काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री तामाङले नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधानका लागि समिति गठन गरिएको बताउनुभयो । उहाँले सो निगमलाई सञ्चालन गर्न निजी क्षेत्रलाई पनि सहभागी गराउने विषयमा पनि सरकारले गम्भीर ढङ्गले छलफल गरिरहेको बताउनुभयो । मन्त्री तामाङले भन्नुभयो, ‘‘आगामी आर्थिक वर्षमा १६ लाख पर्यटकहरू भित्रिने छन् । नेपाल वायुसेवा निगमको समस्याको बारेमा पनि चिन्ताका साथ विषय उठाइएको छ…
देश दर्शन गरिरहन मन लाग्नेलाई टाढा जान पर्दैन । जन्मभूमिमै प्रशस्त नयाँ नयाँ जीवनशैली, भूबनोट र प्राकृतिक वस्तु हाम्रा लागि प्रचुर मात्रामा छन् । आखिर हामी के हेर्दछौँ अनि हेर्न र देख्न नै के चाहन्छौँ र रु हामीले देखेका जति सबै थोक हामीलाई चाहिने वा काम लाग्ने हुन् र रु ती त दुई दिनको घामछाया मात्रै हुन् । बाँच्नुपर्ने जिन्दगी त आफ्नै हुन्छस जसमा परिवार अनि परिवेश हुन्छ । त्यसलाई हामी त्याग्न सक्तैनौँ । यसअघि एक पटक यात्रा गरिसकेको भए पनि यसपालि २०८१ सालको गङ्गा दशहरा मेला सुरु भएको खबर पाएदेखि नै त्यस ठाउँको याद आउन थालेकाले कहिले निस्कौँ हुन…
सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८०र०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् । गत साउनदेखि जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार चार सय दुई जना विदेशी र सात हजार पाँच सय ७७ जना नेपाली छन् । यस वर्ष सबैभन्दा बढी वैशाखमा नौ हजार नौ सय ७६ जना र सबैभन्दा कम साउनमा दुई सय आठ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो । वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको…
काठमाडौँ । सन् २०२४ को ६ महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५ लाख ८३ हजार १६ पुगेको छ । पछिल्लो महिना मात्र ७६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हवाईमार्ग हुँदै जुन, २०२४ मा ७६ हजार ७३६ जना विदेशी पर्यटक नेपाल प्रवेश गरेका हुन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६।२१ प्रतिशतले पर्यटक आगमनको वृद्धि हो । सन् २०२३ को जुनमा ७२ हजार २५० जना पर्यटक भित्रिएका थिए । बोर्डका अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी ३७ हजार ८३५ जना पर्यटक नेपाल…
कास्की— कास्की जिल्लाको पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुकै पर्यटनको लागि राजाधानीको रुपमा नेपाल सरकारबाट घोषणा भएको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताए ।…
भारतको उत्तर प्रदेशमा पर्ने उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । आज बिहान आगरा–लखनऊ एक्सप्रेस वेमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दूध बोकेको ट्याङ्करसँग ठोक्किएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा १४ जना पुरुष, ३ जना महिला र एक जना बालक रहेका छन् । यस्तै दुर्घटनामा १९ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ सहयोग र घाइतेहरूलाई प्रतिव्यक्ति ५० हजार दिइने घोषणा गर्नुभएको छ ।
एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसङका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल थालेका छन् । प्रविधि कम्पनी सामसङका कर्मचारीले यसअघि तलब वृद्धि र अन्य सुविधाको माग राखेर तीन दिने हडताल गरेका थिए । तर यो बीचमा पनि आफ्ना मागबारे व्यवस्थापन पक्ष गम्भीर नभएको भन्दै कर्मचारी युनियन ९एनएसईयू० ले आजदेखि अनिश्चितकालीन हडताल थालेका हुन् । सामसङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप, स्मार्टफोन र टेलिभिजन निर्माता कम्पनी हो । युनियनको वेबसाइटमा पहिलो आमहडतालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले दोस्रो अनिश्चितकालीन आमहडतालको आह्वान गरिएको उल्लेख छ । कर्मचारीको हडतालले उत्पादन अवरुद्ध भएको छ । तर सामसङले यो दाबीलाई अस्वीकार गरेको बीबीसीले जनाएको…
एजेन्सी । भारतको उत्तर प्रदेशमा गएको हप्ता एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा १ सय २१ जनाको ज्यान गएको घटनामा ६ जना सरकारी अधिकारी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा प्रहरी, स्थानीय अधिकारी र जिल्ला प्रशासनका अधिकारी रहेका छन् । गएको हप्ता भएको एक धार्मिक कार्यक्रममा अत्याधिक भीड र भागदौडका कारण १ सय २१ जनाको ज्यान गएको थियो । विशेष अनुसन्धान टोली (एसआईटी) ले स्थानीय प्रशासनले घटना हुन नदिन र घटनापछिको अवस्था सम्हाल्ने क्रममा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको थियो । एसआईटीको रिपोर्टले आयोजक हिन्दु धर्म प्रचारक, स्थानीय अधिकारीहरू र प्रहरी सबैको गैरजिम्मेवारी भएको उल्लेख गरेको छ । उनीहरूले घटनालाई गम्भीरतापूर्वक…
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने घोषणा गर्नुभएको छ । उत्तर एटलान्टिक सन्धी संगठन नेटोको भेलालाई वासिङटनमा सम्बोधन गर्दै बाइडेनले रुसको क्रुर आक्रमणलाई जवाफ दिनको लागि युक्रेनलाई थप अत्याधुनिक हतियार र प्रतिरक्षा प्रणाली सहयोगको घोषणा गर्नुभएको हो । गएको सोमवार रुसले युक्रेनको राजधानी कीभसहितका शहरमा गरेको आक्रमणमा ४१ जना भन्दा धेरैको ज्यान गएपछि अमेरिकासहित नेटोका देशहरुले युक्रेनलाई थप सहयोग गर्ने वाचा गरेका थिए । अमेरिकी राष्ट्रपति बाइडेनले अबको सहयोग प्याकेजमा प्याट्रियट मिसाइल र कम्पोनेन्टसहित हवाई रक्षाका उपकरण समावेश हुने बताउनुभयो । जर्मनी, नेदरल्याण्ड, रोमानिया र इटाली लगायतका पाँच वटा देशले…
डा. अनुप सुवेदी रुघाखोकी जाडो मौसममा बढी हुने गर्छ । जाडो मौसममा नै किन रुघाखोकी धेरै हुन्छ भन्दा यो भाइरसबाट हुने रोग हो । भाइरसबाट हुने रोगहरु त्यो भाइरसलाई कुन तापक्रम मन पर्छ त्यस अनुसार निश्चित मौसममा तिनीहरुको फैलावट हुन्छ । अहिले रुघाखोकी भइरहेको भाइरस श्वासप्रश्वास सम्बन्धी भाइरसहरु हुन् । यसमा २० देखि ४०र५० थरी भाइरसहरु होलान् । जुन अहिले फैलिरहेका हुन्छन् । जसको हामी लेखाजोखा पनि गर्दैनौँ । जस्तो राइनो भाइरस, एडिनो भाइरस, विभिन्न थरी कोरोना भाइरसहरु । त्यसमध्ये हामी अहिले डराइरहेको सार्स कोरोना भाइरस–२ र अरु पुराना कोरोना भाइरसहरु तथा श्वास प्रश्वासको इन्फ्लुइन्जा भाइरस भने अलि कडा हुन्छ…