Badapatra Online

सिन्धुलीको खुर्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

सिन्धुलीको खुर्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

सिन्धुलीको खुर्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

सिन्धुली । सिन्धुलीको खुर्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । शुक्रबार सुनकोसी गोलञ्जोर र फिक्कल गाउँपालिकाका जनप्रतिनिधिहरुले तिनवटै पालिकाको केन्द्रविन्दु हुनेगरी गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेका हुन् । सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल, गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालमार्फत गृह मन्त्रालयलाई सिफारिस गर्न माग गरेका हुन् । तिनवटै पालिकाका अध्यक्षहरुले छुट्टाछुट्टै ध्याकर्षण पत्र बुझाउँदै जिल्लाका सुनकोसीगढतिर क्षेत्रका पालिकाहरुलाई लक्षित गर्दै खुर्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेका हुन् । जिल्लाको सुनकोसीगढतिर क्षेत्रका पालिकाका नागरिकहरु नागरिकता लगायत…
Read More
आर्थिक अभावले घरछाडेका सिन्धुलीका हायु परिवारलाई बाख्रा सहयोग

आर्थिक अभावले घरछाडेका सिन्धुलीका हायु परिवारलाई बाख्रा सहयोग

सिन्धुली  । भौगोलिक विकटता, पारिवारिक रुपमा विचलन र आर्थिक अभावका कारण घरबार छाडेर हिडेका गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिकैको भण्डास विप्पर कटेरीका हायु परिवारलाई बाख्रा सहयोग गरिएको छ । घर छाडेर हिडेको एक सातापछि गत साउन २० गते पोखराबाट सिन्धुली फर्किएका उर्मिला हायूको परिवारलाई वल्डभिजन नेपालसंगको सहकार्यमा सिड्स नेपाल सिन्धुलीले शुक्रबार बाख्रा सहयोग प्रदान गरेको हो । आर्थिक अभावका कारण घर छाडेर हिडेका १६ जना हायु परिवारलाई गृह जिल्ला फार्काइएको भएपनि आफ्नो घर विप्पर कटेरी जान नमानेपछि उनिहरुलाई सोही वडाका वडाअध्यक्ष रविन कुमार श्रेष्ठको सुंगुरेमा रहेको घरमा बस्न थालेका छन् । १६ जनाको परिवारमा आर्थिक अभाव भएको थाहा पाएपछि पोषण…
Read More
मापदण्ड विपरित ढुवानी गरिएका खसिबाख्रा होल्डिङ सेन्टरमा

मापदण्ड विपरित ढुवानी गरिएका खसिबाख्रा होल्डिङ सेन्टरमा

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङसाङ प्रहरीले मापदण्ड विपरित ढुवानी गरिएका खसिबाख्रालाई प्रहरीले नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा पठाएको छ । खोटाङ दिक्तेल बाट काठमाण्डौंमा ढुवानी गर्न बसको छतमा राखि मापदण्डी विपरित ढुवानी गरिएको एक दर्जनबढी खसीबाख्रा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखेको हो । बसको चेकजाँच गर्ने क्रममा खसीबाख्रालाई कोचेर कष्ठपूर्ण रुपमा ढुवानी गरेको पाइएपछि ति खसीबाख्रालाई बसबाट झारेर फिक्कल गाउँपालिका ४ कै खाङसाङमा निर्माण गरिएको होल्डिङ सेन्टरमा राखेको हो । प्रहरीले नियन्त्रणमा लिएको खसीबाख्रालाई सुरक्षित रुपमा होल्डिङ सेन्टरमा राख्न गाउँपालिकालाई जिम्मा दिएको छ । नियन्त्रणमा लिइएका खसीबाख्राको फिक्कल गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक, नेपाल प्रहरीका प्रतिनिधि, स्थानीय प्रतिनिधि,…
Read More
मरिण गाउँपालिका ६ लाई उज्यालो वडा घोषणा

मरिण गाउँपालिका ६ लाई उज्यालो वडा घोषणा

सिन्धुली । जिल्लाको मरिण गाउँपालिका वडा नम्बर ६ लाई सोमबार एक भव्य कार्यक्रमका विच ‘उज्यालो वडा’ घोषणा गरिएको छ । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडालाई गाउँपालिकाको दोस्रो उज्यालो वडा घोषणा गरिएको हो । गाउँपालिकाले यस अघि वडा नम्बर ५ लाई एक भव्य कार्यक्रमका विच उज्यालो वडा घोषणा गरि सकेको छ । गाउँपालिकाको पहलमा ६ नम्बर वडाभित्रका सबै घरधुरीमा राष्ट्रिय प्रशारण लाइनमार्फत बिजुली वत्ति पु¥याइएपछि सोमबार उक्त वडालाई उज्यालो वडा घोषणा गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिनुभयो । उक्त वडालाई उज्यालो वडा घोषणा गर्नु हुँदै कार्यक्रमका प्रमुख…
Read More
विचित्र खोलामा आएको बाढी बस्तिमा पस्यो, दुई दर्जनबढी घर डुवानमा

विचित्र खोलामा आएको बाढी बस्तिमा पस्यो, दुई दर्जनबढी घर डुवानमा

सिन्धुली  । दुधौली नगरपालिका १ गिचिहानी स्थित विचित्र खोलामा आएको बाढी बस्तिमा पस्दा दुई दर्जनबढी घर डुवानमा परेका छन् । ४० बढी घरहरु प्रभावित भएका छन् । शनिवार दिउँसो अविरल बर्षासंगै विचित्र खोलामा अचानक आएको बाढी बस्तिमा पस्दा दुई दर्जनबढी घरहरु डुवानमा परेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरिक्षक सिमोन धितालले जानकारी दिए । अचानक आएको बाढीले बगाएकी एक जना महिलाको उद्धार समेत गरिएको छ । प्रहरी निरिक्षक धितालका अनुसार बाढीले बगाउँदा घाइते भएकी दुधौली नगरपालिका १ गिचिहानी बस्ने वर्ष ५८ की भद्र कुमारी दनुवारलाई उद्धार गरि उपचारका लागि दुधौली नगर अस्पताल पठाइएको छ । उनि घाइते भएपनि अवस्था मध्यम…
Read More
बीपी राजमार्गमा भाद्र १५ गते सम्म राति सवारी चलाउन रोक

बीपी राजमार्गमा भाद्र १५ गते सम्म राति सवारी चलाउन रोक

सिन्धुली  । मनसुन सक्रिय रहेको भन्दै बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गमा आगामी भाद्र १५ गतेसम्म रातिको समयमा यात्रुबाहक सवारी संचालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार एक विज्ञप्ती जारी गर्दै मनसुन अझै सक्रिय रहेको र मनसुनजन्य विपद्का घटना हुनसक्ने भन्दै आगामी भाद्र १५ गते सम्म बीपी राजमार्गमा रातिको समयमा सवारी संचालनमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रवीण कटवालका अनुसार तेस्रो पटक म्याद थप गर्दै साँझ ५ बजेबाट बिहान ५ बजेसम्म बीपी राजमार्गमा यात्रुबाहक सवारी प्रस्थानमा रोक लगाइएको जानकारी दिए । स्थानीय प्रशासनले यस अघि असार ६ गतेबाट साउन मासान्तसम्म रातको समयमा सवारी साधन संचालनमा…
Read More
सडकमा लेदो झरेपछि मध्यपहाडी लोकमार्ग अबरुद्ध

सडकमा लेदो झरेपछि मध्यपहाडी लोकमार्ग अबरुद्ध

सिन्धुली । लेदो सहितको पहिरो खसेपछि शनिबार बिहानै देखि मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । शुक्रबार राती परेको पानिका कारण पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उक्त खण्ड अन्तरगत गोलन्जोर गाउँपालिका ६ स्थित अक्करेभिर र बलेनीमा पहिरोका कारण सडक अबरुद्ध भएको छ । त्यस स्थानमा बिहान ४ बजेदेखि राजमार्ग अबरुद्ध भएको सिन्धुलीका प्रहरी प्रवक्ता सूर्य प्रकाश सुवेदीले जानकारी दिए । लेदोको कारण ओखलढुङ्गाबाट काठमाण्डौ तर्फ हिडेको ना ७ ख ७८९० नम्बरको ६ चक्के ट्रक विच सडकमै फसेको छ । उक्त ट्रकमा ११ वटा भैंसी लोड गरिएको छ । पहिरोका…
Read More
सिन्धुलीमा रुखले किच्दा दुईको मृत्यु, तिन जना घाईते

सिन्धुलीमा रुखले किच्दा दुईको मृत्यु, तिन जना घाईते

सिन्धुली  । सिन्धुलीमा पानी पर्दा ओत लागेको ठाउँमा ढलेको रुखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् । जिल्लाको हरिहरपुरगढी गाउँपालिका १ बस्तिपुरमा शुक्रबार दिउँसो पानि परेको बेला ओत लाग्न बसेको टहरोमाथी रुख ढलेर बज्रिदा स्थानीय वर्ष ९ का सार्की थिङ र वर्ष १६ का सन्ता गोलेको मृत्यु भएको हो । सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार उक्त रुखले किच्दा स्थानीय वर्ष १४ की सिर्जना मायाँ, वर्ष १५ की सन्ध्या भोलन र सुशीला थिङ घाइते भएका छन् । घाइते मध्ये सिर्जना र सन्ध्याको अवस्था गम्भीर छन् । उनिहरु दुबै जनालाई उपचारका लागि मकवानपुरको हेटौंटा तर्फ…
Read More
प्रमथ कोदो दिवस २०८२ : गोलन्जोरमा रैथानै कोदोको चर्चा

प्रमथ कोदो दिवस २०८२ : गोलन्जोरमा रैथानै कोदोको चर्चा

सिन्धुली  । ‘कोदोजन्य परिकारको आहार ः खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार’ भन्ने मुल नाराका साथ सिन्धुलीको गोलन्जोर गाउँपालिका १, सिमलटारमा सामुहिक कोदो रोपेर प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । रैथाने बाली कोदोको महत्व र यसको खेतिका बारेमा चर्चा गर्दै गोलन्जोर गाउँपालिकाको आयोजनामा प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको हो । गोलन्जोर गाउँपालिका १ का वडा अध्यक्ष सोमप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, निमिक्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल, कृषि शाखाका कर्मचारी तथा स्थानीय कृषकहरुको सहभागितामा सामुहिक कोदो रोपिएको हो । कार्यक्रममा पहिला तिरस्कारमा परेको रैथाने कृषी…
Read More
सिन्धुलीमा गाडी दुर्घटना : दाजुको मृत्यु, भाइ घाइते

सिन्धुलीमा गाडी दुर्घटना : दाजुको मृत्यु, भाइ घाइते

सिन्धुली । बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग अन्तरगत सिन्धुलीको सुनकोशी गाउँपालिका ६ शितलपाटीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । काठमाण्डौबाट महोत्तरीको बर्दिबासतर्फ आउँदै गरेको बा.प्र.०१–०२४ च ९९१३ नम्बरको योद्दा पिकअप गाडी दुर्गटना हुँदा मनहरी गाउँपालिका ४ मकवानपुरका धर्मराज रेग्मीको मृत्यु भएको छ भने उनका भाइ निरज रेग्मी गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता सुर्य प्रकाश सुवेदीका अनुसार दुर्घटनापछि गम्भीर घाइते धर्मराज रेग्मीलाई उद्धारगरी सुनकोशी सामुदायिक अस्पताल खुर्कोट ल्याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परेका चालक समेत रहेका उनका भाइ निरज रेग्मीलाई…
Read More