Badapatra Online

मैनाली समाज सिन्धुलीको अध्यक्षमा पुनः दिपक प्रसाद मैनाली चयन

मैनाली समाज सिन्धुलीको अध्यक्षमा पुनः दिपक प्रसाद मैनाली चयन

मैनाली समाज सिन्धुलीको अध्यक्षमा पुनः दिपक प्रसाद मैनाली चयन

सिन्धुली । मैनाली समाज सिन्धुलीको अध्यक्षमा पुनः दिपक प्रसाद मैनाली चयन हुनुभएको छ । आइतबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ पथराही क्यानेश्वरमा आयोजित मैनाली समाजको १२ औं वार्षिक साधरण सभा तथा ५ औं जिल्ला अधिवेशनबाट थप कार्यकालका लागि मरिण गाउँपालिकाका दिपक प्रसाद मैनाली पुनः अध्यक्षमा सर्वसम्म चयन हुनुभएको हो । मैनाली समाज केन्द्रीय उपाध्यक्ष केदारनाथ मैनालीको प्रमुख आतिथ्यता तथा सर्लाही जिल्लाका संस्थापक अध्यक्ष राम प्रसाद मैनालीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमा दिपक प्रसाद मैनालीको अध्यक्षतमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । समाजको उपाध्यक्षमा भुवनेश्वर मैनाली र शान्ता मैनाली चयन हुनुभएको छ । यस्तै सचिवमा प्रेमनाथ मैनाली, कोषाध्यक्षमा रजनी मैनाली…
Read More
श्री मावि मरिण खयरसालको अक्षयकोषमा मैनाली समाजद्धारा ५५ हजार ५ सय ५५ सहयोग

श्री मावि मरिण खयरसालको अक्षयकोषमा मैनाली समाजद्धारा ५५ हजार ५ सय ५५ सहयोग

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालको अक्षयकोषमा मैनाली समाज सिन्धुलीले आर्थिक सहयोग गरेको छ । आइतबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ क्यानेश्वरमा आयोजित मैनाली समाजको १२ औं वार्षिक साधरण सभा तथा ५ औं जिल्ला अधिवेशनमा विद्यालयको अक्षयकोष स्थापनार्थ ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको हो । श्री मावि मरिण खयरसालका प्रद्यानाध्यापक मानध्वज बम्जनका अनुसार मैनाली समाजले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । ‘आज मैनाली समाज सिन्धुलीका अध्यक्ष दिपक मैनालीको अध्यक्ष तथा मैनाली समाज केन्द्रीय उपाध्यक्ष केदारनाथ मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयलाई निमन्त्रणा गरेर ५५ हजार ५ सय ५५…
Read More
जुनारको राजधानी सिन्धुलीमा पहिलोपटक जुनार प्रवद्र्धन मेला हुँदै

जुनारको राजधानी सिन्धुलीमा पहिलोपटक जुनार प्रवद्र्धन मेला हुँदै

सिन्धुली  । जुनारको राजधानी भनेर चिनिएको सिन्धुली जिल्लामा पहिलो पटक जुनार प्रवद्र्धनका लागि जुनार मेलाको आयोजना गरिने भएको छ । ‘गोलन्जोरको सान, जुनार हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ गोलन्जोर गाउँपालिकाको आयोजनामा आगामी मंगलबारबाट जिल्लाको गोलन्जोर गाउँपालिका ४ तिनकन्यामा जुनार प्रवद्र्धन मेला संचालन हुने भएको हो । सिन्धुलीको जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले यही मंसिर २३, २४ र २५ गते जुनार प्रवद्र्धन मेलाको आयोजना गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए । ‘जुनारलाई प्रवद्र्धन गरि स्थानीय अर्थतन्त्र सुदृढ पार्ने र युवा उद्यमशीलता प्रोत्साहन गर्नका लागि मेलाको आयोजना गर्न लागिएको हो,’ अध्यक्ष बरालले भने । गोलन्जोर गाउँपालिका ४…
Read More
शैक्षिक भ्रमणमा गएकी सिद्धबाबा प्लस टु म्यानेजमेन्ट कलेजकी छात्राको मृत्यु

शैक्षिक भ्रमणमा गएकी सिद्धबाबा प्लस टु म्यानेजमेन्ट कलेजकी छात्राको मृत्यु

सिन्धुली । शैक्षिक भ्रमणमा गएकी सिद्धबाबा प्लस टु म्यानेजमेन्ट कलेज तथा सिन्धुली गुरुकुलकी छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका –६ पानीट्याङ्गीकी १८ वर्षीया स्नेहा पाख्रीन रहेकी छिन् । उनको चितवनको रत्ननगर नगरपालिका ६, सौराहास्थित होटल पार्क साइडको चार तला माथिबाट खसेर मृत्यु भएको हो । स्नेहा पाख्रीनको बुधबार राति ११ : १० मा होटलको झ्यालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए । पाख्रीन कमलामाई नगरपालिका–४ धुराफाँटस्थित सिद्धबाबा प्लस टु म्यानेजमेन्ट र सिन्धुली गुरुकुल कलेजमा कक्षा ११ मा अध्यनरत हुनुहुन्थ्यो । कलेजको शैक्षिक भ्रमणका लागि उनीहरूको शिक्षकसहित एक सय…
Read More
सिन्धुलीमा महिलाको विभत्स हत्या, दुई जना पक्राउ

सिन्धुलीमा महिलाको विभत्स हत्या, दुई जना पक्राउ

सिन्धुली  । सिन्धुली प्रहरीले तीनपाटन गाउँपालिका २ पैरेकी एक महिलाको विभत्स हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । सिन्धुली प्रहरीले यही कात्तिक १८ गते घरबाट घाँस काट्न हिँडेकी स्थानीय महेन्द्र बहादुर थापाकी श्रीमति वर्ष ४० की छत्रकुमारी कार्की (थापा) को हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार सिन्धुलीको दुधौली नगरपालिका १३ का ३१ वर्षीया सुरज भन्ने सूर्यबहादुर कामी र सोही ठाउँका निरन भन्ने टंकबहादुर कामीलाई पक्राउ गरिएको हो प्रहरीले सुर्यबहादुरलाई दाङबाट पक्राउ गरेर सिन्धुली ल्याएको हो । सूर्यबहादुरले घटना घटाएको स्वीकार गरेपछि थप दुई जनाको संलग्नता पुष्टि…
Read More
मावि मरिण खयरसाललाई खेलकुद सामाग्री हस्तान्तरण

मावि मरिण खयरसाललाई खेलकुद सामाग्री हस्तान्तरण

सिन्धुली । मरिण गाउँपालिका ४ स्थित श्री मावि मरिण खयरसाललाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । सोमबार मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्लान इन्टरनेश्नल नेपालको सहयोग तथा ह्याण्ड्स नेपाल सिन्धुलीको महिला सशक्तिकरण परियोजना (जिएसएस) अन्तरगत खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । मरिण गाउँपालिका ४ का वडा अध्यक्ष तथा श्री मावि मरिण खयरसालका निमित्त व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर काल्तानको अध्यक्षतमा भएको कार्यक्रममा विद्यालयमा गठन गरिएको मिलिजुली किशोरी क्लवलाई फुटवल, भलिवल, जर्सी, नेट, ग्लव्स, गोलपोष्ट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मोक्तानले खेलकुद सामाग्री हस्तान्तरण गर्दै विद्यालय र विद्यार्थीहरुको शैक्षिक विकासमा महत्वपूर्ण…
Read More
सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुब्दा सिन्धुलीका ढकालको मृत्यु

सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुब्दा सिन्धुलीका ढकालको मृत्यु

सिन्धुली । सिन्धुलीमा पौडी खेल्नेक्रममा सुनकोसी नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको फिक्कल गाउँपालिका ४ खाङसाङबेसी स्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुब्दा स्थानीय खगेन्द्र ढकालका छोरा वर्ष १७ का शिखर ढकालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्य प्रकाश सुवेदीका अनुसार शुक्रबार दिउँसो साँढे तिन बजे नदीमा पौडीखेल्न गएका ढकाल नदीमा डुबेर वेपत्ता भएका थिए । घटना लगत्तै सशस्त्र प्रहरीको खुर्कोट स्थित गोताखोर टोली, इलाका प्हरी कार्यालय खुर्कोट, प्रहरी चौकी खाङसाङबेसी, स्थानीयले खोजतालास थालेका थिए । खोजतलासका क्रममा नदीमा वेपत्ता ढकाललको शुक्रबार साँझ सोही नदीको दहमा गोताखोर टोलीले शव पेला पारेको प्रहरी प्रवक्ता…
Read More
ब्याक टु लाइफ इभी जर्मनी’को सहयोगमा गोलन्जोरमा विद्यालय भवनको शिलान्यास

ब्याक टु लाइफ इभी जर्मनी’को सहयोगमा गोलन्जोरमा विद्यालय भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ तिनकन्या स्थित श्री बदशाला माध्यमिक विद्यालय दिङदिङ किरातेको विद्यालय भवन निर्माण थालिएको छ । उक्त विद्यालयमा सुविधा सम्पन्न ८ कोठे पक्की विद्यालय भवन निर्माण थालिएको हो । दातृ निकाय ‘ब्याक टु लाइफ इभी जर्मनी’को आर्थिक तथा प्राविधिक सहयोगमा १ करोड ७३ लाख ४६ हजार १ सय ७९ रुपैयाँको लागतमा सो भवन निर्माण थालिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार)ले जनाकारी दिनुभयो । आगामी एक वर्ष अर्थात २०८३ असोज महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त भवनको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष शंकरराज बारलले शिलान्यास गर्नुभयो । गोलन्जोर गाउँपालिका ४ का वडा अध्यक्ष भक्त…
Read More
गोलन्जोरमा तिन विद्यालय र १५ घरमा क्षेती, दर्जनौं घर पहिरोको उच्च जोखिममा

गोलन्जोरमा तिन विद्यालय र १५ घरमा क्षेती, दर्जनौं घर पहिरोको उच्च जोखिममा

सिन्धुली । गत शुक्रबारदेखि परेको अविरल वर्षासंगै आएको बाढी र पहिरोका कारण सिन्धुलीको गोलन्जोर गाउँपालिकामा मात्र तिन विद्यालय र १५ वटा निजी आवासमा क्षती पुगेको छ । गोलन्जोर गाउँपालिकाका विपद् फोकलपर्शन तथा विपद् शाखा प्रमुख हरिकिश्वर कार्कीका अनुसार आइतबार बिहान पहिरो खस्दा गोलन्जोर गाउँपालिका ४ स्थित आधारभुत विद्यालय तिनघरेको विद्यालय भवन पूर्णरुपमा ध्वसत भएको छ । पहिरोले विद्यालयका दुई वटा भवन पूर्णरुपमा ध्वस्त भएको हो । कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा १ सय ५ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयको कुनै भवन काम नलाग्ने गरी पहिरोले क्षती पु¥याएको छ । यस्तै गोलन्जोर गाउँपालिका ३ को श्री सिद्धकाली प्राथमिक…
Read More
गोलन्जोरमा गाउँपालिका स्तरिय आधारभुत अस्पताल संचालन

गोलन्जोरमा गाउँपालिका स्तरिय आधारभुत अस्पताल संचालन

सिन्धुली ५ असोज । सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा पालिका स्तरिय आधारभूत अस्पताल संचालनमा आएको छ । ब्याक टु लाईफ ईभी जर्मनीको आर्थिक तथा समुदाय पद्धति बिकास सेवा सिन्धुलीको समन्वयमा अस्पताल भवन निर्माण सम्पन्न भएपछि आईतबारबाट आधारभूत अस्पताल संचालनमा आएको हो । आईतबार बिहान एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले अस्पतालको सेवा आरम्भ गरेका हुन् । ब्याक टु लाईफ ईभी जर्मनीको ८ करोड ९२ लाख रूपैयाँमा साविकको ग्वाल्टार स्वास्थ्य चौकीलाई स्तरउन्नती गर्दै आधारभूत अस्पताल निर्माण गरिएको हो । गाउँपालिकामै सुविधा सम्पन्न अस्पताल बनेपछि नागरीकहरूले आधारभूत सेवा पाउने भएका छन् । मध्य पहाडी लोकमार्ग अन्तरगत पर्ने ग्वाल्टारमा विशेषज्ञ सेवा सहित…
Read More