Badapatra Online

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

Advertisement

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो।

परराष्ट्रसचिव अमृतबहादुर राईले विभिन्न देशका विदेशमन्त्रीसहित विशेषज्ञहरूलाई निमन्त्रणा दिइएको बताए। उनका अनुसार १५० देखि १७५ जनासम्म विदेशी पाहुना सगरमाथा संवाद कार्यक्रममा सहभागी हुनेछन्। कार्यक्रममा हामीले विभिन्न देशका परराष्ट्रमन्त्री , वनमन्त्री, जलवायु परिवर्तन विज्ञ र विशेषज्ञहरूलाई निम्ता गरेका छौं। १५० देखि १७५ जना विदेशी पाहुना हुनेछन्, उनले भने।

उनले नेपालको क्षमताअनुसार विदेशी पाहुनाहरू सहभागी हुने बताए। तयारी गरिरहेका छौं। सबै कुरा अहिल्यै तय भइसकेको छैन, उनले भने।

त्यस्तै मुख्यसचिव एकनारायण अर्यालले सगरमाथा संवादलाई जनताको साझा कार्यक्रमको रूपमा अगाडि बढाउने बताए। उनले प्रदेश र स्थानीय तहलाई पनि सगरमाथा संवाद जोड्ने बताए। यो कार्यक्रमलाई ३ करोड नेपालीको साझा कार्यक्रमको रूपमा अघि बढाउने सोचेका छौं। प्रदेश र स्थानीय तहलाई पनि सँगै लैजान्छौं, उनले भने।

सरकारले जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम आयोजना गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...