Badapatra Online

आदिलिंग कुशेश्वर महादेवलाई विश्वमा चिनाउन सोमबारबाट पशुपति पुराण लगाईदै

Advertisement

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जामा रहेको आदिलिंग कुशेश्वर महादेवलाई विश्वमा चिनाउन हिमात्वखण्ड नेपाल महात्म्य अन्तरगत पशुपति पुराण तथा कुशेश्वरादी चतुषष्ठी लिङ्गहरुको महात्म्य हुने भएको छ ।
श्री बृहद आध्यात्मिक परिषद सिद्धान्चल गोरक्षनाथ पीठ मृगस्थलीको आयोजनामा फागुन ५ गते सोमबारका दिनबाट पाँच दिने हिमात्वखण्ड नेपाल महात्म्य अन्तरगत पशुपति पुराण तथा कुशेश्वरादी चतुषष्ठी लिङ्गहरुको महात्म्य पुराण लगाउँन लागिएको हो ।
आदिलिंग कुशेश्वर महादेव मन्दिर प्राङ्गणमा लगाउँन लागिएको पुराणमा पण्डीत बद्रि प्रसाद सुवेदीले कथा वाचन गर्ने छन् ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखाका उपसभापति र स्थानीय महेश्वर कोइरालाका अनुसार पुराण आगामी ९ गते शुक्रबारसम्म आयोजना गरिने छ ।
पुराणका लागि कुशेश्वर महादेव स्थान संरक्षण समिति तथा आदिलिङ्ग कुशेश्वर बैद्धिक गुरुकुलले सहयोग गर्ने छ ।

हिमवत्खण्डमा उल्लेख भएअनुसार ब्रह्माले विश्व श्रृष्टिका लागि तपस्या गर्दा स्वयम् प्रकट भएकाले उक्त शिवलिङ्गलाई आदिलिङ्ग भनिएको हो । नेपालमा भएका चौसठ्ठीवटा लिङ्गहरू मध्ये सबैभन्दा पहिले दर्शन गर्नुपर्ने श्री कुशेश्वर महादेव आदिलिंग हुन् ।
कुशेश्वर महादेव आदिलिङ्गको विश्वास र महिमालाई विश्वसामु चिनाउने, प्रचार गर्ने र धार्मीम पर्यटकलाई प्रबद्र्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको कोइरालाको भनाई छ ।
सुनकोसीका उन्मुक्त छाल छेउ र रोशी खोलाको दोभानमा विशिष्ट धार्मिक आस्थाका केन्द्रविन्दुका रूपमा रहेका आदिलिङ्ग कुशेश्वर महादेवको नामबाट त्यस क्षेत्रको नाम समेत कुशेश्वर रहन गएको हो ।

काठमाडौंबाट पूर्व तर्फको धार्मीक तीर्थयात्रामा निस्कनेहरू दुम्जामा कुशेश्वर महादेव दर्शन गरेर मात्र जाने गरेका छन् ।
काठमाडौंबाट तीन घण्टाको दूरीमा पुग्ने कुशेश्वर महादेव मन्दिर उपत्यकाबाट नजिकको तीर्थस्थल समेत हो ।
कुशेश्वर महादेवको महिमा र विश्वास धेरै छ । सिन्धुलीको दुम्जा स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिरको पारिपट्टि एउटा ऐतिहासिक गुफा रहेको छ । ऋषि विश्वामित्रले तपस्या गरेको विश्वामित्र गुफा ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ मा रहको विश्वामित्र गुफा कुशेश्वर महादेव मन्दिरबाट पैदल गए १० मिनेटमा पुगिन्छ । सवारी साधन पनि गुफासम्म नै पुग्छ ।

नदी किनारमा रहेको यो गुफामा विश्वामित्र ऋषिले तपस्या गरेको मानिन्छ । सो गुफामा तपस्या गर्ने विश्वामित्र ऋषि योग बलले गर्दा सुनकोसी नदी पार गरी पूजाआजाको लागि कुशेश्वर मन्दिर जाने र फर्किएर आई सोही गुफामा ध्यान गर्दथे भन्ने विश्वास रहेको कुशेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिर्थकुमार कोइरालाको भनाई रहेको छ ।
शिव पुराणको हिमवतखण्डमा सो महादेव मन्दिर र पारिपट्टि रहेको रामेछापको खाँडादेवी गाउँपालिकास्थित विश्वामित्र गुफाको बारेमा पनि चर्चा गरिएको छ ।

शुम्भ, निशुम्भ लगायतका राक्षसले दुःख दिएपछि कुशेश्वर आदिलिङ्गको समीपमा आई देवीको आराधना गर्दा अष्टादश भुजाधारी जलदेवी दुर्गा प्रकट भएकी थिइन । उनले राक्षसको वध गरी देवताहरूको उद्धार गरेर सुनकोसी नदीमा खाँडो पखालेर खाँडादेवीमा गाडेर कालिञ्चोक गई अन्तध्र्यान भएको धार्मिक मान्यता पनि छ । त्यसैले कुशेश्वर मन्दिर र विश्वामित्र गुफासँगै रहेको घाटलाई दुर्गा घाट भन्ने गरिएको अध्यक्ष कोइरालाले भने ।

लीलावती, पुण्यमती र रोसमतीका नामले चिनिने रोशीखोलाको दोभान र सुवर्ण कौशिकी अर्थात् सुनकोसीको तिरमा रहेको कुशेश्वर महादेव सनातन हिन्दू धर्मको आस्था र विश्वासको केन्द्र मानिन्छ ।
त्यसैले महादेव मन्दिरलाई ऐतिहासिक महत्वको तीर्थस्थल मानिन्छ । सुवर्णकौशिकी अर्थात् सुनकोसी र रोशी खोलाको दोभानमा महादेव मन्दिर छ । हिमवतखण्डमा वर्णित ६४ शिवलिङ्गमध्ये सबैभन्दा पहिलो कुशेश्वर महादेवलाई मानिन्छ । त्यसैले यसलाई आदिलिङ्ग भनिने गरिएको हो । हिमवतखण्डका अनुसार ब्रह्माजीले विश्व सृष्टिको लागि तपस्या गर्दा उत्पन्न भएको लिङ्ग भएकाले पनि यसलाई आदिलिङ्ग भनिएको हो ।

आदिलिङ्ग कुशेश्वर महादेवको पूजा दर्शन र हवन गरेमा तथा पितृको श्राद्ध गरे पितृ उद्धार र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । सुवर्ण कौशिकीको स्नानपछि कुशेश्वरको दर्शन गरेर कुष्ठरोग निको भई विरुपाक्ष पशुपतिनाथको दर्शन गर्न गएको वर्णन पनि धर्मशास्त्रमा छ । कुशेश्वर महादेवलाइ काठमाडौं उपत्यकाका नेवार समुदायको कूल देवताको रूपमा पुज्ने गर्दछन् । नेपाल संवत् ८९१ मा भक्तपुरका राजा जगज्जय मल्लले कुशेश्वरको भक्तिभावले राज्य पाएको कहावत छ ।

कुशेश्वर दुम्जा सिन्धुली सदरमुकामबाट चौध कोस उत्तर–पश्चिम र काठमाडौंबाट १८ कोस पूर्वमा सुनकोसी गाउँपालिकामा पर्दछ । राताम्य लालीगुँरास फुल्ने महाभारतको उच्च पहाडी शृंखलादेखि रोसी र सुनकोसीको समथर फाँटले कुशेश्वर दुम्जा लाई भौगोलिक विविधता प्रदान गरेको छ ।
तीन जिल्लाको संगमस्थलको रूपमा रहेको यस क्षेत्र पूर्वमा सिन्धुली, पश्चिममा काभ्रे र उत्तरमा रामेछाप जिल्ला पर्दछ ।
कुशेश्वर दुम्जासम्म बनेपा–सिन्धुली–बर्दिवास बीपी राजमार्गको चौथो खण्ड सडक मार्ग अन्तरगत पर्दछ । बनेपाबाट करीव ५१ किलोमिटर र काठमाडौंबाट ८० किलोमिटरको दूरीमा कुशेश्वर महादेव मन्दिर पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...