Badapatra Online

Day: २०८२ बैशाख २६, शुक्रबार

सिन्धुलीमा विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफल सुरु

सिन्धुलीमा विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफल सुरु

सिन्धुली । सिन्धुलीमा विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको समन्वयमा विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । आगामी मनसुनजन्य विपद्को समयमा राहात, उद्धारमा कसरी कार्य गर्ने, आकस्मिक प्रतिकार्य योजना पालिका र जिल्ला स्तरमा कसरी निर्माण गर्ने लगाएतका विषयमा जिल्ला स्थित सुरक्षा निकाय प्रमूखहरु, ९ वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत र विपद् फोकल पर्सन, जिल्ला स्थित सरोकारवाला सरकारी तथा गैरसरकारी, व्यवसायिक संस्थाका प्रतिनिधिहरु, पत्रकारहरुसंग सो विषयमा छलफल सुरु भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका…
Read More
हरिहरपुरगढीमा एक हजारबढीको आँखा तथा दन्त परिक्षण

हरिहरपुरगढीमा एक हजारबढीको आँखा तथा दन्त परिक्षण

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकामा संचालन गरिएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजारबढी लाभान्वित भएका छन् । गाउँपालिकाले आयोजना गरेको तिनदिने दाँत तथा आँखा शिविरबाट एक हजार ३ जनाले सेवा लिएका हुन् । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार ५ सय ५६ जनाको आँखा जाँँच र यसरी ४ सय ४७ जनाको दन्तपरिक्षण तथा उपचार गरिएको छ । ‘शिविरमा ५ सय ५६ जनाको आँखा जाँँच गर्दा मोतियाविन्दुको समस्या देखिएका मध्ये ६५ जनाको निशूल्क शल्यक्रिया गरिएको छ । आँखामा मोतियाबिन्दु भएका उनीहरुको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डाक्टर दिवा हमाल लामिछाने नेतृत्वको टिमले शल्यक्रिया गरेको हो,’ अध्यक्ष वाइबाले भने । यस्तै गाउँपालिकाका…
Read More
बागमती प्रदेश स्तरीय भजन प्रतियोगितामा दोस्रो बन्यो सिन्धुली कलाघर

बागमती प्रदेश स्तरीय भजन प्रतियोगितामा दोस्रो बन्यो सिन्धुली कलाघर

सिन्धुली । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल हेटौंडा मकवानपुर द्वारा आयोजित बागमती प्रदेश स्तरिय लोक भजन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिन्धुलीको कलाघर समुह दोस्रो बनेको छ । बागमती प्रदेश सरकार सस्कृती तथा पर्यटन मन्त्री बिमल ठकुरीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल केन्द्रिय समिती अध्यक्ष नारायण लेकाली, उपमहासचिब नारायण भुसाल, भजन प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष काशिराम, बागमती प्रदेश इन्चार्ज तथा केन्द्रिय सदस्य नबिन पौडेल, केन्द्रिय सदस्य नारायण रेग्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । विभिन्न जिल्लाका ९ वटा भजन समूह बिच भएको प्रतिस्पर्धामा ओमकारेश्वर भजन समूह काठमाडौं प्रथम भएको छ ।…
Read More
नेपाली काङ्ग्रेसमा ठुलो धक्का : मरिण कमिटिका सचिव चौलागाईं माओवादी केन्द्रमा प्रवेश

नेपाली काङ्ग्रेसमा ठुलो धक्का : मरिण कमिटिका सचिव चौलागाईं माओवादी केन्द्रमा प्रवेश

सिन्धुली । नेपाली काङ्ग्रेस सिन्धुलीको मरिण सङ्गठनलाई ठुलो धक्का लागेको छ । पार्टीका गाउँकमिटि सचिव पुण्य प्रसाद चौलागाईं नेकपा माओवादी केन्द्रमा प्रवेश गरेसंगै पार्टी संगठनमा ठुलो धक्का लागेको हो । चौलागाँई शुक्रबार नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उहाँलाई माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभएको छ । चौलागाँई नेपाली कांग्रेस मरिणका प्रभावशाली नेता हुन् । उनलाई प्रचण्ड निवासमा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेल, सांसद राजन दाहाल, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’, नेकपा माओवादी केन्द्र मरिणका अध्यक्ष काजीमान थिङ लगायतले स्वागत गर्नुभएको थियो । नेपाली कांग्रेस पार्टी परित्याग गरि चौलागाँई…
Read More