राजनीति र अर्थशास्त्रसरह नै दर्शनका क्षेत्रमा पनि मार्क्सको देन महान् छ। वास्तवमा यी तिनैवटा अंगको योग नै मार्क्सवाद हो। मार्क्सवादी दर्शन अथवा विश्व दृष्टिकोणलाई द्वन्द्वात्मक भौतिकवाद भन्छन्। मार्क्सवादी दर्शनको अध्ययन गर्नुभन्दा पहिले दर्शनको महत्व र आवश्यकताबारे थाहा पाउनु जरुरी हुन्छ। मानिस एउटा चेतनशील, सांसारिक प्राणी हो। मानिसको जीवनमा दुख–दुःखमा आफ्ना वरिपरिका देखिने र नदेखिने थुप्रै चीज र घटनाले प्रभाव पारेको हुन्छ। अतः ती सम्पूर्ण चीजको विषयमा चिन्तन गर्नु र सही बाटो पत्ता लगाउनु मानिसका निम्ति नभई नहुने कुरा हुन्। उदाहरणका निम्ति सुख के हो, संसारभरिका मानिस कसरी सुखी हुन सक्छन् ? यो हरेक मानिसका मनमा सधैंभरि आइरहने प्रश्न हो। तर…
चिरञ्जीवी ज्ञवाली एमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गर्दै अघि बढ्ने गुरु योजना सारेको देखिन्छ तर दिन लागेको सहयोग राशिबाट नेपालमा विकास नभई भ्रष्टाचार गरेमा नेपालीले ठुलो दुःखको सामना गर्नुपर्ने हुन सक्छ । अहिले नेपालीको टाउकोमा ऋणले भारी बोकेको अवस्था देखिन्छ । एमसीसीका नाममा नेपाललाई करिब ५६ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउन लागेको देखिएको छ । यो रकमलाई विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिमा लगाएर नेपाललाई समृद्धतर्फ धकेल्न सकिने प्रशस्त सम्भावना छ । तर यसो नभई बाडीचुडी खाने खतरा नेपालमा देखिन्छ । एमसीसीको ५० करोड डलर अनुदान र सरकारको सम कारक कोषको १३ करोड डलर गरी…
–मोहनविक्रम सिंह –मोहनविक्रम सिंह विचार र साहित्य अन्तर्सबन्धित विषय हुन् । साहित्यको शक्ति कति छ भन्ने कुरा उक्त साहित्यको विचारबाट थाहा हुन्छ । साहित्यमा आउने विचारले समाजको संस्कृति निर्माण गर्दछ । संस्कृतिमा समाज अग्रगमनकारी हो प्रतिगमनकारी ? त्यसको उत्तर प्राप्त गर्न सकिन्छ । विचारको विषयमा ठुला ठुला बहस हुने गर्दछन् । विचारमा सामाजिक विकासका उद्देश्य, लक्ष्य र मानव आकाङ्क्षा अन्तर्निहित हुन्छन् । त्यसरी विचार राजनीतिक र सामाजिक विषयको केन्द्र मात्र नभएर सांस्कृतिक विषयको पनि केन्द्र हुन्छ । विचारलाई केन्द्रमा राखेर नै कुनै पनि साहित्यको जन्म भएको हुन्छ । विचार मुख्यतः दुई प्रकारका हुन्छन्, क्रान्तिकारी विचार र यथास्थितिवादी विचार । अन्तमा…
– समीर सिंह पृष्ठभूमि धर्मबाट संविधान प्रभावित हुने कि नहुने ? धर्म, आस्था र विश्वासको कुरा हो कि राजनीति गर्ने साधन ? राज्य, कुनै एउटा धर्मको समर्थनमा उभिने या तटस्थ बस्ने ? यस्ता थुप्रै अन्तर्विरोधपूर्ण प्रश्नहरूका आधारमा अहिले विश्व, ध्रुवीकरण हुँदै गइरहेको अवस्था छ । यस प्रकारको ध्रुवीकरणको प्रक्रियामा एकातर्फ धर्म निरपेक्षता तथा अर्कोतर्फ धर्म सापेक्षताले आ–आफ्नै प्रकारले भूमिका निर्वाह गरिरहेका अवस्था छ । धर्म निरपेक्षताले संविधान, धर्मभन्दा माथि हुने मान्यता राख्दछ । धर्मको नाममा राजनीति गर्न नहुने तथा राज्य, कुनै धर्मको पक्षमा उभिन नहुने तर्क गर्दछ । अर्कोतर्फ धर्म सापेक्षताले त्यसको विपरीत धारणा राख्दछ । धर्म सापेक्षताको सिद्धान्तको आधारमा…
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…
बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले बताए । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस…
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि जसरी पनि संसदमा ल्याएर छलफल गराउनुपर्ने माग गरेका छन् । उनले आज (सोमबार) प्रधानमन्त्री दाहालको स्पष्टिकरणपछि यस्तो माग गरेका हुन् । ‘यो विधेयक जसरी पनि ल्याउनुपर्छ’, अध्यक्ष ओलीले भने । उनले थप प्रश्न गरे, ‘पहिलो अधिवेशनमा यो विधेयक किन दर्ता गर्नु भएन, किन गर्नुभएन त पहिलो अधिवेशनमा ।’ सरकारले विधेयक ल्याउने कुरामा सरकारले बलजफ्ती गरेको उनले आरोप लगाए । अध्यक्ष ओलीले प्रतिपक्षले ‘हामी यो विधेयकमा छलफल गर्छौ भन्दा भन्दै किन संसद्मा नल्याएको’ भन्दै प्रश्न राखेका थिए । ‘हामी प्रतिपक्षले भनिरहेका छौं । लोकतान्त्रिक प्रणाली र मूल्य मान्यता…
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्यो। यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्यो। नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गरे। तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका भीमले नटआउट ७७ रन जोडे।उनले ११४ बलमा ७ चौका र १ छक्का हिर्काए। यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन जोडे। उनले ३२ बलमा ५ चौका र १ छक्का हिर्काए। कप्तान रोहित पौडेल १६ रन र कुशल मल्ल १३ रनमा आउट भए। यस्तै आसिफ…