Badapatra Online

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

Advertisement

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ ।
गोलन्जोर गाउँपालिका ३ ग्वाल्टार स्थित बन्दीजोर खेलमैदानमा भएको प्रतियोगिता गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।
गोलन्जोर खेलकुद विकास समितिको आयोजनामा तिन दिनसम्म संचालन हुने प्रतियोगितामा गाउँपालिकाका सातवटै वडाका नौं वटा समुहको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर चार र वडा नम्बर पाँच विच भएको थियो । उक्त प्रतियोगितामा वडा नम्बर चार विजयी हुँदा वडा नम्बर पाँच नकआउट भएको छ । दोस्रो खेल वडा नम्बर १ र वडा नम्बर तिन विच हुँदा वडा नम्बर १ विजयी भएको छ । वडा नम्बर तिन बाहिरिएको छ ।
यस्तै तेस्रो खेलमा वडा नम्बर ७ को ‘वि’ टिम र वडा नम्बर १ को ‘ए’ टिम विच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नम्बर ७ को ‘वि’ टिम विजयी हुँदा वडा नम्बर १ को ‘ए’ टिम बाहिरीएको छ ।
यस्तै चौथो खेलमा वडा नम्बर ६ र वडा नम्बर ७ विच हुँदा वडा नम्बर ६ बाहिरीदा वडा नम्बर ७ विजयी भएको छ । प्रतियोगिताका सेमिफाइनलका प्रतियोगिताहरु सोमबार हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद संगै शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । यस्तै दोस्रो हुने समुहले ३० हजार र तेस्रो हुनेले २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
गोलन्जोर खेलकुद विकास समितिका अध्यक्ष रंजित देबकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बराल, उपाध्यक्ष न्यौपाने, वडाअध्यक्षहरु वडा नम्बर १ का सोम प्रसाद बराल, वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद पोखरेल, वडा नम्बर चारका अध्यक्ष भक्त बहादुर भुजेल, वडा नम्बर ७ का वडा अध्यक्ष तथा प्रवक्ता रेगनराज थापा, नेपाली कांग्रेस गोलन्जोर गाउँपालिका सभापति मोतिराज सापकोटा, नेकपा एमाले गोलन्जोर गाउँ कमिटिका अध्यक्ष पूर्ण बहादुर थापा, नेकपा माओवादी केन्द्र गोलन्जोर गाउँपालिका अध्यक्ष रोशन श्रेष्ठ लगायत, युवा खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको संचालन खेलकुद विकास समितिका सदस्य सचिव हरिकिश्वर कार्कीले गर्नु भएको थियो भने स्वागत मन्तव्य खेलकुद विकास समितिका सदस्य देबराज आलेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...