Badapatra Online

सुनकोसी गाउँपालिकामा गरिएको तालाबन्दी खुल्यो

Advertisement

सिन्धुली  । विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको विषयलाई लिएर १० दिनदेखि सिन्धुलीको सुनकोसी गाउँपालिकामा गरिएको तालाबन्दी खोलिएको छ ।
मंगलबार गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको समन्वयमा बसेको सर्वपक्षिय बैठकबाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा लगाइएको ताला खोलिएको हो ।
सुनकोसी गाउँपालिका ३ मा रहेको प्रगतिशील नमुना माविका प्रअ सरिता चौलागाईंलाई अनियमितता र भुक्तानीको विषयलाई लिएर स्पष्टीकरण सोधेको भन्दै दश दिन अघि सुनकोसी गाउँपालिकामा उपाध्यक्षसहित चार वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत र शिक्षाशाखामा तालाबन्दी गरेका थिए ।
उक्त विषयमा आवश्यक छानविन गरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रतिवेदन तयार गरी नियमनकारी निकायमा यथाशिग्र पेश गर्ने गरी सहमति भएको छ ।
उक्त विद्यालयका प्रअ चौलागाई माथी विद्यालय भवन निर्माण गर्दा भुक्तानी गरिएको रकम हिनामिना गरेको र नियम विपरित सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा मुद्धा दर्ता भएको थियो ।
सोही विषयलाई लिएर गाउँपालिकामा समेत तिनवटा उजुरी परेपछि प्रअ चौलागाँई माथी के कसो भएको हो भन्दै गाउँपालिकाको शिक्षा सम्बन्धी कार्यविधि २०७५ को (पहिलो संसोधन २०८०) अनुसार स्पष्टीकरण सोधेको थियो ।
सोही विषयलाई लिएर गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोइराला सहितले लगाएको तालाबन्दी खोल्ने र आवश्यक छानविन गरी सत्यतथ्य सार्वजनिक गर्ने सहमति भएको गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले जानकारी दिए ।
तालाबन्दी खुलेसंगै गाउँपालिकाको सेवा प्रबाह नियमित रुपमा सूचारु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...