकर्ताहरुले रक्तदान गरेका छन् । रक्तदानमा माओवादी केन्द्र सुनकोशी गाउँकमिटिका अध्यक्ष नेत्र राना, पार्टी इन्चार्ज भेषराज दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, नेरेसो जिल्ला शाखा उपसभापति महेश्वर कोइराल , प्रमुख…
Read More
जनयुद्ध दिवसको अवसरमा सिन्धुलीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

जनयुद्ध दिवसको अवसरमा सिन्धुलीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

सिन्धुली । ३० औंं जनयुद्ध दिवसको अवसरमा सिन्धुलीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । नेकपामा माओबादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटि र अखिल (क्रान्तिकारी) जिल्ला कमिटिबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो । दुबै कमिटिको संयुक्त आयोजनामा सिन्धुलीमाढी स्थित खम्बेचौरमा प्रतियोगिताको आयोजना गरिएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बुद्धिमान माझी (बसन्त)ले रेफ्रिलाई बल हस्तान्तरण गरेपछि सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा वाइसिएल नेपाल सिन्धुलीले जित हात पारेको छ । वाइसिएल नेपालले अखिल क्रान्तिकारीलाई तीन गोल अन्तरले पराजित गरेको हो । वाइसिएल नेपालका लागि दर्शन भण्डारीले दुई गोले गरेका थिए भने राजकुमार…
Read More