काठमाडौं : तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत पत्रकार रजकलाई शहीद घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए । बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ भने जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।
निशा सतशंकर (प्रशिक्षार्थी पत्रकार) सिन्धुली । सिन्धुलीका सामुदायिक विद्यालयहरुमा अझै पनि प्रयाप्त कक्षा कोठाको अभाव हुने गरेको पाइएको छ । विद्यार्थी संख्याको अनुपातमा विद्यालयहरुमा कक्षा कोठा अभाव हुने गरेको पाइएको हो । सिन्धुलीको जिल्ला सदरमुकाम माढीमै रहेको जनज्योति मावि फोस्रेटारमा सुविधा सम्पन्न विद्यालय भवनहरु बनेपनि विद्यार्थी संख्याको तुलनामा कक्षा कोठा अपुग देखिएको छ । कमलामाई नगरपालिका ५ मा रहेको सो विद्यालयमा विद्यार्थी संख्या बढेपनि कक्षा कोठा अभाव हुँदा एउटै कक्षा कोठामा धेरै विद्यार्थी राख्नु पर्ने बाध्यता छ । विद्यार्थीहरु एउटै कोठामा साँधिएर बस्नु पर्दा असहज हुने गरेको गुनासो छ । धेरै विद्यार्थी एउटै कक्षा कोठामा बस्न बाध्य हुँदा शिक्षण सिकाईमा…
सागर पहाडी (प्रशिक्षार्थी पत्रकार) सिन्धुली । प्रविधिको विकाससंगै आम नागरीकले त्यसको उपयोग गर्न थालेका छन् । प्रविधिको प्रयोग र दक्षताले हरेक काममा सहजता आउने गरेको छ । तर, त्यसको उपयोग गर्न नजान्दा भने सिन्धुलीका सामुदायिक विद्यालयमा परम्परागत शिक्षण पद्धती नै अपनाउने गरेको पाइएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित कमला मावि करकरेमा अझैपनि परम्परागत शिक्षण पद्धतीनै अपनाउने गरेको पाइएको हो । पछिल्लो समय नीजि होस वा सामुदायिक विद्यालय प्रायः सबैले विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर लाभ लिने गरेका छन् । प्लान नेपालसंगको साझेदारीमा ह्याण्ड्स नेपालले संचालन गरेको (स्लास) परियोजना अन्तरगत लक्षित समुहसंगको छलफलमा सो विद्यालयमा भने अझै पनि…
सागर पहाडी (प्रशिक्षार्थी पत्रकार) सिन्धुली । ‘माल पाएर चाल नपाएको’ भने जस्तै यहाँको एउटा विद्यालयमा दक्ष जनशक्ती नहुँदा कम्प्युटर शिक्षा संचालन हुन सकेको छैन् । सिन्धुलीको कमलामाई नगरपालिका १ स्थित शंखरेश्वर मावि मरिण बेल्टारमा कम्प्युटर भएपनि चालाउन जान्ने दक्ष जनशक्ती नहुँदा प्रयोगमा आउन सकेको छैन् । दक्ष जनशक्ती नहुँदा नेपाली उखान ‘माल पाएर चाल नपाएको’ भने जस्तै विद्यालयमा कम्प्युटर शिक्षा संचालनमा आउन नसकेको हो । विद्यालयहरुलाई प्रविधि युक्त बनाउने सरकारको नीति भएपनि प्रविधि संगै दक्ष जनशक्तीको व्यवस्थापन हुन नसक्दा यस्तो समस्या हुने गरेको हो । जिल्ला सदरमुका नजीकै रहेको विद्यालयमा पनि कम्प्युटर सम्बन्धी सिप जानेको दक्ष जनशक्ती नहुँनु दुःखको कुरा…
सिन्धुली । सिन्धुलीका कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक भएको छ । गीतले दार्शनिक रुपमा आत्म–पहिचानको खोज, जीवनको कठोरता, र आशा–निराशाबीचको संघर्ष प्रस्तुत गरेको छ । उक्त गितमा कवि तथा गीतकारले जीवनलाई यथार्थ रूपमा चित्रण गरेका छन्, जहाँ निरन्तर संघर्ष हुन्छ, त्यहाँ जिवनमा केही पाउने आशा हुन्छ भन्ने यतार्थलाई गित र संगितमा वर्णन गरिएको छ । यथार्थपरक दार्शनिक भाव समेटिएको गीतमा बाबुराम श्रेष्ठ यात्रीको शब्द, राजु सिंहको सङ्गीत गायक रामकृष्ण ढकालको स्वर र फनिन्द्र राइको एरेञ्ज रहेको छ । पर्पल रेकर्डिङ स्टुडियोमा कृपल गुरुङको रेकर्डिङ र सुमन खड्काको गीतमा मिक्सिङ…
काठमाण्डौ – नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले सुन्धारामा रहेको शाखा कार्यालयमा रोबोट प्रविधिको प्रयोग शुरू गरेको छ । सुन्धारा शाखा कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय जना सेवाग्राही आउने गरेका छन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन हुने गरेकोमा अब भने रोबोटले धेरै काम सजिलो बनाउने अपेक्षा लिएको कार्यालय प्रमुख पन्थीको भनाइ छ । सामान्य सोधपुछदेखि एनटीसी सेवाका ६ सय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नेछन् । रोबोटको नाम ‘मैना’ राखिएको छ । रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ…
काठमाण्डौ – लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औं दिनसम्म आइपुग्दा २७ करोड रुपैयाँ सङ्कलन गरेको जानकारी दिनुभयो । निर्माता पौडेलले चलचित्रले मङ्गलवारसम्म २५ करोड तीन लाख र बुधवार दुई करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको बताउनुभयो । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमा निस्किएको छ । निर्माता पौडेलले आजदेखि पूर्वबाट शुरू हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिनुभयो । ‘पूर्णबहादुरको सारङ्गी’ ले एकैदिन तीन करोड ८९ लाख रुपैयाँको व्यापार गर्दै एक…
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रवासमा रहेर आफूभित्रको कविलाई निरन्तरता दिँदै कविता सङ्ग्रह निकाल्नु सुखद् रहेको बताएका छन् । आज यहाँ साहित्यकार ऋषि बस्ताकोटीद्वारा लिखित कविता सङ्ग्रह ‘पानीको रङ’को विमोचन समारोहमा कुलपति राईले प्रवासी जीवनमा रहेका नेपालीले देशलाई गर्ने मायाले कवि बनाउने बताए । उनले भने, “विदेश भ्रमणको क्रममा मैले त्यहाँ नेपालीमा देखेको देशप्रतिको प्रेमले नै कविलाई जीवित राखेको पाएको छु । प्रवासमा रहेर पनि नेपाल आएर कविता सङ्ग्रह निकाल्ने जमर्को गर्नुभएकामा धन्यवाद । कवि भएपछि कविता कोर्न छाड्न हुँदैन र सकिँदैन पनि, यसकै परिणाम हो ‘पानीको रङ’ ।” साहित्यकार बस्ताकोटीले आफूले ३० वर्षदेखि कोरेको कवितालाई सङ्ग्रह गरेर…
काठमाण्डौ – हास्यव्यङ्ग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले यो वर्ष आफ्नो जन्मदिन पारेर नयाँ गीत ुसालको पातु सार्वजनिक गरेका छन् । राज राजेन्द्रले जन्मदिन (मङ्गलवार) मा केही शुभ काम गर्ने उद्देश्यले यो गीत सार्वजनिक गरेको बताएका छन् । हास्यव्यङ्ग्य कलाकारका रूपमा स्थापित राजा राजेन्द्रको मुख्य रूचि भने करिअरको शुरुवातदेखि नै सङ्गीत र गायन थियो । ललितकला क्याम्पसबाट सङ्गीतमा आईएफए तह उत्तीर्ण गरेका उनी गीत लेखन तथा सङ्गीत गर्ने काममा पनि उत्तिकै सक्रिय छन् । अरूका लागि हास्य कलाकार भए पनि उनी आफूलाई सधैँ गायक नै भन्न रुचाउँछन् । व्यावसायिक रूपमा हास्य कलाकार हुनुअघि नै राजा राजेन्द्रले केही गीत सार्वजनिक…
काठमाण्डौ – कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि काठमाण्डौका सुनिल खड्काले जितेका छन् । हिजो भएको फाइनल प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का ुच्याम्पियनु बनेका हुन् । विजेता घोषित भएसँगै उनले नगद २५ लाख रुपैयाँसहित उपहार प्राप्त गरेका छन् । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले फस्ट रनरअप र नवलपरासीकी खनाल सेकेण्ड रनर अप बने । प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।