काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ (टीओडी) अध्ययनका लागि गठित समितिलाई काम कारवाही अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्काल काम कारवाही अघि नबढाउन समितिलाई अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै समितिले कामकारवाही अघि बढाउन नपाउने भएको हो। अधिवक्ता खडानन्द कँडेलले गत मंसिर १३ गते ऊर्जामन्त्रीले कानुन विपरीत गएर समिति बनाएको भन्दै खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अर्को आदेश नभएसम्म काम अघि नबढाउन समितिलाई भनेको हो। सरकारले…
काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। परराष्ट्रसचिव अमृतबहादुर राईले विभिन्न देशका विदेशमन्त्रीसहित विशेषज्ञहरूलाई निमन्त्रणा दिइएको बताए। उनका अनुसार १५० देखि १७५ जनासम्म विदेशी पाहुना सगरमाथा संवाद कार्यक्रममा सहभागी हुनेछन्। कार्यक्रममा हामीले विभिन्न देशका परराष्ट्रमन्त्री , वनमन्त्री, जलवायु परिवर्तन विज्ञ र विशेषज्ञहरूलाई निम्ता गरेका छौं। १५० देखि १७५ जना विदेशी पाहुना हुनेछन्, उनले भने। उनले नेपालको क्षमताअनुसार विदेशी पाहुनाहरू सहभागी हुने बताए। तयारी गरिरहेका छौं। सबै कुरा अहिल्यै तय भइसकेको छैन, उनले भने। त्यस्तै मुख्यसचिव एकनारायण अर्यालले सगरमाथा संवादलाई जनताको…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्टार स्थित बन्दीजोर खेलमैदानमा भएको प्रतियोगिता गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । गोलन्जोर खेलकुद विकास समितिको आयोजनामा तिन दिनसम्म संचालन हुने प्रतियोगितामा गाउँपालिकाका सातवटै वडाका नौं वटा समुहको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर चार र वडा नम्बर पाँच विच भएको थियो । उक्त प्रतियोगितामा वडा नम्बर चार विजयी हुँदा वडा नम्बर पाँच नकआउट भएको छ । दोस्रो खेल वडा नम्बर १ र वडा नम्बर तिन विच हुँदा वडा नम्बर…