Badapatra Online

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ (टीओडी) अध्ययनका लागि गठित समितिलाई काम कारवाही अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्काल काम कारवाही अघि नबढाउन समितिलाई अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै समितिले कामकारवाही अघि बढाउन नपाउने भएको हो।

अधिवक्ता खडानन्द कँडेलले गत मंसिर १३ गते ऊर्जामन्त्रीले कानुन विपरीत गएर समिति बनाएको भन्दै खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अर्को आदेश नभएसम्म काम अघि नबढाउन समितिलाई भनेको हो।

सरकारले गत मंसिर २ गते डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनस्गणना गर्न प्राविधिक समिति गठन गरेको थियो। मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा।डा। अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो।

डेडिकेटेड र ट्रंकलाई विद्युत महशुल बक्यौता सम्बन्धी आवश्यक प्रमाण संकलन गर्ने एवं प्रमाणीकरण गर्ने जिम्मा समितिलाई दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...