सिन्धुली । ३० औंं जनयुद्ध दिवसको अवसरमा सिन्धुलीमा मरिण गाउँपालिकामा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिको आयोजना तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बुद्धिमान माझी (बसन्त) को प्रमुख आतिथ्यता अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिका अध्यक्ष काजिमान थिङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटि इनचार्ज पदम अस्थानी (शरण) लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा महान जनयुद्धका सहिदहरुको तस्विर माल्यार्पण गर्दै जनयुद्धको महत्व, त्यसको उपलब्धी र पार्टीको आगमी कार्यभारका लगायतका विषयमा वक्तहरुले आफ्ना विचार राख्नुभएको नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिका अध्यक्ष काजिमान थिङले जानकारी दिनु भयो ।