निशा सतशंकर (प्रशिक्षार्थी पत्रकार) सिन्धुली । सिन्धुलीका सामुदायिक विद्यालयहरुमा अझै पनि प्रयाप्त कक्षा कोठाको अभाव हुने गरेको पाइएको छ । विद्यार्थी संख्याको अनुपातमा विद्यालयहरुमा कक्षा कोठा अभाव हुने गरेको पाइएको हो । सिन्धुलीको जिल्ला सदरमुकाम माढीमै रहेको जनज्योति मावि फोस्रेटारमा सुविधा सम्पन्न विद्यालय भवनहरु बनेपनि विद्यार्थी संख्याको तुलनामा कक्षा कोठा अपुग देखिएको छ । कमलामाई नगरपालिका ५ मा रहेको सो विद्यालयमा विद्यार्थी संख्या बढेपनि कक्षा कोठा अभाव हुँदा एउटै कक्षा कोठामा धेरै विद्यार्थी राख्नु पर्ने बाध्यता छ । विद्यार्थीहरु एउटै कोठामा साँधिएर बस्नु पर्दा असहज हुने गरेको गुनासो छ । धेरै विद्यार्थी एउटै कक्षा कोठामा बस्न बाध्य हुँदा शिक्षण सिकाईमा…
सागर पहाडी (प्रशिक्षार्थी पत्रकार) सिन्धुली । प्रविधिको विकाससंगै आम नागरीकले त्यसको उपयोग गर्न थालेका छन् । प्रविधिको प्रयोग र दक्षताले हरेक काममा सहजता आउने गरेको छ । तर, त्यसको उपयोग गर्न नजान्दा भने सिन्धुलीका सामुदायिक विद्यालयमा परम्परागत शिक्षण पद्धती नै अपनाउने गरेको पाइएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित कमला मावि करकरेमा अझैपनि परम्परागत शिक्षण पद्धतीनै अपनाउने गरेको पाइएको हो । पछिल्लो समय नीजि होस वा सामुदायिक विद्यालय प्रायः सबैले विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर लाभ लिने गरेका छन् । प्लान नेपालसंगको साझेदारीमा ह्याण्ड्स नेपालले संचालन गरेको (स्लास) परियोजना अन्तरगत लक्षित समुहसंगको छलफलमा सो विद्यालयमा भने अझै पनि…
सागर पहाडी (प्रशिक्षार्थी पत्रकार) सिन्धुली । ‘माल पाएर चाल नपाएको’ भने जस्तै यहाँको एउटा विद्यालयमा दक्ष जनशक्ती नहुँदा कम्प्युटर शिक्षा संचालन हुन सकेको छैन् । सिन्धुलीको कमलामाई नगरपालिका १ स्थित शंखरेश्वर मावि मरिण बेल्टारमा कम्प्युटर भएपनि चालाउन जान्ने दक्ष जनशक्ती नहुँदा प्रयोगमा आउन सकेको छैन् । दक्ष जनशक्ती नहुँदा नेपाली उखान ‘माल पाएर चाल नपाएको’ भने जस्तै विद्यालयमा कम्प्युटर शिक्षा संचालनमा आउन नसकेको हो । विद्यालयहरुलाई प्रविधि युक्त बनाउने सरकारको नीति भएपनि प्रविधि संगै दक्ष जनशक्तीको व्यवस्थापन हुन नसक्दा यस्तो समस्या हुने गरेको हो । जिल्ला सदरमुका नजीकै रहेको विद्यालयमा पनि कम्प्युटर सम्बन्धी सिप जानेको दक्ष जनशक्ती नहुँनु दुःखको कुरा…
सिन्धुली । सुनकोसी र भोटेकोसी आसपासका बस्तिहरुमा बाढीको जोखिमलाई मध्यनजर गर्दै पूर्व सतकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ । छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भईरहेको र थप वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसका कारण नेपाल तर्फ सुनकोशी तथा भोटेकोशी नदी आसपास डुबान तथा बाढीको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रविण कटवालले मंगलबार सुचना जारी गर्दै सुनकोशी र भोटेकोसी नदीमा बाढी आउन सक्ने भन्दै नदी तटियक्षेत्रमा रहेका नागरीकहरुलाई सतर्कता अपनाउन आग्रह गरेका हुन् । सिन्धुलीको सुनकोसी, गोलन्जोर र फिक्कल गाउँपालिका अन्तरगत…
सिन्धुली । पाँच दिन अघि हराएका भनिएका कमलामाई नगरपालिका ११ कुलोखोलाका प्रदिप राज थापा मृत अवस्थामा फेला परेका छन् । उनको शव मंगलबार कमलामाई नगरपालिका २ स्थित सिन्धुलीगढी नजिकै पौवागढीबाट करिब २५ फिट तल भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार थापा गत १९ गते बिहिबारबाट बेपत्ता भएका थिए । बीपी राजमार्गबाट फिट तल तत्काल नाम थर वतन नखुलेको अवस्थामा पुरुष ब्यक्ती मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुँना साथ उक्त घटना स्थलमा प्रहरी चौकी गढीबाट प्रहरी टोली खटी गई घटना स्थल सुरक्षीत राखी थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयबाट समेत खटिएको…
सिन्धुली । विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको विषयलाई लिएर १० दिनदेखि सिन्धुलीको सुनकोसी गाउँपालिकामा गरिएको तालाबन्दी खोलिएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको समन्वयमा बसेको सर्वपक्षिय बैठकबाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा लगाइएको ताला खोलिएको हो । सुनकोसी गाउँपालिका ३ मा रहेको प्रगतिशील नमुना माविका प्रअ सरिता चौलागाईंलाई अनियमितता र भुक्तानीको विषयलाई लिएर स्पष्टीकरण सोधेको भन्दै दश दिन अघि सुनकोसी गाउँपालिकामा उपाध्यक्षसहित चार वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत र शिक्षाशाखामा तालाबन्दी गरेका थिए । उक्त विषयमा आवश्यक छानविन गरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रतिवेदन तयार गरी नियमनकारी निकायमा यथाशिग्र पेश…
मोनिका गौतम (प्रशिक्षार्थी पत्रकार) सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित जनजागृति मावि भिमानमा खानेपानीको अभाव भएको छ । विद्यालयमा दैनिक रुपमा पर्याप्त खानेपानीको अभाव हुँदा विद्यार्थी तथा शिक्षक कर्मचारीहरु प्रभावित बनेका छन् । चर्को गर्मीको समयमा विद्यालयमा पर्याप्त पानी नहुँदा दैनिक रुपमा खान, शौच गर्न, सरसरफाईमा समेत समस्या भएको छ । ‘विद्यालयमा पानी नहुँदा पठनपाठनमा समेत प्रभाव पर्ने गरेको विद्यार्थीहरु बताउँछन् । खान पनि पर्याप्त पानी छैन्, कक्षा दशमा अध्ययनरत एक विद्यार्थीले गुनासो गर्दै भन्नुभयो, ‘विद्यालयमा जाँदा शौच गर्नपरे विद्यार्थीहरु पानी खोज्न हिड्न पर्ने अवस्था छ जसका कारण पठनपाठन नै प्रभावित हुने गरेको छ ।’ विद्यालयमा खानेपानीको अभाव हुने…