Badapatra Online

गोलन्जोरमा एकिकृत घुम्ती शिविर : दुइ नम्बर वडामा ४८३ सेवा प्रवाह

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरको दोस्रो दिन २ सय ३१ लाभग्राहीलाई ४ सय ८३ सेवा प्रवाह गरिएको छ ।
शिविरको दोस्रो दिन गोलन्जोर गाउँपालिका २ वितिजोर बगैँचा वडा कार्यालयमा आयोजित शिविरमा १ सय ३० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य सेवा ९१ जनालाई, ८५ वटा कुकुरको स्वास्थ्य परिक्षण तथा रेविज भ्याक्सिन लगाइएको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो ।

गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित शिविरमा जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर सुरुवात गरिएको थियो ।

शिविरको पहिलो दिन गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा २ सय ६१ जना स्थानीयले सेवा लिएका थिए ।
यस्तै शिविरमा वडा नम्बर २ को कार्यालयले चालु आर्थिक वर्ष २०८१÷०८२ मा संचालन गर्दै आएको सेवा प्रबाहका विषयमा वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको समेत आयोजना गरिएको छ ।

दुई नम्बरका वडा अध्यक्ष दौलत कार्कीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष न्यौपानेको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत चौधरीको विशिष्ठ आतिथ्यतामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि सहित, ९१ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडाका कार्यसम्पादन बारे वडा सचिव भवानी ढुंगेलले प्रगती विवरण सार्वजनिक गर्नु भएको उक्त कार्यक्रममा दुई जनाको गुनासो रहेकोमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा वडा अध्यक्षले गुनासोको सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा बडापत्र मिडिया ग्रुपले सहजिकरण गर्दै आएको छ । गोलन्जोर गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका १ देखी ७ सम्मकै वडाहरुमा एकिकृत घुम्ती शिविर र सर्वाजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै छ ।

शिविरको तेस्रो दिन शुक्रबार गोलन्जोर गाउँपालिका ३ को ओख्ले सामुदायिक भवनमा बिहान १० बजेबाट शिविर संचालन हुने बताइएको छ ।

यस अघि बैशाख १४ गते गोलन्जोर गाउँपालिका ५ रतनचुरामा हुने भनिएको शिविर भने स्थागित गर्दै यही बैशाख १७ गते गर्ने कार्यक्रम तय भएको पनि गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...