Badapatra Online

राजावादीको प्रदर्शनलाई नियन्त्रण गर्न राष्ट्रियसभामा सांसदहरूको माग

Advertisement

काठमाडौं : राष्ट्रियसभा सदस्यहरूले राजावादीहरूको प्रदर्शनलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले संविधान विपरीत राजसंस्था फर्काउने भन्दै अराजक गतिविधि भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले राजाको वंश विनाश गरेकाहरूले नै राजा फर्काउने नाटक मञ्चन गरिरहेको तर्क गरे। संविधान र व्यवस्थाविरुद्धको हर्कतलाई सरकारले नियन्त्रण गर्न नसकेको उनले बताए। शर्माले देशमा बढिरहेको अराजकता, संविधानविरुद्धको हर्कत सरकारले तुरुन्त नियन्त्रण गर्न माग गरे।

त्यस्तै राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले प्रतिगामी तत्त्वहरू सक्रिय भएर संविधानको उलंघन गर्दै अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सजक बन्नुपर्नेमा जोड दिए। मसानघाटमा पुर्‍याएको राजतन्त्र कुर्लिरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उनले बताए।

त्यस्तै अन्य सदस्यहरूले मुलुकमा प्राप्त अधिकार गुम्न नदिनका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका थिए। बैठकमा प्रधानमन्त्रीका तर्फबाट उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक चैत ४ गते बोलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...