सिन्धुली । नेपाली काङ्ग्रेस सिन्धुलीको मरिण सङ्गठनलाई ठुलो धक्का लागेको छ । पार्टीका गाउँकमिटि सचिव पुण्य प्रसाद चौलागाईं नेकपा माओवादी केन्द्रमा प्रवेश गरेसंगै पार्टी संगठनमा ठुलो धक्का लागेको हो ।
चौलागाँई शुक्रबार नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उहाँलाई माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभएको छ ।
चौलागाँई नेपाली कांग्रेस मरिणका प्रभावशाली नेता हुन् । उनलाई प्रचण्ड निवासमा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेल, सांसद राजन दाहाल, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’, नेकपा माओवादी केन्द्र मरिणका अध्यक्ष काजीमान थिङ लगायतले स्वागत गर्नुभएको थियो ।
नेपाली कांग्रेस पार्टी परित्याग गरि चौलागाँई नेकपामा माओवादी केन्द्रमा प्रवेश गरेसंगै माओवादी केन्द्र मरिणमा थप मजबुत बन्ने विश्वास गरिएको छ ।


