सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, कृषि, पुर्वाधार विकास लगाएतका क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार घ्याङलेख गाउँपालिकाको १७ औँ अधिवेशनमा अध्यक्ष जगत बहादुर भोलनले नीति तथा कार्यक्रम र उपाध्यक्ष शंकरमान घलानले आगामी आर्थिक वर्षका २०८२÷०८३ को लागि बजेट सार्वजनिक गरेका हुन् । गाउँपालिकाले आगामी बर्षको लागि ४४ करोड २६ लाख ५० हजार ७ सय ९४ रुपैयाँ विनियोजन गरेको छ । उपाध्यक्ष घलानले चालु तर्फ २० करोड १५ लाख २२ हजार ७ सय ९४ रुपैयाँ अर्थात ६५ दशमलब ८ प्रतिशत र पुजीगत १५ करोड ११ लाख २८ हजार…
सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६२ करोड ५२ लाख २ हजार ३ सय १० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न गाउँपालिकाको १७ औँ गाउँसभामा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले उक्त बजेट सार्वजनिक गरेका हुन् । गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम गत शनिवार नै सार्वजनिक गरिसकेका छन् । अध्यक्ष बरालद्धारा प्रस्तुत नीति तथा कार्यक्रमलाई नै प्राथमिकताका आधारमा बजेट तयार पारिएको उपाध्यक्ष न्यौपानेको भनाई छ । बजेटमा सामाजिक सुरक्षा, कृषि तथा पशुपालन, महिला र बालबालिका, विपद् व्यवस्थापन, खानेपानी, यातायात, सूचना प्रविधि, सरसफाइ, तथा पूर्वाधार विस्तारका कार्यक्रमहरूलाई प्राथमिकतामा…
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रमसंगै बजेट सार्वजनिक गरिएको छ । मंगलबार १६ औं नगरसभा अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले नीति तथा कार्यक्रम र उपप्रमुख मञ्जु देवकोटाले बजेट सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख पोखरेलले ‘प्रदेशको ज्ञान, कमलामाईमा योगदान’ भन्ने मूल नारालाई आत्मसात गर्दै बजेट र कार्यक्रमहरू तयार गरिएको बताए । उनले विदेशबाट फर्केका युवाहरूलाई लक्षित गर्दै कृषि, रोजगार र व्यवसायमा प्राथमिकताका साथ आबद्ध गराउने गरी नीति तय गरिएको जानकारी दिए । ‘कमलामाईलाई समुन्नत, सुरक्षित र समावेशी नगर बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो ।…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिको कृषि, पर्यटन, रोजगार लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ । मरिण गाउँपालिकाको दोस्रो गाउँ साभा तथा सातौं अधिवेशनमा सोमबार एकैसाथ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) द्धारा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा काम गर्ने किसानका लागि विनाधितो दुई लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण दिने, एक टोल एक सामुहिक उत्पादन, एक वडा एक उत्पादन कार्यक्रम अघि बढाउने, कृषि तथा माछापालन व्यवसाय लाई प्राथमिकता दिईने उल्लेख छ । ‘बाँजो जग्गा उपयोगका लागि नीतिगत निर्णय गर्दै त्यसको उचित…
सिन्धुली । सिन्धुलीको हरिहपरपुरगढी गाउँपालिकाले नीति तथा कार्यक्रम संगै आगामी बर्षको लागी बजेट ल्याएको छ । गाउँपालिकाले सोमबार २१ औं गाउँ सभाको प्रथम बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागी नीति तथा कार्यक्रम र बजेट एकै पटक सार्वजनिक गरेको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले नीति तथा कार्यक्रम र उपाध्यक्ष चेखबहादुर थिङले आगामी आर्थिक वर्षका लागि ६१ कारोड १३ लाख लाख ५५ हजार ९ सय ३७ रुपैयाँका बराबरको बजेट सार्वजनिक गरेका हुन् । गाउँ सभामा अध्यक्ष वाइबाले कृषि, शिक्षा, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । गाउँपालिकाको दिगो विकासका लागि गाउँपालिकाबाट प्रदान हुने सेवा…
सिन्धुली । सिन्धुलीमा प्रहरीले लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार कमलामाई नगरपालिका ९ स्थित इलाका प्रहरी कार्यालयको चेकजाँचका क्रममा दुई जनालाई लागु औषध सहित पक्राउ गरिएको सिन्धुली प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीका अनुसार दिउँसो पौने दुई बजे बपी राजमार्ग हुँदै जनकपुरबाट काठमाण्डौंतर्फ जादै गरेको प्रदेश २–०२–००३ प ७६३४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक धनुषा शहिद नगरपालिका ८ धनुषा बस्ने बर्ष २२ को रजनिश यादबलाई नाइट्राजिपाम २८ ट्याबलेट, स्पासमो ८ ट्याबलेट सहित नियन्त्रणमा लिइएको हो । ‘यादवले पछाडी भिरेको झोलामा उक्त लागु औषध लुकाई छिपाई बोकेको…
सिन्धुली । गत असोज ११ र १२ गते रोशी र सुनकोसी नदीमा आएको बढी र पहिरोबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि पिडितहरुले बल्ल पहिलो किस्ता अनुदान पाएका छन् । जिल्लाका बाढी र पहिरोबाट संकटग्रस्त चारवटा गाउँपालिकाका ४ सय ६६ जना लाभग्राहीले निजी आवास पुनर्निर्माणका लागि १ करोड १६ लाख ५० हजार रुपैयाँ पहिलो किस्ता बापतको अनुदान पाएका छन् । उनिहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार पहिलो किस्ता बापतको १ करोड १६ लाख ५० हजार रुपैयाँ अनुदान रकम निकासा गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले जानकारी दिए । सिन्धुलीको सुनकोसी गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र हरिहरपुरगढी…
सिन्धुली । मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गमा आगामी १५ दिनसम्म रातिको समयमा यात्रुबाहक सवारी संचालनमा रोक लगाइएको छ । शुक्रबार सिन्धुली जिल्लाको खुर्कोटमा बसेको सिन्धुली, काभ्रे र रामेछाप जिल्लाको सुरक्षा समन्वय समितिको संयुक्त बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दे यस्तो निर्णय गरेको हो । बीपी राजमार्गको सिन्धुलीको खुर्कोटबाट काभ्रेको काभ्रे भञ्ज्याङ खण्डमा राति साँढे ६ बजेबाट बिहान ५ बजेसम्म यात्रुबाहक सवारी संचालनमा रोक लगाउने निर्णय गएिको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । बीपी राजमार्ग अन्तरगत सिन्धुलीको खुर्कोट देखि काभ्रेको काभ्रे भञ्ज्याङ खण्डलाई बाढी र पहिरकोको दृष्टिकोणले अति जोखिमपूर्ण मानिएको छ । वर्षातका समयमा राति सवारी…
सिन्धुली । सुनकोसी र भोटेकोसी आसपासका बस्तिहरुमा बाढीको जोखिमलाई मध्यनजर गर्दै पूर्व सतकर्ता अपनाउन स्थानीय प्रशासनहरुले आग्रह गरेका छन् । चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाका अनुसार तिब्बत क्षेत्रमा निरन्तर भारी वर्षा हुने सम्भावना रहेको र त्यसका कारण नेपाल तर्फ सुनकोशी तथा भोटेकोशी नदी आसपास डुबान तथा बाढीको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुली र सिन्धुपाल्चोकले सतर्कता अपनाउन आग्रह गरेको हो । दुबै जिल्ला प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सुनकोशी र भोटेकोसी नदीमा बाढी आउन सक्ने भन्दै नदी तटियक्षेत्रमा रहेका नागरीकहरुलाई सतर्कता अपनाउन आग्रह गरेका हुन् । सिन्धुलीको सुनकोसी, गोलन्जोर र फिक्कल गाउँपालिका अन्तरगत नदी किनारका बासिन्दालाई जोखिम हुन…
सिन्धुली । सिन्धुलीमा पोखरीमा जमेको पानीमा डुब्दा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका ११ मरघट्टी बस्ने हस्त बहादुर सुनुवारको छोरी वर्ष ८ की ममता सुनुवार रहेकी छिन् । ममताको आफ्नो घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्ने मरघट्टी सानोचौरी दुई धारा संस्थाद्धारा सिचाईको लागि खनेको जोडीगैरी पोखरीमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको सिन्धुली प्रहरीका प्रवक्ता सुर्य प्रकाश सुवेदीले जानकारी दिए । ‘उनि पोखरीको पानीमा डुबेको अवस्थामा खानेपानी लिन जादै गरेको स्थानीय राम बहादुर सुनुवारको छोरा वर्ष १२ का संगम सुनुवारले देखी पोखरीबाट ममता निकाली ममताको ठुलो बुबा खेलमान सुनुवारलाई बोलाई उपचारको लागि उदयपुरको कटारी नगर…