सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जामा रहेको आदिलिंग कुशेश्वर महादेवलाई विश्वमा चिनाउन हिमात्वखण्ड नेपाल महात्म्य अन्तरगत पशुपति पुराण तथा कुशेश्वरादी चतुषष्ठी लिङ्गहरुको महात्म्य हुने भएको छ । श्री बृहद आध्यात्मिक परिषद सिद्धान्चल गोरक्षनाथ पीठ मृगस्थलीको आयोजनामा फागुन ५ गते सोमबारका दिनबाट पाँच दिने हिमात्वखण्ड नेपाल महात्म्य अन्तरगत पशुपति पुराण तथा कुशेश्वरादी चतुषष्ठी लिङ्गहरुको महात्म्य पुराण लगाउँन लागिएको हो । आदिलिंग कुशेश्वर महादेव मन्दिर प्राङ्गणमा लगाउँन लागिएको पुराणमा पण्डीत बद्रि प्रसाद सुवेदीले कथा वाचन गर्ने छन् । नेपाल रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखाका उपसभापति र स्थानीय महेश्वर कोइरालाका अनुसार पुराण आगामी ९ गते शुक्रबारसम्म आयोजना गरिने छ । पुराणका लागि…