Badapatra Online

भिडियो

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं : तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत पत्रकार रजकलाई शहीद घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए । बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ भने जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।
Read More
कवि तथ गीतकार बाबुराम श्रेष्ठको ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

कवि तथ गीतकार बाबुराम श्रेष्ठको ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

सिन्धुली  ।  सिन्धुलीका कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक भएको छ । गीतले दार्शनिक रुपमा आत्म–पहिचानको खोज, जीवनको कठोरता, र आशा–निराशाबीचको संघर्ष प्रस्तुत गरेको छ । उक्त गितमा कवि तथा गीतकारले जीवनलाई यथार्थ रूपमा चित्रण गरेका छन्, जहाँ निरन्तर संघर्ष हुन्छ, त्यहाँ जिवनमा केही पाउने आशा हुन्छ भन्ने यतार्थलाई गित र संगितमा वर्णन गरिएको छ । यथार्थपरक दार्शनिक भाव समेटिएको गीतमा बाबुराम श्रेष्ठ यात्रीको शब्द, राजु सिंहको सङ्गीत गायक रामकृष्ण ढकालको स्वर र फनिन्द्र राइको एरेञ्ज रहेको छ । पर्पल रेकर्डिङ स्टुडियोमा कृपल गुरुङको रेकर्डिङ र सुमन खड्काको गीतमा मिक्सिङ…
Read More
‘सालको पात’ ले देखाएको वैदेशिक रोजगारीको पीडा

‘सालको पात’ ले देखाएको वैदेशिक रोजगारीको पीडा

काठमाण्डौ – हास्यव्यङ्ग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले यो वर्ष आफ्नो जन्मदिन पारेर नयाँ गीत ुसालको पातु सार्वजनिक गरेका छन् । राज राजेन्द्रले जन्मदिन (मङ्गलवार) मा केही शुभ काम गर्ने उद्देश्यले यो गीत सार्वजनिक गरेको बताएका छन् । हास्यव्यङ्ग्य कलाकारका रूपमा स्थापित राजा राजेन्द्रको मुख्य रूचि भने करिअरको शुरुवातदेखि नै सङ्गीत र गायन थियो । ललितकला क्याम्पसबाट सङ्गीतमा आईएफए तह उत्तीर्ण गरेका उनी गीत लेखन तथा सङ्गीत गर्ने काममा पनि उत्तिकै सक्रिय छन् । अरूका लागि हास्य कलाकार भए पनि उनी आफूलाई सधैँ गायक नै भन्न रुचाउँछन् । व्यावसायिक रूपमा हास्य कलाकार हुनुअघि नै राजा राजेन्द्रले केही गीत सार्वजनिक…
Read More
कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि सुनिल खड्कालाई

कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि सुनिल खड्कालाई

काठमाण्डौ – कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि काठमाण्डौका सुनिल खड्काले जितेका छन् । हिजो भएको फाइनल प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का ुच्याम्पियनु बनेका हुन् । विजेता घोषित भएसँगै उनले नगद २५ लाख रुपैयाँसहित उपहार प्राप्त गरेका छन् । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले फस्ट रनरअप र नवलपरासीकी खनाल सेकेण्ड रनर अप बने । प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।
Read More