Badapatra Online

हरिहरपुरगढीमा एक हजारबढीको आँखा तथा दन्त परिक्षण

Advertisement

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकामा संचालन गरिएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजारबढी लाभान्वित भएका छन् ।
गाउँपालिकाले आयोजना गरेको तिनदिने दाँत तथा आँखा शिविरबाट एक हजार ३ जनाले सेवा लिएका हुन् ।
गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार ५ सय ५६ जनाको आँखा जाँँच र यसरी ४ सय ४७ जनाको दन्तपरिक्षण तथा उपचार गरिएको छ ।

‘शिविरमा ५ सय ५६ जनाको आँखा जाँँच गर्दा मोतियाविन्दुको समस्या देखिएका मध्ये ६५ जनाको निशूल्क शल्यक्रिया गरिएको छ । आँखामा मोतियाबिन्दु भएका उनीहरुको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डाक्टर दिवा हमाल लामिछाने नेतृत्वको टिमले शल्यक्रिया गरेको हो,’ अध्यक्ष वाइबाले भने ।
यस्तै गाउँपालिकाका विभिन्न वडाका ४ सय ४७ जनाको दन्त परिक्षण गरिएको छ । आँखा तथा दन्त परिक्षणका क्रममा देखिएको समस्यालाई समाधान गर्न आवश्यक औषधि र चश्मालगायत सामग्री निःशुल्क वितरण गरिएको छ ।
शिविरमा १० वर्षदेखि १ सय वर्ष उमेर सम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो ।
हरिहरपुगढी गाउँपालिकाको आर्थिक सहयोगमा ओम डेण्टल हस्पिटल चाबहिल र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरसंगको प्राविधिक सहयोगमा दाँत तथा आँखाको संयुक्त शिविर आयोजना गरिएको हो ।
गाउँपालिकाले गाउँघरमै आयोजना गरेको शिविरका कारण जन्मेदेखि नै दुवै आँखा नदेखेका तथा एउटा आँखा कम देख्नाले दैनिकी नै असहज भएका बिरामीहरु शल्यक्रियापश्चात् राम्रोसँग आँखा देख्न सक्ने भएका छन् ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा. लामिछानेले नागरिकलाई सहज वातावरणमा गाउँघरमै सेवा प्रदान गर्न स्थानीय जनप्रनिधिले लिएको अग्रसरताको प्रशंसासमेत गरे । २०५४ सालबाट ग्रामीण बस्तीलगायत विकट क्षेत्रमा शिविर सञ्चालन गर्दै आएको स्मरण गर्दै उनले शिविर व्यवस्थापन र बिरामीको सेवामा गाउँपालिका अध्यक्षसहितको टिमले गरेको काम उदाहरणीय भएको भन्दै आफुले पनि सेवा गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे ।
शिविरमा सहकार्य गरेका दुई संस्था ओम चाबहिल डेण्टल हस्पिटल र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका साथै शिविरमा खटिएका गाउँपालिकाले प्रमाणपत्र प्रदान गर्दै सम्मान समेत प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...