Badapatra Online

अर्थ

प्रमथ कोदो दिवस २०८२ : गोलन्जोरमा रैथानै कोदोको चर्चा

प्रमथ कोदो दिवस २०८२ : गोलन्जोरमा रैथानै कोदोको चर्चा

सिन्धुली  । ‘कोदोजन्य परिकारको आहार ः खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार’ भन्ने मुल नाराका साथ सिन्धुलीको गोलन्जोर गाउँपालिका १, सिमलटारमा सामुहिक कोदो रोपेर प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । रैथाने बाली कोदोको महत्व र यसको खेतिका बारेमा चर्चा गर्दै गोलन्जोर गाउँपालिकाको आयोजनामा प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको हो । गोलन्जोर गाउँपालिका १ का वडा अध्यक्ष सोमप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, निमिक्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल, कृषि शाखाका कर्मचारी तथा स्थानीय कृषकहरुको सहभागितामा सामुहिक कोदो रोपिएको हो । कार्यक्रममा पहिला तिरस्कारमा परेको रैथाने कृषी…
Read More
सिन्धुलीमा १ अर्ब २१ करोड रुपैयाँ बढी बजेट फ्रिज

सिन्धुलीमा १ अर्ब २१ करोड रुपैयाँ बढी बजेट फ्रिज

समयमा योजना कार्यान्वयन गर्न नसक्दा १ अर्ब २१ करोड रुपैयाँ बढी बजेट फ्रिज ।संघिय सरकारको ३४ दशमलव ६४ प्रतिशत र बागमती प्रदेश सरकारको १७ दशमलव ३८ प्रतिसत बजेट खर्च हुन सकेन । बजेट फ्रिज हुनुमा बेलामा ठेक्का नलगाउँनु, कार्यालयका प्राविधिक जनशक्तिको अभाव, ठेकेदारको ढिलासुस्ती, स्थानीय विवाद, अनावश्यक ठाँउमा योजना हाल्नु, आर्थिक बर्षको अन्तिममा आएर बजेट आउनु जस्ता कारण ठेकेदारको ढिलासुस्तिका कारण सुनकोसी मरिण डाईभर्सन बहुउद्देश्यि आयोजनाको एक अर्ब ६१ करोड ९८ लाख ३७ हजार पूँजीगत बजेटमा एक अर्ब एक करोड नौ लाख २९ हजार मात्र खर्च भएर ५० करोड ८९ लाख ८ हजार रुपैयाँ फिर्ता सिन्धुली । कतिपय जिल्लाहरुमा आवश्यकता…
Read More
गोलन्जोरमा उद्योग वाणिज्य संघको शाखा गठन

गोलन्जोरमा उद्योग वाणिज्य संघको शाखा गठन

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघले गोलन्जोर गाउँपालिकामा नयाँ शाखा गठन गरेको छ । सिन्धुली उद्योग वाणिज्य संघले गोलन्जोर गाउँपालिकामा आफ्नो आठौं नयाँ शाखा गठन गरेको हो । स्थानीय व्यावसायी रामकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय शाखा गठन गरिएको हो । शाखाको उपाध्यक्षहरुमा रामहरि बराल र तेजबहादुर थापा, सचिवमा ओमकुमार कार्की, सहसचिवमा नारायणकुमार श्रेष्ठ र कोषाध्यक्षमा नवराज श्रेष्ठलाई चयन गरिएको छ । यस्तै सरस्वती श्रेष्ठ, प्रकाश बाबु श्रेष्ठ, रविना बम्जन, सोमबहादुर राई, र चुडाराज सापकोटा लाई सदस्यका रूपमा चयन गरिएको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले शाखा विस्तारबाट स्थानीय व्यवसायी र उद्यमीहरूलाई सहज पहुँच…
Read More
अनियमितताबारे प्रअमाथी स्पष्टीकरण सोधिएपछि सुनकोसी गाउँपालिकामा तालाबन्दी

अनियमितताबारे प्रअमाथी स्पष्टीकरण सोधिएपछि सुनकोसी गाउँपालिकामा तालाबन्दी

सिन्धुली  । सिन्धुलीको सुनकोसी गाउँपालिका ३ मा रहेको एक माध्यमिक विद्यालयमा भएको अनियमितता र भुक्तानीको विषयमा  प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको विषयलाई लिएर गाउँपालिकामा दुई दिन देखी तालाबन्दी गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सुनकोसी गाउँपालिका ३ स्थित प्रगतिशील नमुना माविका प्रअ सरिता चौलागाईंलाई अनियमितता र भुक्तानीको विषयलाई लिएर स्पष्टीकरण सोधेको भन्दै सुनकोसी गाउँपालिकामा उपाध्यक्षसहित चार वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत र शिक्षाशाखामा तालाबन्दी गरेका हुन् । उक्त विद्यालयका प्रअ चौलागाई माथी विद्यालय भवन निर्माण गर्दा भुक्तानी गरिएको रकम हिनामिना गरेको र नियम विपरित सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा मुद्धा दर्ता भएको थियो । सोही विषयलाई लिएर गाउँपालिकामा…
Read More
गोलन्जोर र फिक्कल जोड्ने राम्चेफेदी झोलुङ्गे पुलको उद्घाटन

गोलन्जोर र फिक्कल जोड्ने राम्चेफेदी झोलुङ्गे पुलको उद्घाटन

सिन्धुली  । वर्षातको समयमा उर्लेर आउने वाक्सु खोलाका कारण गोलन्जोर गाउँपालिका १ को राम्चेफेदी र फिक्कल गाउँपालिका २ को चण्डीभन्ञ्याङ्ग भौगोलिक रुपमा टाढा थिए । हेर्दा वारी–पारी देखिएपनि वाक्सु खोलामा आउने बाढीका कारण दुई पालिका विचको वडाहरु भौगोलीक रुपमा जोडिन कठिन थियो । तर, झण्डै १४ महिनाको मेहनतबाट ९५ मिटर लामो भोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि शनिवारबाट दुबै पालिकाका वडाहरु भौगोलिकरुपमानै जोडिएका छन् । वाक्सु खोलामा वर्षौंदेखि पक्की पुलको पर्खाइमा बसेका रम्वेफेदी र चण्डीभन्ञ्याङका स्थानीयहरु झोलुङ्गे पुल निर्माण हुँदा पनि निक्कै हर्षित छन् । संघिय सरकारको ६४ लाख रुपैयाँ ससर्त अनुदान र गोलन्जोर गाउँपालिकाको ११ लाख गरी कुल ७५ लाख…
Read More
घ्याङलेख गाउँपालिकामा ४४ करोड २६ लाख बजेट, स्वास्थ्य, शिक्षा, खानेपानीलाई प्राथमिकता

घ्याङलेख गाउँपालिकामा ४४ करोड २६ लाख बजेट, स्वास्थ्य, शिक्षा, खानेपानीलाई प्राथमिकता

सिन्धुली  । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, कृषि, पुर्वाधार विकास लगाएतका क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार घ्याङलेख गाउँपालिकाको १७ औँ अधिवेशनमा अध्यक्ष जगत बहादुर भोलनले नीति तथा कार्यक्रम र उपाध्यक्ष शंकरमान घलानले आगामी आर्थिक वर्षका २०८२÷०८३ को लागि बजेट सार्वजनिक गरेका हुन् । गाउँपालिकाले आगामी बर्षको लागि ४४ करोड २६ लाख ५० हजार ७ सय ९४ रुपैयाँ विनियोजन गरेको छ । उपाध्यक्ष घलानले चालु तर्फ २० करोड १५ लाख २२ हजार ७ सय ९४ रुपैयाँ अर्थात ६५ दशमलब ८ प्रतिशत र पुजीगत १५ करोड ११ लाख २८ हजार…
Read More
गोलन्जोर गाउँपालिकाले ल्यायो ६२ करोड ५२ लाखको बजेट

गोलन्जोर गाउँपालिकाले ल्यायो ६२ करोड ५२ लाखको बजेट

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६२ करोड ५२ लाख २ हजार ३ सय १० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न गाउँपालिकाको १७ औँ गाउँसभामा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले उक्त बजेट सार्वजनिक गरेका हुन् । गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम गत शनिवार नै सार्वजनिक गरिसकेका छन् । अध्यक्ष बरालद्धारा प्रस्तुत नीति तथा कार्यक्रमलाई नै प्राथमिकताका आधारमा बजेट तयार पारिएको उपाध्यक्ष न्यौपानेको भनाई छ । बजेटमा सामाजिक सुरक्षा, कृषि तथा पशुपालन, महिला र बालबालिका, विपद् व्यवस्थापन, खानेपानी, यातायात, सूचना प्रविधि, सरसफाइ, तथा पूर्वाधार विस्तारका कार्यक्रमहरूलाई प्राथमिकतामा…
Read More
कमलामाई नगरपालिकाको बजेट १ अर्ब २९ करोड

कमलामाई नगरपालिकाको बजेट १ अर्ब २९ करोड

सिन्धुली  । सिन्धुलीको कमलामाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रमसंगै बजेट सार्वजनिक गरिएको छ । मंगलबार १६ औं नगरसभा अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले नीति तथा कार्यक्रम र उपप्रमुख मञ्जु देवकोटाले बजेट सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख पोखरेलले ‘प्रदेशको ज्ञान, कमलामाईमा योगदान’ भन्ने मूल नारालाई आत्मसात गर्दै बजेट र कार्यक्रमहरू तयार गरिएको बताए । उनले विदेशबाट फर्केका युवाहरूलाई लक्षित गर्दै कृषि, रोजगार र व्यवसायमा प्राथमिकताका साथ आबद्ध गराउने गरी नीति तय गरिएको जानकारी दिए । ‘कमलामाईलाई समुन्नत, सुरक्षित र समावेशी नगर बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो ।…
Read More
मरिण गाउँपालिकाको बजेट ७६ करोड १३ लाख

मरिण गाउँपालिकाको बजेट ७६ करोड १३ लाख

सिन्धुली  । सिन्धुलीको मरिण गाउँपालिको कृषि, पर्यटन, रोजगार लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ । मरिण गाउँपालिकाको दोस्रो गाउँ साभा तथा सातौं अधिवेशनमा सोमबार एकैसाथ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) द्धारा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा काम गर्ने किसानका लागि विनाधितो दुई लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण दिने, एक टोल एक सामुहिक उत्पादन, एक वडा एक उत्पादन कार्यक्रम अघि बढाउने, कृषि तथा माछापालन व्यवसाय लाई प्राथमिकता दिईने उल्लेख छ । ‘बाँजो जग्गा उपयोगका लागि नीतिगत निर्णय गर्दै त्यसको उचित…
Read More
हरिहपरपुरगढी गाउँपालिकाले नीति तथा कार्यक्रम संगै ल्यायो ६१ कारोडको बजेट

हरिहपरपुरगढी गाउँपालिकाले नीति तथा कार्यक्रम संगै ल्यायो ६१ कारोडको बजेट

सिन्धुली । सिन्धुलीको हरिहपरपुरगढी गाउँपालिकाले नीति तथा कार्यक्रम संगै आगामी बर्षको लागी बजेट ल्याएको छ । गाउँपालिकाले सोमबार २१ औं गाउँ सभाको प्रथम बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागी नीति तथा कार्यक्रम र बजेट एकै पटक सार्वजनिक गरेको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले नीति तथा कार्यक्रम र उपाध्यक्ष चेखबहादुर थिङले आगामी आर्थिक वर्षका लागि ६१ कारोड १३ लाख लाख ५५ हजार ९ सय ३७ रुपैयाँका बराबरको बजेट सार्वजनिक गरेका हुन् । गाउँ सभामा अध्यक्ष वाइबाले कृषि, शिक्षा, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । गाउँपालिकाको दिगो विकासका लागि गाउँपालिकाबाट प्रदान हुने सेवा…
Read More