Badapatra Online

महामन्त्री थापाले भने–कुलमानसँग सरकारले किचकिच गर्नु ठीक होइन

Advertisement
    • ‘मन्त्रीहरू नचाहिने काममा लागे भने रोक्ने काम प्रधानमन्त्रीको हो । प्रधानमन्त्री भनेको क्याबिनेटको मास्टर हो, उसले राम्रो कामको श्रेय पनि पाउँछ र नराम्रो कामको अपजस पनि लिनुपर्छ ।’
  • ‘ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् प्राधिकरण छ । कार्यकारी निर्देशक प्रकरण सुनिरहेका छौं, मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ? ढंग नपुगेको, बेढंग हो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनका लागि ऊर्जामन्त्री दीपक खड्काको पटकपटक प्रयासपछि मन्त्रिपरिषद् नै अगाडि बढेको छ । सरकारले घिसिङलाई पदबाट हटाउने अन्तिम कसरत गरिरहेका बेला सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक मञ्चबाटै असन्तुष्टि जनाएका छन् ।
मन्त्री खड्काले घिसिङलाई पदबाट हटाउन गरेका प्रयास असफल भएपछि मन्त्रिपरिषद्को बैठकले नै स्पष्टिकरण सोधेको छ ।
मन्त्रिपरिषद्ले घिसिङलाई पदबाट हटाउन अन्तिम तयारी गरेपछि महामन्त्री थापाले असन्तुष्टि जनाउँदै ुयस्ता नचाहिने काममा नलाग्नु मन्त्रीलाई सुझाव दिएका छन् । मन्त्री खड्काले गरिरहेका नचाहिने काम रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले आग्रह गरेका छन् ।
सिन्धुलीमा कांग्रेस पार्टीले शनिबार आयोजना गरेको कार्यक्रममा थापाले घिसिङलाई पदबाट हटाउने काम नगर्न सुझाव दिएका छन् । ‘ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् प्राधिकरण छ । कार्यकारी निर्देशक प्रकरण सुनिरहेका छौं । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ? ढंग नपुगेको बेढंग हो ? तीन–चार महिनामा सेवा निवृत हुने, सेवा निवृत भइसकेपछि उपयुक्त मान्छे ल्याउने त्यो संस्थाको नेतृत्व गर्न दिने,ु उनले भने, ुसरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ । किचकिच गरिरहेको देखिन्छ । यस्ता कुरा ठीक होइन, उपयुक्त हुँदैन । यस्ता नचाहिने काममा कोही पनि मन्त्री लाग्नु हुँदैन ।’

मन्त्रीहरूले गरिरहेका गलत क्रियाकलाप प्रधानमन्त्रीले रोक्नुपर्ने उनको भनाइ छ । ‘मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको हो । प्रधानमन्त्री भनेको क्याबिनेटको मास्टर हो, उसले राम्रो कामको श्रेय पनि पाउँछ र नराम्रो कामको अपजस पनि लिनुपर्छ,’ उनले भने ।
सरकारले राम्रो काम गर्नुपर्ने, राम्रो काम गर्न नसकेमा नराम्रो काम गर्न नहुने उनको भनाइ थियो । कुलमान घिसिङलाई पदबाट हटाउनका लागि सिंगो सरकार लागेको सुन्दा दुःख लागेको उनले बताए । ‘५० वटा राम्रो काम गरेको बेलामा एउटा नराम्रो काम भयो भने त्यो नराम्रो कामको हल्लाले सबै नराम्रो काम छोपिन्छ,’ उनले भने । सरकारले प्रत्येक दिन राम्रो काम गर्ने अपेक्षा राजनीतिक दलका नेता र कार्यकर्ताले गरिरहेको थापाले बताए ।
गत बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत घिसिङलाई किन नहटाउने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ऊर्जामन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउन तीनदिने स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई दिएको थियो ।
असार ३० मा ऊर्जामन्त्री नियुक्त भएदेखि नै घिसिङलाई पदबाट हटाउन विभिन्न प्रयास गरेका थिए । मन्त्री खड्काले दुई पटक स्पष्टीकरण सोधेका थिए । दुई पटक घिसिङबाट कागजात मागेका थिए ।
मन्त्री खड्काले आफ्नो कार्यकक्ष नै विद्युत् प्राधिकरणको कार्यालयमा खोलेका छन् । ऊर्जामन्त्री खड्काले फागुन १३ मा घिसिङलाई २४ घण्टामा जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...