Badapatra Online

जनयुद्ध दिवसको अवसरमा सुनकोसी गाउँपालिकामा रक्तदान

Advertisement

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा रक्तदान गरिएको छ ।
३० औंं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र सुनकोसी गाउँ कमिटिद्धारा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुली, रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग र सुनकोशी र पुरानो झाँगाझोली उपशाखाको सहयोगमा माओवादी केन्द्र सुनकोशी गाउँकमिटिले ३० औं जनयुद्ध दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको उक्त गाउँकमिटिका अध्यक्ष नेत्र रानाले जानकारी दिए ।
रक्तदान कार्यक्रममा झन्डै ३७ जना नेता कार्यकर्ताहरुले रक्तदान गरेका छन् । रक्तदानमा माओवादी केन्द्र सुनकोशी गाउँकमिटिका अध्यक्ष नेत्र राना, पार्टी इन्चार्ज भेषराज दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, नेरेसो जिल्ला शाखा उपसभापति महेश्वर कोइराल , प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी लगाएतको सहभागिता रहेको थियो । जनयुद्ध दिवसको अवसरमा पार्टीले दिपप्रज्वलन समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...