Badapatra Online

Day: २०८२ बैशाख १२, शुक्रबार

मरिण गाउँपालिकामा शहिद तथा वेपत्ता परिवारलाई नगद सहित सम्मान, विद्यार्थीलाई छात्रवृत्ति वितरण

मरिण गाउँपालिकामा शहिद तथा वेपत्ता परिवारलाई नगद सहित सम्मान, विद्यार्थीलाई छात्रवृत्ति वितरण

सिन्धुली । जिल्लाको मरिण गाउँपालिकाले शहिद तथा वेपत्ता परिवारलाई सम्मान तथा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । गाउँपालिकाले आफ्नो वार्षिक निति तथा कार्यक्रम अन्तरगत गाउँपालिका अन्तरगत रहेका शहिद तथा वेपत्ता परिवार, आमाबुबा विहिन बालबालिका, अनाथ एवम द्धन्द्ध पिडित बालबालिकाहरुलाई छात्रवृत्ति वितरण तथा स्नातक तह उतिर्णगरी बिवाह गर्ने किशोरी तथा अबिवाहीत महिलालई नगद सहित प्रोत्सहना गरेको हो । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै सम्मान, छात्रवृत्ति वितरण तथा प्रोत्साहनका लागि ३० लाख रुपैयाँ रकम प्रदान गरेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए । उनका अनुसार आमा बाबु बिहिन ६० जना बाल बालिका हरुलाइ प्रतिब्यक्ति २४ हजारको दरले १४ लाख ४०…
Read More
गोलन्जोरमा एकिकृत घुम्ती शिविर : दुइ नम्बर वडामा ४८३ सेवा प्रवाह

गोलन्जोरमा एकिकृत घुम्ती शिविर : दुइ नम्बर वडामा ४८३ सेवा प्रवाह

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरको दोस्रो दिन २ सय ३१ लाभग्राहीलाई ४ सय ८३ सेवा प्रवाह गरिएको छ । शिविरको दोस्रो दिन गोलन्जोर गाउँपालिका २ वितिजोर बगैँचा वडा कार्यालयमा आयोजित शिविरमा १ सय ३० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य सेवा ९१ जनालाई, ८५ वटा कुकुरको स्वास्थ्य परिक्षण तथा रेविज भ्याक्सिन लगाइएको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित शिविरमा जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर सुरुवात गरिएको थियो । शिविरको पहिलो दिन गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा २ सय ६१ जना स्थानीयले सेवा…
Read More