Badapatra Online

जनयुद्ध दिवसको अवसरमा हरिहरपुरगढीमा विशेष अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

Advertisement

सिन्धुली । ३० औंं जनयुद्ध दिवसको अवसरमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा विशेष अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँकमिटिको आयोजना तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यता अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँकमिटिका अध्यक्ष अजित मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका नेता तथा हरिहरपरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राजन दाहालले अहिलेको संविधान भनेको माओवादी र जनता बलियो भएर आएको बताउँनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको संविधान दह्रो हुँदा मात्र जनताको अधिकार दह्रो हुन्छ । यसमा तत्कालिन माओवादीका नेता कार्यकर्ताको रगत मिसिएको छ । माओवादी केन्द्रकै कारण यो व्यवस्था आएकोले यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवदीकै हुन्छ ।’
गणतन्त्र आउनमा कांग्रेस एमालेहरुको भुमिका असाध्ये न्युन रहेको उल्लेख गर्दै उहाँहरु परिवर्तको विरुद्ध लागिरहेको भन्दै जनयुद्ध दिवसले पार्टीलाई थप एकताबद्ध भएर अघि बढ्न हौसला प्रदान गर्ने बताउँनु भयो ।
कार्यक्रममा जनयुद्धका सहिदहरुको तस्विर माल्यार्पण गर्दै जनयुद्धको महत्व, त्यसको उपलब्धी र पार्टीको आगमी कार्यभारका लगायतका विषयमा वक्तहरुले आफ्ना विचार राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...