Badapatra Online

Day: २०८१ फाल्गुन २५, आईतवार

महामन्त्री थापाले भने–कुलमानसँग सरकारले किचकिच गर्नु ठीक होइन

महामन्त्री थापाले भने–कुलमानसँग सरकारले किचकिच गर्नु ठीक होइन

‘मन्त्रीहरू नचाहिने काममा लागे भने रोक्ने काम प्रधानमन्त्रीको हो । प्रधानमन्त्री भनेको क्याबिनेटको मास्टर हो, उसले राम्रो कामको श्रेय पनि पाउँछ र नराम्रो कामको अपजस पनि लिनुपर्छ ।’ ‘ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् प्राधिकरण छ । कार्यकारी निर्देशक प्रकरण सुनिरहेका छौं, मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ? ढंग नपुगेको, बेढंग हो काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनका लागि ऊर्जामन्त्री दीपक खड्काको पटकपटक प्रयासपछि मन्त्रिपरिषद् नै अगाडि बढेको छ । सरकारले घिसिङलाई पदबाट हटाउने अन्तिम कसरत गरिरहेका बेला सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक मञ्चबाटै असन्तुष्टि जनाएका छन् । मन्त्री खड्काले घिसिङलाई पदबाट हटाउन गरेका प्रयास…
Read More
राजावादीको प्रदर्शनलाई नियन्त्रण गर्न राष्ट्रियसभामा सांसदहरूको माग

राजावादीको प्रदर्शनलाई नियन्त्रण गर्न राष्ट्रियसभामा सांसदहरूको माग

काठमाडौं : राष्ट्रियसभा सदस्यहरूले राजावादीहरूको प्रदर्शनलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले संविधान विपरीत राजसंस्था फर्काउने भन्दै अराजक गतिविधि भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले राजाको वंश विनाश गरेकाहरूले नै राजा फर्काउने नाटक मञ्चन गरिरहेको तर्क गरे। संविधान र व्यवस्थाविरुद्धको हर्कतलाई सरकारले नियन्त्रण गर्न नसकेको उनले बताए। शर्माले देशमा बढिरहेको अराजकता, संविधानविरुद्धको हर्कत सरकारले तुरुन्त नियन्त्रण गर्न माग गरे। त्यस्तै राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले प्रतिगामी तत्त्वहरू सक्रिय भएर संविधानको उलंघन गर्दै अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सजक बन्नुपर्नेमा जोड दिए। मसानघाटमा पुर्‍याएको राजतन्त्र कुर्लिरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने…
Read More
गोलन्जोर गाउँपालिकाका १४ क्लवलाई पालिकाको खेलकुद सामाग्री

गोलन्जोर गाउँपालिकाका १४ क्लवलाई पालिकाको खेलकुद सामाग्री

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले एकैपटक १४ वटा क्लवलाई खेलकुद सामाग्री वितरण गरेको छ । युवाहरुलाई खेल क्षेत्रमा सक्रिय बनाउँनका लागि गाउँपालिकाको उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत आइतबार क्लवहरुलाई खेलकुद सामाग्री तिवरण गरिएको हो । गोलन्जोर गाउँपालिका ४ का १४ वटा क्लवहरुलाई २ सय २० थान जर्सी, फुटवल लगायतका सामाग्री प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिनुभयो । ‘पालिकाका युवाहरुलाई खेलकुदका माध्ययमबाट पालिकाका युवाहरुलाई स्वास्थ्य र राष्ट्रका हितमा परिचालन गर्न उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत बजेट विनियोजन गरेर प्रति क्लव १५ सेट जर्सी, फुटबल लगायतका खेलकुदका सामाग्रीहरु प्रदान गरिएको हो,’ न्यौपानेले भन्नुभयो । गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष…
Read More