सिन्धुली । सिन्धुलीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ र ६ को सिमना हुँदै बग्ने ग्वाङ खोलामा पौडी खेल्न गएका एक १६ वर्षका बालकको खड्कुले दहको पानीमा डुबेर मृत्यु भएको हो ।
गोलन्जोर गाउँपालिका ७ खुर्कोटका प्रदिप देबकोटाका छोरा कमलामाई नगरपालिका ७ बुद्धनगर स्थित मामा घरमा बसी शिद्धबाबा बोर्डिङ्ग स्कुल स्थित कक्षा ९ मा अध्ययनरत १६ वर्षका प्रतिक देबकोटाको बुधबार दिउँसो पानीमा डुबेर मृत्यु भएको हो ।
बुधबार विद्यालय बन्द हुँदा साथीहरुसंग पौडीखेल्न गएको बेला देबकोटा दहमा डुबेका थिए । उनी दहमा डुबी घाईते हुँदा तत्काल उद्धार गरी उपचारका लगी सिन्धुली अस्पताल पु¥याइएको भएपनि उनलाई अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
उक्त घटना लगतै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक बाबुराम कार्कीको कमाण्डमा खटि गएको प्रहरी टोलीले उद्धार गरी बालकलाई अस्पताल पु¥याएको भएपनि बचाउन नसकिएको सिन्धुलीका प्रहरी प्रवक्ता सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।


