Badapatra Online

मनोरञ्जन

बागमती प्रदेश स्तरीय भजन प्रतियोगितामा दोस्रो बन्यो सिन्धुली कलाघर

बागमती प्रदेश स्तरीय भजन प्रतियोगितामा दोस्रो बन्यो सिन्धुली कलाघर

सिन्धुली । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल हेटौंडा मकवानपुर द्वारा आयोजित बागमती प्रदेश स्तरिय लोक भजन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिन्धुलीको कलाघर समुह दोस्रो बनेको छ । बागमती प्रदेश सरकार सस्कृती तथा पर्यटन मन्त्री बिमल ठकुरीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल केन्द्रिय समिती अध्यक्ष नारायण लेकाली, उपमहासचिब नारायण भुसाल, भजन प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष काशिराम, बागमती प्रदेश इन्चार्ज तथा केन्द्रिय सदस्य नबिन पौडेल, केन्द्रिय सदस्य नारायण रेग्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । विभिन्न जिल्लाका ९ वटा भजन समूह बिच भएको प्रतिस्पर्धामा ओमकारेश्वर भजन समूह काठमाडौं प्रथम भएको छ ।…
Read More
कवि तथ गीतकार बाबुराम श्रेष्ठको ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

कवि तथ गीतकार बाबुराम श्रेष्ठको ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

सिन्धुली  ।  सिन्धुलीका कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक भएको छ । गीतले दार्शनिक रुपमा आत्म–पहिचानको खोज, जीवनको कठोरता, र आशा–निराशाबीचको संघर्ष प्रस्तुत गरेको छ । उक्त गितमा कवि तथा गीतकारले जीवनलाई यथार्थ रूपमा चित्रण गरेका छन्, जहाँ निरन्तर संघर्ष हुन्छ, त्यहाँ जिवनमा केही पाउने आशा हुन्छ भन्ने यतार्थलाई गित र संगितमा वर्णन गरिएको छ । यथार्थपरक दार्शनिक भाव समेटिएको गीतमा बाबुराम श्रेष्ठ यात्रीको शब्द, राजु सिंहको सङ्गीत गायक रामकृष्ण ढकालको स्वर र फनिन्द्र राइको एरेञ्ज रहेको छ । पर्पल रेकर्डिङ स्टुडियोमा कृपल गुरुङको रेकर्डिङ र सुमन खड्काको गीतमा मिक्सिङ…
Read More
सिन्धुलीमा चैत्र २८ गतेदेखी ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गरिँदै

सिन्धुलीमा चैत्र २८ गतेदेखी ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गरिँदै

सिन्धुली  । मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै आएको सिन्धुली कलाघरले जिल्लामा पहिलो पटक ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गर्ने भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा यही चैत्र २८ गतेदेखि २०८२ बैशाख ३ गतेसम्म महोत्सवको आयोजना गरिने भएको हो । नायँ वर्षको सन्दर्भ पारेर ‘नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔं’ भन्ने मुल नाराका साथ राष्ट्रिय कला महोत्सब संचालन गर्न लागिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । ‘कला घर निर्माणको महाअभियानलाई विश्वमाझ पु¥याउने र हातेमालो गर्ने उद्देश्यले पाँचदिनसम्म महोत्सवको आयोजना गर्न लागिएको हो,’ उनले भने । महोत्सवमा विभिन्न…
Read More
जनसाँस्कृतिक महासंघ गोलन्जोरको प्रथम भेला सम्पन्न

जनसाँस्कृतिक महासंघ गोलन्जोरको प्रथम भेला सम्पन्न

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका १ सुलिथुम्का स्थीत विन्दबासीनी मन्दिरमा जनसाँस्कृतिक महासंघ गोलन्जोरको प्रथम भेला तथा बृहत्त साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जनसाँस्कृतिक महासंघ सिन्धुलीका अध्यक्ष रादिप सुनुवारको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेलको प्रमुख आतिथ्यतामा भएको भेलाले गणेश सुनुवारको अध्यक्षतामा १३ सदस्य महासंघको गोलन्जोर गाउँ कमिटि गठन गरिएको छ । लोकदोहोरीका चर्चीत कलाकारहरुको सांगितिक प्रस्तुती सहित आयोजना गरिएको कार्यक्रममा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार), जनसाँस्कृतिक महासंघ बागमती प्रदेश समितिका सचिव काजीमान थिङको विशेष आतिथ्यता रहेको थियो । भेलामा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेल, गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल,…
Read More
गायक राजु परियारको आवाजमा ‘कलकल बगेको खोली’ सार्वजनिक

गायक राजु परियारको आवाजमा ‘कलकल बगेको खोली’ सार्वजनिक

काठमाण्डौं : नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कलकल बगेको खोली’ को भिडियो डिजिटल बजारमा सुन्द हमालको युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिकाबीचको मायालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मौलिक लयमा सिर्जना भएकाले आमदर्शक तथा स्रोताले ‘कलकल बगेको खोली’गीतलाई मन पराउनेमा आफू आशावादी रहेको गायिका थापाले बताइन । गीत सुन्दर हमालको शब्द तथा शिव हमालको लय सिर्जनामा तयार पारिएको छ । आफनो प्रेमी आफनो मायामा संसारमा रमाउनका लागि आएकोमा गायिका निकै खुसीभएकी छन् । रेशम दलामीको छायाँकन, अमृत…
Read More
गायिका एलिना चौहानले दायर गरिन् पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा

गायिका एलिना चौहानले दायर गरिन् पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा

गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन्। शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। ‘मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको छ,’ उनले भने। झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए। एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना दसैंअघि नेपाल फर्किएकी थिइन्। त्यसयता उनी रेकर्डिङ र मेला(महोत्सवमा व्यस्त छिन्। एलिनाले दर्जनौं गीतमा स्वर दिएकी छन्।
Read More
टुँडिखेलमा मनाइयो उधौली साकेला

टुँडिखेलमा मनाइयो उधौली साकेला

काठमाडौँ । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठुलो चाड ‘साकेला उधौली’ सुरु भए सँगै आज टुँडिखेलमा आज साकेला नाचेर उधौली मनाएका छन् । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने गर्दछन् । वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात समुदायमा रहेको छ ।
Read More
चितवनको हात्ती प्रतियोगिता रोक्न भन्दै जोन अब्राहमले लेखे नेपालका मन्त्रीलाई पत्र

चितवनको हात्ती प्रतियोगिता रोक्न भन्दै जोन अब्राहमले लेखे नेपालका मन्त्रीलाई पत्र

काठमाडौं । चितवनमा आयोजना गरिने हात्ती महोत्सवको नाममा जनावरमाथि दुर्व्यवहार हुने गरेको भन्दै चर्चित भारतीय फिल्म अभिनेता जोन अब्राहमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन् । उक्त महोत्सवको क्रममा हात्तीलाई कुटपिट गर्ने गरिएको, दौडन, सवारीमा प्रयोग गर्न र पोलो र फुटबल खेल्न बाध्य पारिएको अभिनेता अब्राहमले पत्रमा उल्लेख गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । ‘यी बुद्धिमान र संवेदनशिल जनावरले खेलको क्रममा शारिरिक र भावनात्मक कष्ट सहन्छन्’ मन्त्री पाण्डेलाई अब्राहमले लेखेको पत्रमा उल्लेख रहेको जनाइएको छ । ‘जसले प्राकृतिक बासस्थानमा हात्तीहरूको सुन्दरता देखेको छ । म भन्न सक्छु कि तिनीहरु शक्ति र बुद्धिको प्रतीक समेत हुन्…
Read More
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सबैभन्दा धेरै कमाउने चलचित्र, १४ दिनमा २७ करोड कमायो

‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सबैभन्दा धेरै कमाउने चलचित्र, १४ दिनमा २७ करोड कमायो

काठमाण्डौ – लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औं दिनसम्म आइपुग्दा २७ करोड रुपैयाँ सङ्कलन गरेको जानकारी दिनुभयो । निर्माता पौडेलले चलचित्रले मङ्गलवारसम्म २५ करोड तीन लाख र बुधवार दुई करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको बताउनुभयो । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमा निस्किएको छ । निर्माता पौडेलले आजदेखि पूर्वबाट शुरू हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिनुभयो । ‘पूर्णबहादुरको सारङ्गी’ ले एकैदिन तीन करोड ८९ लाख रुपैयाँको व्यापार गर्दै एक…
Read More
मगर संस्कृतिको पर्याय बनेर आयो घरज्वाईं

मगर संस्कृतिको पर्याय बनेर आयो घरज्वाईं

काठमाडौं । विवाहको लागि योग्य केटाले गाउँमा विवाहको लागि उमेर पुगेकी कुनै युवती मन परायो भने त्यो केटीलाई अपहरण शैलीमा आफ्नो घर लगेर विवाह गर्न पाउँछ । यो कुरा सुन्दा यहाँहरुलाई अचम्म लाग्छ । अहिले पनि मगर, थकाली, लिम्बुलगायत विभिन्न समुदायमा यो संस्कृति छ । यस्तो विवाहलाई उनीहरुले ‘छोपी विवाह’ भन्छन् । यस्तै छोपी विवाह र यसले समाजमा निम्त्याएका समस्यालाई चलचित्र घरज्वाईंमा उतारिएको छ । यो चलचित्रको मँगलबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरियो । चलचित्र हेर्न पुगेको अतिथिहरुले घरज्वाईं हेरेपछि मगर संस्कृतिलाई आफुहरुले नजिकबाट बुझ्ने अबसर पाएको प्रतिक्रिया दिए । रमाईलो प्रसँग के भने मगरले नै निर्माण र निर्देशन गरेको…
Read More