Badapatra Online

महामन्त्री थापाले भने–कुलमानसँग सरकारले किचकिच गर्नु ठीक होइन

Advertisement
    • ‘मन्त्रीहरू नचाहिने काममा लागे भने रोक्ने काम प्रधानमन्त्रीको हो । प्रधानमन्त्री भनेको क्याबिनेटको मास्टर हो, उसले राम्रो कामको श्रेय पनि पाउँछ र नराम्रो कामको अपजस पनि लिनुपर्छ ।’
  • ‘ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् प्राधिकरण छ । कार्यकारी निर्देशक प्रकरण सुनिरहेका छौं, मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ? ढंग नपुगेको, बेढंग हो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनका लागि ऊर्जामन्त्री दीपक खड्काको पटकपटक प्रयासपछि मन्त्रिपरिषद् नै अगाडि बढेको छ । सरकारले घिसिङलाई पदबाट हटाउने अन्तिम कसरत गरिरहेका बेला सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक मञ्चबाटै असन्तुष्टि जनाएका छन् ।
मन्त्री खड्काले घिसिङलाई पदबाट हटाउन गरेका प्रयास असफल भएपछि मन्त्रिपरिषद्को बैठकले नै स्पष्टिकरण सोधेको छ ।
मन्त्रिपरिषद्ले घिसिङलाई पदबाट हटाउन अन्तिम तयारी गरेपछि महामन्त्री थापाले असन्तुष्टि जनाउँदै ुयस्ता नचाहिने काममा नलाग्नु मन्त्रीलाई सुझाव दिएका छन् । मन्त्री खड्काले गरिरहेका नचाहिने काम रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले आग्रह गरेका छन् ।
सिन्धुलीमा कांग्रेस पार्टीले शनिबार आयोजना गरेको कार्यक्रममा थापाले घिसिङलाई पदबाट हटाउने काम नगर्न सुझाव दिएका छन् । ‘ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् प्राधिकरण छ । कार्यकारी निर्देशक प्रकरण सुनिरहेका छौं । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ? ढंग नपुगेको बेढंग हो ? तीन–चार महिनामा सेवा निवृत हुने, सेवा निवृत भइसकेपछि उपयुक्त मान्छे ल्याउने त्यो संस्थाको नेतृत्व गर्न दिने,ु उनले भने, ुसरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ । किचकिच गरिरहेको देखिन्छ । यस्ता कुरा ठीक होइन, उपयुक्त हुँदैन । यस्ता नचाहिने काममा कोही पनि मन्त्री लाग्नु हुँदैन ।’

मन्त्रीहरूले गरिरहेका गलत क्रियाकलाप प्रधानमन्त्रीले रोक्नुपर्ने उनको भनाइ छ । ‘मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको हो । प्रधानमन्त्री भनेको क्याबिनेटको मास्टर हो, उसले राम्रो कामको श्रेय पनि पाउँछ र नराम्रो कामको अपजस पनि लिनुपर्छ,’ उनले भने ।
सरकारले राम्रो काम गर्नुपर्ने, राम्रो काम गर्न नसकेमा नराम्रो काम गर्न नहुने उनको भनाइ थियो । कुलमान घिसिङलाई पदबाट हटाउनका लागि सिंगो सरकार लागेको सुन्दा दुःख लागेको उनले बताए । ‘५० वटा राम्रो काम गरेको बेलामा एउटा नराम्रो काम भयो भने त्यो नराम्रो कामको हल्लाले सबै नराम्रो काम छोपिन्छ,’ उनले भने । सरकारले प्रत्येक दिन राम्रो काम गर्ने अपेक्षा राजनीतिक दलका नेता र कार्यकर्ताले गरिरहेको थापाले बताए ।
गत बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत घिसिङलाई किन नहटाउने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ऊर्जामन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउन तीनदिने स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई दिएको थियो ।
असार ३० मा ऊर्जामन्त्री नियुक्त भएदेखि नै घिसिङलाई पदबाट हटाउन विभिन्न प्रयास गरेका थिए । मन्त्री खड्काले दुई पटक स्पष्टीकरण सोधेका थिए । दुई पटक घिसिङबाट कागजात मागेका थिए ।
मन्त्री खड्काले आफ्नो कार्यकक्ष नै विद्युत् प्राधिकरणको कार्यालयमा खोलेका छन् । ऊर्जामन्त्री खड्काले फागुन १३ मा घिसिङलाई २४ घण्टामा जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...