सिन्धुली । पाँच दिन अघि हराएका भनिएका कमलामाई नगरपालिका ११ कुलोखोलाका प्रदिप राज थापा मृत अवस्थामा फेला परेका छन् ।
उनको शव मंगलबार कमलामाई नगरपालिका २ स्थित सिन्धुलीगढी नजिकै पौवागढीबाट करिब २५ फिट तल भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार थापा गत १९ गते बिहिबारबाट बेपत्ता भएका थिए ।
बीपी राजमार्गबाट फिट तल तत्काल नाम थर वतन नखुलेको अवस्थामा पुरुष ब्यक्ती मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुँना साथ उक्त घटना स्थलमा प्रहरी चौकी गढीबाट प्रहरी टोली खटी गई घटना स्थल सुरक्षीत राखी थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयबाट समेत खटिएको टोलिले अनुसन्धान गर्दा मृतक थापा भएको पहिचान खुलेको थियो ।
मृतक थापाको छिमेकी रमेश आले मार्फत उक्त लाश सनाखत भएको सुवेदीको भनाई छ ।
घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी उक्त लास पोस्टमार्टमको लागि सिन्धुली अस्पतालमा पठाइएको र आवस्यक अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता सुवेदीको भनाई छ ।


