Badapatra Online

रवि लामिछाने छुटे वा छुटेनन् भने कसरी अघि बढ्छ रास्वपा ?

रवि लामिछाने छुटे वा छुटेनन् भने कसरी अघि बढ्छ रास्वपा ?

रवि लामिछाने छुटे वा छुटेनन् भने कसरी अघि बढ्छ रास्वपा ?

बिनु सुवेदी काठमाडौं, गोर्खा मिडिया नेटवर्कका आफ्ना पूर्वसाझेदार पूर्वडिआइजी छविलाल जोशी सहकारी ठगी प्रकरणमा गत असोज ६ गते समातिएपछि रास्वपा सभापति रवि लामिछाने आफू पनि पक्राउ पर्छु भन्नेमा विश्वस्त थिए। सभापति लामिछाने आफू जुनसुकै पनि बेला पक्राउ पर्दैछु भन्नेमा पक्का थिए। त्यसैले उनले पक्राउ परेपछि सार्वजनिक गर्न भन्दै भिडिओ सन्देशहरू तयार पारेको रास्वपाका नेताहरूले सेतोपाटीलाई बताए। तीमध्ये एउटा भिडिओ लामिछाने पक्राउ परेर पोखरा नपुर्‍याइँदै सार्वजनिक भयो। रास्वपाका नेताहरूले दाबी गरेअनुसार उनले अर्को भिडिओ पनि तयार पारेका थिए। त्यस भिडिओमा उनले श्रीमती निकिता पौडेलका नाममा सम्बोधन गरेका थिए। उक्त भिडिओ पनि सार्वजनिक गर्ने भनेर रवि पक्राउपूर्व नै तयार पारेका थिए। ‘कुन(कुन…
Read More
राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिको विकासमा व्यापक भिन्नता आएको छ : प्रधानमन्त्री

राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिको विकासमा व्यापक भिन्नता आएको छ : प्रधानमन्त्री

सुनसरी : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताएका छन्। इटहरीमा आयोजित एक कार्यक्रममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताएका हुन् । उनले भने,‘हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ । ती तिनै भए पनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा शालिनता र विनम्रता चाहिन्छ । आफूभित्र घमण्ड हुनु हुँदैन ।’, मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई…
Read More
टुँडिखेलमा मनाइयो उधौली साकेला

टुँडिखेलमा मनाइयो उधौली साकेला

काठमाडौँ । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठुलो चाड ‘साकेला उधौली’ सुरु भए सँगै आज टुँडिखेलमा आज साकेला नाचेर उधौली मनाएका छन् । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने गर्दछन् । वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात समुदायमा रहेको छ ।
Read More
प्रधानमन्त्री हुँदा भन्दा अहिले गोरखाको विकासमा समय दिन पाएको छु : प्रचण्ड

प्रधानमन्त्री हुँदा भन्दा अहिले गोरखाको विकासमा समय दिन पाएको छु : प्रचण्ड

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विपक्षी दलको नेताको हैसियतमा पुगेसँगै निर्वाचन क्षेत्रमा आवतजावत गर्न पनि स्वतन्त्र भएको बताएका छन् । गोरखा–ताकुकोट सेवा समाज काठमाडौंको साधारण सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले आफूलाई थप सुविधा भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले गोरखाको विकासका लागि प्रयास गरिरहेको जिकिर गरे । ‘अहिले म विपक्षी दलको नेताको हैसियतमा छु । र म अलिक स्वतन्त्र छु । गोरखा आउन जान पनि, तपाईंहरूसँग भेटघाट, अन्तक्रिया गर्न पनि,’ अध्यक्ष प्रचण्डले भने, ‘गोरखाका विकास निर्माणका कामहरूमा ध्यान दिन पनि प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले सुविधा छ । विपक्षीको हैसियतले…
Read More
काठमाडौं : नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्। एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन्। उनले ओमोडा एण्ड जेइको ब्रान्डको ओमोडा गाडी जितेका हुन्। उनले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै जनकपुर बोल्ट्सका ललित राजबंशीले मोटरसाइकल जितेका छन्। एनपीएलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी ललितले मोटरसाइकल जितेका हुन्।
Read More
च्याम्पियन बन्दै जनकपुरले जित्यो एक करोड १० लाख

च्याम्पियन बन्दै जनकपुरले जित्यो एक करोड १० लाख

काठमाडौं : नेपाल प्रिमियर लिग पहिलो सिजनको च्याम्पिन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएका छन्। नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जनकपुरका कप्तान अनिल साह र आजको खेलका कप्तान आसिफ शेखलाई उक्त रकमको चेक हस्तान्तरण गरे। त्यस्तै दोस्रो हुँदै सुदूपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुँदै कर्णाली याक्सले २५ लाख र चौथो हुँदै १५ लाख जितेको हो। त्यस्तै च्याम्पियन ट्रफी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदान गरेका थिए।
Read More
जनकपुरले जित्यो एनपीएलको उपाधि

जनकपुरले जित्यो एनपीएलको उपाधि

काठमाडौं : नेपाल प्रिमियर लिगको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि कब्जा गरेको हो। टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९।२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८७ रन बनाए। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। यो सँगै मिलान्था प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडी बनेका छन्। उनले १० इनिङ्समा २ अर्धशतक सहित २९३ रन बनाएका छन्। जनकपुरले पावरप्लेमा बिना कुनै विकेटको क्षति ७१ रन बनाएको थियो। पहिलो विकेटका…
Read More
चितवनको हात्ती प्रतियोगिता रोक्न भन्दै जोन अब्राहमले लेखे नेपालका मन्त्रीलाई पत्र

चितवनको हात्ती प्रतियोगिता रोक्न भन्दै जोन अब्राहमले लेखे नेपालका मन्त्रीलाई पत्र

काठमाडौं । चितवनमा आयोजना गरिने हात्ती महोत्सवको नाममा जनावरमाथि दुर्व्यवहार हुने गरेको भन्दै चर्चित भारतीय फिल्म अभिनेता जोन अब्राहमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन् । उक्त महोत्सवको क्रममा हात्तीलाई कुटपिट गर्ने गरिएको, दौडन, सवारीमा प्रयोग गर्न र पोलो र फुटबल खेल्न बाध्य पारिएको अभिनेता अब्राहमले पत्रमा उल्लेख गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । ‘यी बुद्धिमान र संवेदनशिल जनावरले खेलको क्रममा शारिरिक र भावनात्मक कष्ट सहन्छन्’ मन्त्री पाण्डेलाई अब्राहमले लेखेको पत्रमा उल्लेख रहेको जनाइएको छ । ‘जसले प्राकृतिक बासस्थानमा हात्तीहरूको सुन्दरता देखेको छ । म भन्न सक्छु कि तिनीहरु शक्ति र बुद्धिको प्रतीक समेत हुन्…
Read More
सिंह र बोहरा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा

सिंह र बोहरा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा

काठमाडौँ । सरकारले नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । केही दिनअघि बढुवा समितिले उनीहरू दुवैको बढुवाका लागि सिफारिस गरेको थियो ।
Read More
एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

काठमाण्डौ – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात एसईईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ ९एनजी० आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस्तो व्यवस्था लागू गर्न लागेको हो ।यसै वर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । कक्षा ८, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ । संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा ‘डी’ ल्याउनैपर्ने हुन्छ।…
Read More