Badapatra Online

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

Advertisement

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ ।
गोलन्जोर गाउँपालिका ३ ग्वाल्टार स्थित बन्दीजोर खेलमैदानमा भएको प्रतियोगिता गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।
गोलन्जोर खेलकुद विकास समितिको आयोजनामा तिन दिनसम्म संचालन हुने प्रतियोगितामा गाउँपालिकाका सातवटै वडाका नौं वटा समुहको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर चार र वडा नम्बर पाँच विच भएको थियो । उक्त प्रतियोगितामा वडा नम्बर चार विजयी हुँदा वडा नम्बर पाँच नकआउट भएको छ । दोस्रो खेल वडा नम्बर १ र वडा नम्बर तिन विच हुँदा वडा नम्बर १ विजयी भएको छ । वडा नम्बर तिन बाहिरिएको छ ।
यस्तै तेस्रो खेलमा वडा नम्बर ७ को ‘वि’ टिम र वडा नम्बर १ को ‘ए’ टिम विच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नम्बर ७ को ‘वि’ टिम विजयी हुँदा वडा नम्बर १ को ‘ए’ टिम बाहिरीएको छ ।
यस्तै चौथो खेलमा वडा नम्बर ६ र वडा नम्बर ७ विच हुँदा वडा नम्बर ६ बाहिरीदा वडा नम्बर ७ विजयी भएको छ । प्रतियोगिताका सेमिफाइनलका प्रतियोगिताहरु सोमबार हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद संगै शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । यस्तै दोस्रो हुने समुहले ३० हजार र तेस्रो हुनेले २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
गोलन्जोर खेलकुद विकास समितिका अध्यक्ष रंजित देबकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बराल, उपाध्यक्ष न्यौपाने, वडाअध्यक्षहरु वडा नम्बर १ का सोम प्रसाद बराल, वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद पोखरेल, वडा नम्बर चारका अध्यक्ष भक्त बहादुर भुजेल, वडा नम्बर ७ का वडा अध्यक्ष तथा प्रवक्ता रेगनराज थापा, नेपाली कांग्रेस गोलन्जोर गाउँपालिका सभापति मोतिराज सापकोटा, नेकपा एमाले गोलन्जोर गाउँ कमिटिका अध्यक्ष पूर्ण बहादुर थापा, नेकपा माओवादी केन्द्र गोलन्जोर गाउँपालिका अध्यक्ष रोशन श्रेष्ठ लगायत, युवा खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको संचालन खेलकुद विकास समितिका सदस्य सचिव हरिकिश्वर कार्कीले गर्नु भएको थियो भने स्वागत मन्तव्य खेलकुद विकास समितिका सदस्य देबराज आलेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...