Badapatra Online

जनयुद्ध दिवसको अवसरमा हरिहरपुरगढीमा विशेष अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

Advertisement

सिन्धुली । ३० औंं जनयुद्ध दिवसको अवसरमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा विशेष अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँकमिटिको आयोजना तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यता अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँकमिटिका अध्यक्ष अजित मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका नेता तथा हरिहरपरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राजन दाहालले अहिलेको संविधान भनेको माओवादी र जनता बलियो भएर आएको बताउँनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको संविधान दह्रो हुँदा मात्र जनताको अधिकार दह्रो हुन्छ । यसमा तत्कालिन माओवादीका नेता कार्यकर्ताको रगत मिसिएको छ । माओवादी केन्द्रकै कारण यो व्यवस्था आएकोले यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवदीकै हुन्छ ।’
गणतन्त्र आउनमा कांग्रेस एमालेहरुको भुमिका असाध्ये न्युन रहेको उल्लेख गर्दै उहाँहरु परिवर्तको विरुद्ध लागिरहेको भन्दै जनयुद्ध दिवसले पार्टीलाई थप एकताबद्ध भएर अघि बढ्न हौसला प्रदान गर्ने बताउँनु भयो ।
कार्यक्रममा जनयुद्धका सहिदहरुको तस्विर माल्यार्पण गर्दै जनयुद्धको महत्व, त्यसको उपलब्धी र पार्टीको आगमी कार्यभारका लगायतका विषयमा वक्तहरुले आफ्ना विचार राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...